×

NIC ASIA

धनुषा जिल्ला अदालतको फैसलामाथि गम्भीर प्रश्न

EXCLUSIVE : विवादास्पद फैसला– हतियारसहित रंगेहात पक्राउ परेका हत्या आरोपीलाई सफाइ !

काठमाडाैं | असार २३, २०७९

Prabhu Bank
NTC
Premier Steels

दिनदहाडै गोली चलाएर मान्छे मारेको घटनामा आजीवन कैद सजाय माग गरिएका हत्या आरोपीलाई धनुषा जिल्ला अदालतले सफाइ दिएको छ ।

Muktinath Bank

न्यायाधीश डा. परशुराम भट्टराईको इजलासले घटनालगत्तै छिमेकीको घरमा लुकेर बसेको अवस्थामा हतियारसहित पक्राउ परेका हत्या आरोपी पंकज भनिने दामोदर चौधरीलाई सफाइ दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई प्रहरीले २ थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । २०७६ मंसिर १ गते दर्ता भएको मुद्दामा न्यायाधीश भट्टराईले अभियोगको दाबी नपुग्ने भन्दै सफाइ दिएका हुन् ।


Advertisment
Nabil box
Kumari

यो मुद्दामा व्यापक आर्थिक चलखेल गरेको आरोप लागेको छ । २०७६ कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या गरिएको थियो ।

Vianet communication

शिव आयल पेट्रोल पम्प सञ्चालन गरिरहेका साह आफूले पाउनुपर्ने पैसा उठाउन जाँदा जनकपुरधाम उपमहानगरपालिका- १४ घर भएका पंकज भनिने दामोदरप्रसाद चौधरीले गोली हानी हत्या गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

मनोज आफ्ना साथी अमित साहलाई लिएर पंकजको घरमा गएका थिए । पैसा माग्दा विवाद उत्पन्न भएपछि हात हालाहालको स्थिति आएको थियो ।

त्यसैक्रममा गोली प्रहार गरी मनोजको हत्या गरेको आरोप पंकजमाथि लागेको थियो

घटनालगत्तै अमित भागेर प्रहरी चौकीमा पुगेका थिए । घटनास्थलबाट मुजेलिया प्रहरीचौकी जम्माजम्मी सय मिटरको दूरीमा छ ।

तत्काल घटनास्थलमा पुगेको प्रहरीले छिमेकीको घरमा लुकिरहेको अवस्थामा हतियारसहित पंकजलाई नियन्त्रणमा लिएको थियो ।

त्यसक्रममा घटनास्थलबाट अटोमेटिक पेस्तोल र ४ राउण्ड गोली तथा पंकजको झोलाबाट १ थान कटुवा पेस्तोल र त्यसको २ राउण्ड गोली तथा अटोमेटिक पेस्तोलको १५ राउण्ड गोली बरामद भएको थियो ।

घटनास्थलमा भेटिएको पेस्तोल

पंकज चौधरी निर्माण व्यवसायी हुन् । ठेक्कापट्टाको काम गरिरहेका पंकजले मृतक साहले सञ्चालन गरेको पेट्रोल पम्पबाट उधारोमा डिजेल तथा पेट्रोल लिने गरेका थिए । त्यही उधारोको रकम ८ लाख रुपैयाँ भएको अवस्थामा पैसाको ताकेता गर्न जाँदा पंकजले उनको हत्या गरेको निष्कर्ष जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले पत्रकार सम्मेलनका क्रममा सुनाएका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइरालाका अनुसार हत्या गर्ने दामोदरप्रसाद चौधरीलाई प्रहरीले वारदातस्थलबाट पेस्तोल र गोलीसहित पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा चौधरीले आफूले हत्या गरेको स्वीकारेको सरकारी वकिल कोइराला बताउँछन् ।

