साउन १७, २०७९
ओइलिएको फूललाई प्रकृतिले खसाउँछ सधैँ नटिप्नु कलिलैमा फूल जवानीमा बसाउँछ सधैँ छाता बोकेर हिँड ओत नभेटाउन पनि सक्छौ ठाउँ फेरि फेरि झरीमा पानी रसाउँछ सधैँ जो नाच्न जान्दैन उ...
मुस्तफा रुही सिरिनको लेखन र सेरप डेलिओर्मानको चित्रांकनमा रहेको पुस्तक 'रमाइलो सपना' प्रकाशित भएको छ ।
सिरिन टर्कीस लेखक तथा पत्रकार हुन् । उनको दुई चित्रकथा नेपाली भाषामा प्रकाशन गरिएको छ ।
चित्रकार डेलिओर्मान लोकप्रिय चित्रकार हुन् । उनको चित्र थुप्रै चित्रपुस्तकहरुमा चित्राकंन गरिएको छ ।
चित्रकथा रमाइलो सपना टर्कीको ‘नर पब्लिसिङ’ प्रकाशन गृहबाट प्रकाशित पुस्तक हो । उक्त प्रकाशन गृहले १६ वर्षदेखि निरन्तर पुस्तक प्रकाशन गर्दै आइरहेको छ।
चित्रकथा रमाइलो सपना एउटा मुडुले केटोको कथा हो जो जुक्ति निकाल्न र बठ्याइँ गर्न एकदमै सिपालु हुन्छ । एकदिन ऊ गुलेली लिएर शिकार खेल्न जान्छ र ४० वटा चराहरू मारेर घर फर्किरहेको हुन्छ । फर्किने क्रममा उसलाई लुटेराहरूको पहरेदारले समात्छ र उसको चराहरू खोसेर लान्छ ।
आफूले शिकार गरेको चरा लगेको भन्दै केटो अनेकौँ उपाय अपनाएर चराहरू फिर्ता ल्याउन सफल हुन्छ ।
चरा फिर्ता लगेपछि लुटेराहरू केटोलाई खोज्न शुरू गर्छन् तर ऊ फेरि ती लुटेराहरूलाई आफ्नो जुक्ति र बठ्याइँमार्फत अस्पतालै भर्ना हुने अवस्थामा पुर्याउँछ । मुद्दा राजा समक्ष पुग्छ र राजाले ती लुटेराहरूलाई दरबारमा उपस्थित हुन आदेश दिन्छन् र केटोको खोजी शुरू हुन्छ ।
भेट्नेबित्तिकै राजाले उसलाई जेल हाल्न लगाउँछन् । अब केटोले जेलबाट निस्किन कुनै उपाय लगाउला ?
बालबालिका लागि यो चित्रकथा एकदमै रोचक र ज्ञानमूलक हुने प्रकाशन गृहले जनाएको छ । यो पुस्तकले बालबालिकामा पढ्ने बानीको विकास गर्नुको साथै अरू पुस्तक पढ्न उत्प्रेरित गर्ने विश्वास लिइएको छ ।
ओइलिएको फूललाई प्रकृतिले खसाउँछ सधैँ नटिप्नु कलिलैमा फूल जवानीमा बसाउँछ सधैँ छाता बोकेर हिँड ओत नभेटाउन पनि सक्छौ ठाउँ फेरि फेरि झरीमा पानी रसाउँछ सधैँ जो नाच्न जान्दैन उ...
वनारसबाट उत्तरमध्यमा गरी काठमाडौं फर्केर गोपाल गाउँले साथीहरूसँगै नरदेवीतिर बस्न लाग्यो । साथीहरू बिहानै खाना खाएर माडवारीको काममा जान्थे, ऊ जागिर खोज्न । विदेशमा पढेर आएको गोपाललाई नेपालको भूगोल र इतिहास...
साहित्यकार रेणुका पन्थीको ‘प्यारो नेपाल’ नामक खण्डकाव्य विमोचित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा देवी नेपाल, समालोचक प्रा डा रामप्रसाद ज्ञवाली र वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा भाग...
रमेश थापा यो मेरो सानो देश जहाँ केन्द्रीय सरकार छ यही सानो देशभित्र सात प्रदेश सरकार छन् यही सानो देशभित्र सात सय त्रिपन्न स्थानीय सरकार छन् यही सानो देशभित्र छ हजार सात सय त्रिचालीस वडाहर...
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलद्वारा लिखित ‘लय छुटेको समय’ नामक पुस्तक सार्वजनिक भएको छ । नेपाली कांग्रेसका केन्द्रीय नेता डा शेखर कोइरालाले शनिबार ...
साँझ करीब ७ बजेतिर आफू हराएको निष्कर्ष निकाल्यो गोपालले । माघ महिनामा साँझ ७ बजेको समय भनेको धेरै नै हो प्रयागराज (गंगायमुना संगम) को होचो भूमिमा । तथापि बिजुलीको उज्यालो र मेलाको रौनकका कारण अँध्यारो मह...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...