×

NMB BANK
NIC ASIA

असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेको छ : सभामुख सापकोटा

असार १६, २०७९

NTC
Premier Steels

सभामुख अग्निप्रसाद सापकोटाले भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा ‘असंलग्न आन्दोलन’को सान्दर्भिकता अझ बढेको बताएका छन् ।

Muktinath Bank

अजरबैजानको राजधानी बाकुमा जारी ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनलाई नेपालको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट नेपाली समय अनुसार बिहीवार साँझ सम्बोधन गर्दै उनले असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीलाई सम्बोधन नेपालको सहयोग र ऐक्यबद्धता व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालको प्रतिनिधिमण्डलका तर्फबाट सहयोग र ऐक्यबद्धताको बढ्दो स्तरको लागि असंलग्न आन्दोलनका सदस्यहरूसँग मिलेर काम गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ । प्रगति, समृद्धि, न्याय र समानतामा आधारित साझा भविष्यका लागि हामी आन्दोलनका नेताहरू लगायत विश्वका सबै नेताहरूलाई हातेमालो गर्न आह्वान गर्दछौं,’ सभामुख सापकोटाले आफ्नो सम्बोधनमा भने ।


Advertisment
Nabil box
Kumari

सभामुख सापकोटाले नेपालको संविधानले असंलग्नतालाई परराष्ट्र नीतिको अभिन्न अंगको रूपमा समेटेको जानकारी गराउँदै भने, ‘नेपाल असंलग्न आन्दोलनको सिद्धान्तलाई कायम राख्नुपर्छ, न्यायपूर्ण विश्वको समर्थनमा आवाज उठाउनुपर्छ र कमजोर देशहरूको लागि समर्थन सुनिश्चित गर्नुपर्छ भन्ने दृढ धारणा राख्दछ ।’

Vianet communication

सम्बोधनका क्रममा सभामुख सापकोटाले ‘असंलग्न आन्दोलन संसदीय सञ्जाल’ आन्दोलनको मूल्य, मान्यता र सिद्धान्तलाई बलियो बनाउन कोसेढुंगा सावित भएको उल्लेख गरे । यसले आन्दोलन भित्रको सहयोगको बहुआयामिक प्रकृतिलाई सार्थकता दिएको उनको भनाई थियो ।  

‘आन्दोलनको छलफलमा संसदहरूलाई संलग्न गराउनुले यस विश्वव्यापी एजेन्डालाई जनताको नजिक ल्याउन योगदान पुर्‍याउँछ । त्यस्ता संलग्नताहरूले आन्दोलन अन्तर्गत हाम्रा साझा लक्ष्यहरूलाई दीगो र समृद्ध बनाउन मद्दत गर्नेछ । यस सञ्जालले उदीयमान विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्दै असंलग्न मूल्यहरूलाई गहिरो र विस्तार गर्न संसदहरूलाई सक्षम बनाउने मेरो प्रतिनिधिमण्डलको धारणा छ,’ सभामुख सापकोटाले भने, ‘असंलग्न आन्दोलन विश्वभरका देशहरूमा स्वतन्त्रता, स्वाबलम्बन, लोकतन्त्र र न्याय सुनिश्चित गर्न सफल भएको छ । हामीले सामूहिक रूपमा द्वन्द्व र चुनौतीहरूलाई कम गरेका छौं । उपलब्धिहरूको बाबजुद, हामीले द्वन्द्वदेखि जलवायु परिवर्तन, आर्थिक मन्दी, मूल्यवृद्धिसम्मका नयाँ र दोहोरिने समस्याहरूको सामना गरिराखेका छौं । धनी र गरीब बीचको असमानता बढ्दै गएको साथै ऊर्जा संकट र खाद्य असुरक्षा पनि सूचीमा थपिएका छन् ।’

सभामुख सापकोटाले आफ्नो सम्बोधनका क्रममा भू–राजनीतिक तनावको उदयको बीचमा, विश्वले हतियारको दौडको अभूतपूर्व स्तर देखेको, महाशक्तिहरू र महत्त्वाकांक्षी शक्तिहरूबीच पनि सैन्य खर्च बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

सभामुख सापकोटाले कोभिड–१९ महामारीले मानवताका लागि ऐतिहासिक अनुपातका चुनौतीहरू छाड्ने र विश्वव्यापी रूपमा संक्रमणका घटनाहरूमा कमी आए पनि कम विकसित राष्ट्रहरूका लागि कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान अप्ठ्यारो काम हुने धारणा राखे ।

उनले जलवायु परिवर्तन मानव जातिको अस्तित्वलाई खतरामा पार्ने अर्को चुनौती रहेको चर्चा गरे ।

‘अझ शान्त, समृद्ध र न्यायपूर्ण संसारको खोजीमा असंलग्न आन्दोलनले सबै क्षेत्र र मार्गहरूलाई संलग्न गरिरहनुपर्छ । असंलग्न देशका संसदहरूसँग हाम्रो साझा सरोकारका विश्वव्यापी एजेन्डाहरूलाई सम्बोधन गर्न आन्दोलनको प्रयासलाई पूरक बनाउन सक्ने क्षमता र शक्ति छ । यस आवश्यकतालाई ध्यानमा राख्दै, हामीले सामूहिक रूपमा परिकल्पना गरेका संसदहरूको ‘असंलग्न आन्दोलन सञ्जाल’ले आन्दोलनको व्यापक उद्देश्यहरू पूरा गर्न सहयोग गर्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु । नेपालको संघीय संसद यस महत्वपूर्ण पहललाई दृढतापूर्वक समर्थन गर्दछ,’ उनले भने ।

अजरबैजानको बाकुमा सम्मेलन आयोजना गरेर आफु र प्रतिनिधिमण्डललाई न्यानो स्वागत गरेकोमा सभामुख सापकोटाले त्यहाँको सरकार, संसद र अजरबैजानका जनतालाई धन्यवाद ज्ञापन गरे ।

बिहीवारदेखि शुरू भएको सम्मेलन असार १८ गतेसम्म चल्नेछ । सभामुख सापकोटाको नेतृत्वमा प्रतिनिधिसभा सदस्य पुष्पा भुषाल गौतम, राष्ट्रियसभा सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठक असार १४ गते अजरबैजानर प्रस्थान गरेका हुन् । नेपाली प्रतिनिधिमण्डल असार १९ गते साँझ नेपाल फर्कनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x