'आफूले पाउनुपर्ने रकम माग्न चौधरीको घरमै पुग्दा विवाद उत्पन्न भएको थियो । सोही क्रममा चौधरीले पेस्तोल झिकेर साहलाई गोली प्रहार गर्दा मृत्यु भएको कुरा चौधरीले अनुसन्धानका क्रममा स्वीकार गरेका थिए,' सरकारी वकिल कोइरालाले लोकान्तरसँग भने ।

घटनामा संलग्न भएको आरोप चौधरीका ड्राइभर ललित उराउमाथि पनि लागेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ५ घर भएका उराउले धनुषाकै मिथिलाबिहारी गाउँपालिका वडा नम्बर ३ का गौरी मण्डलबाट पेस्तोल खरिद गरेको खुलेको थियो ।

धनुषा जिल्ला अदालतमा मुद्दा अभियोजन गर्ने दिनसम्म उराउ र मण्डल दुवै प्रतिवादी फरार थिए ।

पेस्तोल र गोलीसहित पक्राउ परेका तथा प्रहरी अनुसन्धानका क्रममा हत्या अभियोग स्वीकारेका चौधरीलाई जीवित रहुञ्जेलसम्म कैद सजाय माग गर्दै जिल्ला अदालत धनुषामा मुद्दा अभियोजन गरिएको थियो ।

सरकारी वकिल कोइरालाका अनुसार चौधरीको हकमा जीवित रहेसम्म कैद, ललित उराउको हकमा जन्मकैद र मास्टर भनिने गौरी मण्डलको हकमा हातहतियार तथा खरखजानामा ७ वर्ष कैद तथा ७० हजार रुपैयाँ जरिवानाको मागसहित मुद्दा दायर गरिएको थियो ।

चौधरीलाई जिल्ला अदालत धनुषाले २०७६ मंसिर ४ गते पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरेको थियो ।

फरार प्रतिवादी मास्टर भनिने गौरी मण्डल २०७७ असोज २५ गते धनुषा जिल्ला अदालतमा हाजिर भएका थिए । जिल्ला अदालतले मण्डललाई पनि पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो ।

उक्त आदेशविरुद्ध पुनरावेदन गरेका मण्डललाई उच्च अदालत जनकपुरले २०७७ माघ ८ गते २० हजार धरौटीमा रिहा गरेको थियो । अर्का प्रतिवादी ललित उराउ भने हालसम्म फरार छन् ।

धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले उक्त मुद्दामा अभियोग दाबीअनुसार प्रमाण नपुगेका कारण सफाइ दिइएको बताए ।

'अहिले फैसलाको पूर्णपाठ आएको छैन । राय किताबमा लेखिएको कुरा पनि खुलाउन मिल्दैन,' मिश्रले लोकान्तरसँग भने ।

स्रोतका अनुसार सफाइ दिने क्रममा अचम्मको ठहर गरिएको छ । 'मनोज साह (मृतक) ले प्रतिवादी (पंकज चौधरी)माथि गोली चलाउने क्रममा सेल्फ डिफेन्सका लागि हात मर्काउँदा आफैंलाई गोली लागि मृत्यु भएको ठहर फैसलामा गरिएको छ,' जिल्ला अदालत स्रोतले लोकान्तरसँग भन्यो ।

यस विषयमा प्रतिक्रिया माग्दा न्यायाधीश भट्टराईले प्रमाणको अभाव, अदालतमा प्रतिवादीको इन्कारी बयान आदि कारणले सफाइ दिएको जिकिर गरे ।

अदालतमा प्रतिवादीले इन्कारी बयान दिएको, प्रत्यक्षदर्शीका रूपमा पेश गरिएका व्यक्तिका साथै कागज गर्ने अन्य व्यक्तिले पनि अदालतमा बयान फेरेको लगायतका आधारमा सफाइ दिइएको न्यायाधीश भट्टराईले जिकिर गरे ।

जाहेरवाला (मृतकका बुवा) जिबछ साहको मृत्यु भइसकेकाले उनको बयान परीक्षण हुन नसकेको र प्रतिवादीले आफूले गोली नचलाएको बयान दिएको उनले बताए ।

