×

NMB BANK
NIC ASIA

उद्यमीले निर्यात बढाउन ध्यान केन्द्रित गर्नुपर्छ : मन्त्री बडू

साउन १०, २०७९

NTC
Premier Steels

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको व्यापार घाटा कम गर्न उद्यमीले औद्योगिक उत्पादनको निर्यात बढाउन लाग्नुपर्ने बताएका छन् ।

Muktinath Bank

मोरङ व्यापार संघद्वारा मंगलवार आयोजित भेटघाट तथा छलफल कार्यक्रममा उनले वर्तमान सरकार आयात प्रतिस्थापन गर्नका लागि निजी क्षेत्रका उद्यमीले स्थापना गर्ने निर्यातजन्य उद्योग स्थापनामा आवश्यक सहयोग गर्न तत्पर रहेकाले त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री बडूले सरकारले यस वर्षको बजेटमा निर्यात गर्ने उद्योगलाई नगद अनुदान र विद्युत् महशुलमा छुट दिएको स्मरण गराउँदै उद्योग स्थापनामा सहजता पुर्‍याउनका लागि एकबिन्दु सेवा अवधारणा ल्याएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनले ऐतिहासिक, राजनीतिक जागरणका रूपमा रहेको विराटनगर जुटमिल सञ्चालनका सम्बन्धमा आवश्यक मोडालिटीको अन्तिम तयारीमा रहेको बताए । मन्त्री बडूले सरकार उद्योगीको समस्याप्रति गम्भीर रहेको भन्दै घ्यू, तेल, वायर सम्बन्धी उद्यमीका समस्या समाधान गर्ने विश्वास दिलाए ।

Vianet communication

उनले सुनसरीमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन भएको जनाउँदै निर्माण हुने औद्योगिक क्षेत्र निर्माणले मुलुकको आर्थिक समृद्धि कायम हुनुका साथै यस क्षेत्रमा रोजगारी वृद्धि भई आर्थिक चलायमान हुने धारणा राखेका छन् ।
    
मन्त्री बडूले विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल निर्माणका लागि बजेटको व्यवस्था हुने र यसले मुलुकको व्यापार प्रवद्र्धनमा ठूलो टेवा दिने बताए । उनले भारतको बथनाहाबाट मोरङको कटहरीसम्म १८ किलोमिटर कार्गो रेल सञ्चालनका लागि मुआब्जासम्बन्धी विवाद अविलम्ब समाधान गर्न जिम्मेवार निकायको ध्यानाकर्षण गराउने विश्वास दिलाउँदै रेल सञ्चालनबाट उद्यमीको ढुवानी भाडा बचत हुनाका साथै यस क्षेत्रको आद्यौगीकरणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कार्गो रेल्वे सञ्चालन, औद्योगिक ग्राम निर्माण र औद्योगिक प्रदर्शनीस्थल निर्माणका सम्बन्धमा ध्यानाकर्षण गराएका थिए ।

संघका अध्यक्ष नवीन रिजाल, उपाध्यक्ष विकास बागवानी, पूर्व अध्यक्षहरू ताराचन्द खेतान, पवन शारडा, जिगदिशप्रसाद अग्रवाल, अनिल साह र अमित राठीले तस्करी नियन्त्रण गर्नुपर्ने, वायर उद्योगको कर समस्या समाधान हुनुपर्ने, गहुँ आयात, घ्यू तेल उद्योगका समस्या सम्बन्धमा ध्यानाकर्षण गराएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x