×

NMB BANK
NIC ASIA

शुक्रवार गीत रिलिजको होडबाजी, ‘क्या छ खबर’देखि दुर्गेशको ‘हुकुमको एक्का’सम्म रिलिज

असार १७, २०७९

NTC
Premier Steels

शुक्रवार चलचित्र रिलिजको प्रतिस्पर्धा हुने गरे जस्तै गीतहरूमा पनि प्रतिस्पर्धा देखिने गरेको छ ।

Muktinath Bank

अन्य दिनको तुलनामा शुक्रवार गीत रिलिजको होडबाजी नै हुने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालसँगै विदेशको सार्वजनिक बिदालाई लक्षित गर्दै धेरैले शुक्रवार गीत रिलिज गर्ने गरेका हुन् । यो शुक्रवार पनि डेढ दर्जन बढी गीतहरू यूट्युबमा रिलिज गरिएका छन् ।


Advertisment
Nabil box
Kumari

आशा गरिएका म्युजिक भिडियोहरू पनि यो शुक्रवार धेरै छन् । जसमा प्रमोद खरेल, अस्मिता अधिकारीको स्वर रहेको ‘क्या छ खबर’देखि दुर्गेश थापाको ‘हुकुमको एक्का’सम्म छन् । 

Vianet communication

दीपक शर्माको शब्द संगीत रहेको ‘क्या छ खबर’को भिडियोमा ओबी रायमाझी र जुम्ल्याहा दिदीबहिनी प्रिज्मा–प्रिन्सी खतिवडा प्रस्तुत छन् । डान्सिङ विटको गीतलाई शान थापाले निर्देशन गरेका हुन् । 

दुर्गेश थापाले ४ महिनाको अन्तरमा ‘हुकुमको एक्का’ बोलको गीत शुक्रवार रिलिज गरेका हुन् । आफ्नै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा पनि दुर्गेश नै प्रस्तुत छन् । रुपेश थापाको निर्देशन रहेको भिडियोमा दुर्गेशलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । 

रानी शाक्य र बलबहादुर राजवंशीको स्वरमा ‘म डुब्दै गएँ’ बोलको गीत पनि यूट्युबमा रिलिज गरिएको छ । यो गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल गीता ढुंगानाको अभिनय छ । 

अस्मिता अधिकारी र सुवास ओकेको स्वरमा ‘तिमीसँग’ बोलको गीत शुक्रवार नै यूट्युबमा रिलिज गरिएको छ । यसको भिडियोमा सागर लम्साल र अनिता चलाउनेको अभिनय छ । भिडियोलाई राजिव समरले निर्देशन गरेका छन् । 

निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको मात्रै ३ वटा गीत शुक्रवार साँझसम्म रिलिज भइसकेका छन् । अझै एउटा गीत केही समयमा सार्वजनिक हुने उनले बताएकी छन् । शान्तीश्री परियार, अमृत सापकोटा र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘तीन फुर्के डोरी’ शुक्रवार नै रिलिज भएको छ । काजिश श्रेष्ठको निर्देशनमा तयार यस तीज गीतको भिडियोमा कमल बुढाथोकी, अञ्जली अधिकारी र जुना सुन्दासको अभिनय छ ।

अन्य केही तीज गीत पनि शुक्रवार रिलिज भएका छन् । हिट गीत ‘छुट्नलाई पो रैछ क्यारे’को अध्याय २ भनिएको ‘एउटा कथा’ पनि शुक्रवार रिलिज हुँदैछ ।

केही समयमा गीत सार्वजनिक गर्ने गायक तथा संगीतकार थानेश्वर गौतमले जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x