×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

असार २७, २०७९

NTC
Premier Steels

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको १०औँ अधिवेशनको २३औँ बैठकमा ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य दल रावलले कर बढाउने घटाउने काम राजश्व प्रशासनले गर्ने भन्दै राजश्व बढाउनेतर्फ बजेट लगानी गनुपर्नेमा जोड दिए । “अहिलेसम्म सङ्घीय सरकारका चारवटा अनुदान प्राप्त बजेटबाट खर्च गरिरहेका छौँ,” उनले भने, “हामीले एक अर्ब राजश्व सङ्कलन गर्न सकेका छैनौँ र यसको आकार पनि सानो छ ।” 

Muktinath Bank

राजश्व सङ्कलनका क्षेत्र पहिचान गर्न र वित्तीय अनुशासन कायम गरी कर्णालीको दिगो अर्थतन्त्रमा सहयोग पु¥याउने योजना अगाडि बढाउनेतर्फ ध्यान दिन सदस्य रावलले सरकारलाई सुझाव दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त छलफलमा उठेका प्रश्नहरुमाथि जवाफ दिँदै मुख्यमन्त्री जीवनबहादुर शाहीले राजश्व वृद्धि गर्ने विषयमा प्रदेशसभा सदस्यले महत्वपूर्ण सुझाव दिएको प्रतिक्रिया दिए । उनले सरकार राजश्व वृद्धि गर्ने खालका कार्यक्रम तथा योजनाको बढोत्तरीमा लाग्ने जनाए । 


Advertisment
Nabil box
Kumari

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टको तर्फबाट ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७९’ सहित समग्र बजेट पारितका लागि सभामा प्रस्ताव गर्न अनुमति दिए । मुख्यमन्त्री शाहीले सभामा बजेट पारितका लागि प्रस्ताव गरेसँगै उक्त बजेट बहुमतले पारित भयो । प्रदेश सरकारले आगामी आव २०७९/०८० का लागि यही असार १ गते रु ३२ अर्ब ६१ करोड ६१ लाख बजेट प्रस्तुत गरेको थियो । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x