'जाहेरवाला एवं मृतकको बुवा जिबछ साहको मृत्यु भइसकेको छ, उहाँ आउने कुरै भएन । मृतक आफ्नो पैसा लिनका लागि प्रतिवादी भनिएका चौधरीको घरमा जाँदा बन्दुक लिएर गएको बयान अदालतमा दिइएको छ,' न्यायाधीश भट्टराईले भने, 'आफूमाथि गोली प्रहार गर्ने क्रममा सेल्फ डिफेन्सका लागि साहको हात धकेल्दा उसैको हातबाट चलेको गोली लागेर मृत्यु भएको बयान प्रतिवादी चौधरीले दिएका छन् ।'

उनले प्रहरीले प्रमाणका रूपमा पेश गरेको र कागजमा उल्लेख गरेको पेस्तोल समेत मेल नखाएको जिकिर गरे ।

न्यायाधीश भट्टराईले थपे, 'फौजदारी मुद्दामा सरकारी वकिलभन्दा कागजहरू टेस्ट हुनुपर्छ । प्रमाण ऐन २०३१ को दफा १८ र ३२ ले भन्छ-फौजदारी मुद्दामा अभियोग पत्र अथवा अनुसन्धानमा उल्लेख गरिएका विषयको कागज गर्ने मानिसहरूले फेरि अदालतमा पनि आएर सोही किसिमको बयान गर्‍यो भने (मात्र)आरोप प्रमाणित हुन्छ ।'यस मुद्दामा अभियोग पत्र र अदालतमा दिएको बयान फरक परेको जिकिर उनको छ ।

मृतककी दिदीलाई सान्त्वना दिँदै जनकपुरका तत्कालीन मेयर लालकिशोर साह

५० लाख रुपैयाँ घुस लिएको आरोप !

प्रतिवादीबाट ५० लाख रुपैयाँ घुस लिएर सफाइ दिएको आरोप न्यायाधीश भट्टराईमाथि लागेको छ । त्यस विषयमा प्रतिक्रिया माग्दा उनले आरोपको खण्डन गरे ।

आफूले पैसा नलिएको र आफ्नो नाम लिएर कुनै वकिलले पैसा उठाएको भए थाहा नभएको उनको जिकिर छ ।

यस्तो छ उनको जिकिर–

म कस्तो न्यायाधीश हो भनेर म आफैंले सफाइ दिनै पर्दैन । म त्यही न्यायाधीश हुँ,जसले रेशम चौधरीको फैसला गरेको हो । कुमारी आमा भनिने निहारिका सिंहको फैसला पनि मैले नै गरेको हो । अहिलेसम्म मलाई त्यस्तो लाञ्छना लागेको छैन ।

मेरो सिंगो परिवार नै जागिरमा छ । घरमा पनि अलि हुने खाने मान्छे नै हुँ । अर्को कुरा,पहिलेदेखि मेरै इजलासको मुद्दा थियो भने अलि शंका गर्न पनि सकिन्थ्यो,तर एक्कासि फैसला हुने दिन गोला लागेर मेरो इजलासमा आएको हो । यसअघि उक्त मुद्दा २ नम्बर इजलासमा थियो ।

सुनुवाइका क्रममा वकिलसा'बहरू सबै आउनुभयो । मुद्दा हटाउनु पनि भएन । सरकारी वकिलले पनि आएर बहस गर्नुभयो । मैले निर्धक्क भएर यो मुद्दामा सफाइ दिन मिल्छ भनेर नै सफाइ दिएको हुँ ।

घुस लिएको प्रमाण भए त मलाई जाँच गरे भइगयो नि ! बाहिर वकिलले मेरो नाममा पैसा खाएको हो भने मलाई त्यस विषयमा थाहा छैन ।

पढ्नुहोस्, सम्बन्धित समाचार :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x