×

NMB BANK
NIC ASIA

माग पूरा गर्न दवाव

बुधबारदेखि हवाई उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी

असार ७, २०७९

NTC
Premier Steels

वायुसेवा सञ्चालक संघ नेपालले बुधबारबाट लागू हुनेगरी संघसँग आवद्ध हेलिकोप्टर तथा हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएका उडान सेवा बन्द गर्ने चेतावनी दिएका छन् । मंगलवार काठमाडौंमा आायोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । वायु सेवा सञ्चालक संघ, नेपालले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ताको माग गरेको छ । 

Muktinath Bank

नेपाल नागरिक उड्डयन प्राधिकरणको श्रृजित समस्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले पनि संघले गरेका गुनासाप्रति उदासिन भएको भन्दै आपत्कालीन उडान सेवा बन्द गर्ने जनाएको छ । 
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते हवाई जहाज सञ्चालक कम्पनीले तोकिएको आधार (अप्रेटिङ बेस) विमानस्थलमा रात्रि बिसान गरी पहिला उडान सोही विमानस्थलबाट गर्ने र हेलिकोप्टर कम्पनीले पनि तोकिएको आधार विमानस्थलमा विसान गरी पहिलो उडान सोही वमानस्थलबाट गर्ने निर्णयप्रति आपत्ति जनाएको संघका प्रवक्ता योगेन्द्र कँडेलले बताए । उनले यो निर्णय सम्बन्धित हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आउने समस्याप्रति बेवास्ता गरिएको पनि बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 प्रवक्ता कँडेलले प्राधिकरणको यस निर्णयका कारण वायुसेवा कम्पनीबाट प्रदान गरिने सेवामा समस्या र निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने बताए ।  संघले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालिन हेलिप्याड मर्मत, सम्भारका लागि ह्याङ्गर लगायतका भौतिक पूर्वाधारहरूका लागि स्थान उपलब्ध गराउनु पर्ने माग गरेको छ । 
संघ अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको एभिएशन इण्डस्ट्रीले आफ्नो बेनिफिटभन्दा माथिको सेवा दिएपनि सरकार र प्राधिकरणले इतिहासमै पहिलोपटक दमनकारी प्रवृति देखाएको आरोप लगाए । उनले प्राधिकरणले भनेका कुराहरुलाई मान्दा पनि ट्रक, टेम्पो व्यवसायी गरेजस्तो व्यवहार वायुसेवा सञ्चालकसँग गरेको बताए । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘नेपालको एभिएशन इण्डस्ट्रीले आफ्नो बेनिफिटभन्दा पनि माथि उठेर आफ्नो व्यवसायलाई सेवाको हिसावले अघि बढाउन दत्तचित्त भएर लागि परिरहेका छौँ । आज यसलाई नेपालको सिभिल एभिएशन इण्डस्ट्रीको इतिहासमै पहिलोपटक दमनकारी प्रवृति देखापरेको छ । नेपाल सरकार र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले भनेका कुराहरुलाई हामीले मान्दामान्दै पनि कुनै एउटा ट्रक, टेम्पो व्यवसायीले गरेको जस्तो व्यवहार हामीलाई भयो । यो व्यवसाय त्यस्तो होइन । पोखरा र भैरहवामा रहेको विमानस्थलको घाटालाई पूर्ति गर्न नागरिकमाथि भारी बोकाइएको छ ।’

Vianet communication

अध्यक्ष थापाले पोखरा र भैरहवामा रहेको विमानस्थलको घाटालाई पूर्ति गर्न नागरिकमाथि भारी बोकाइएको आरोप लगाए ।  संघले हालसम्म भइरहेको व्यवस्थाअनुसार त्रिभुवन विमानस्थल लगायतका विमानस्थलबाट सम्पूर्ण विमान सेवा कम्पनीहरुले बिना अवरोध सेवा यथावत सञ्चालन गर्न पाउनुपर्ने, नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनको लागि नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यथाशीघ्र पहल गरिनुपर्ने र त्रि.अ.वि. परिसरमा नियमानुसार त्रि.अ.वि.बाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाई सेवाका लागि प्रयोग गरिरहेको स्थान तथा संरचनालाई यथावत राखि प्रयोगका लागि निरन्तरता प्रदान गरिनुपर्ने माग राखेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x