
सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा विवरण प्रविष्ट गर्न सहज भएको दाबी गरिएको छ । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीले सफ्टवेयर चलाउन नजानेर विवरण प्रविष्ट नगरेको भन्ने भनाइ सही नभएको बताए ।
नेपाल सहकारी पत्रकार समाज र विभागको संयुक्त आयोजनामा भएको ‘कोपोमिसमाा समष्टिगत विवरण प्रविष्टिमा सङ्घसंस्थाहरुको भूमिका’ विषयमा आयोजना गरेको छलफलमा रजिष्ट्रार पण्डितले कोपोमिसमा विवरण प्रविष्ट नगर्ने सहकारीलाई जरिवाना गर्ने चेतावनी दिए ।