२६ जेठ २०८३, मंगलबार

राप्रपा नेपाललाई गाई चुनाव चिह्न लिएर निर्वाचनमा जान बाटो खुला

राप्रपा नेपाललाई गाई चुनाव चिह्न लिएर निर्वाचनमा जान बाटो खुला

सर्वोच्च अदालतले राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । यससँगै निर्वाचनमा गाई चुनाव चिह्न लिन राप्रपा नेपाललाई बाटो खुला भएको छ । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । यससगै राप्रपा नेपाललाई गाई चिन्ह पाउने बाटो खुल्नुका साथै पार्टीले न्याय पाएको अध्यक्ष कमल थापाले बताए । 

आइतबारको अदालतको आदेशले व्यक्तिगतरुपमा आफूले राहत पाएको भन्दै थापाले अनर्गल आरोपबाट मुक्ति पनि पाएको बताएका छन् । राप्रपाको पक्षबाट डा सुरेन्द्र भण्डारी,डा चन्द्रकान्त ज्ञवाली, टिकाराम भट्टराई, विष्णु भट्टराई र नरप्रसाद थापाले बहस गरेका थिए ।
निर्वाचन आयोगले गाई चिह्न नदिने भएपछि तिर चिह्न लिएका थापाले सर्वोच्चमा रिट दायर गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्