×

X
Dabur
Nic Asia
Marvel

निर्धारित मितिबाट किन पछि हट्यो ‘आँधी तुफान २’ ?

काठमाडाैं | साउन २०, २०७९

TVS INSIDE

चलचित्र ‘आँधी तुफान २’ ले साउन २० गते अर्थात आजका लागि प्रदर्शन मिति तोकेर प्रचारप्रसार थालनी गरेको थियो । जसअनुसार चलचित्र शुक्रवारदेखि प्रदर्शनमा आउनुपर्ने हो । तर, कुनै पनि हलमा चलचित्र प्रदर्शनमा आएको छैन । 

IME BANK INNEWS
morang Auto yamaha

लेखक एवं निर्माता मौनता श्रेष्ठ प्रचारप्रसारको कमी महसुस गर्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको जानकारी दिए । ‘बर्खा पनि भयो । हामीले चलचित्रको राम्रो प्रचारप्रसार पनि गर्न नसकेको महसुस भयो’ श्रेष्ठले लोकान्तरसँग भने, ‘सोही कारण आजदेखि चलचित्र प्रदर्शनमा नल्याएका हौँ । छिट्टै कार्यक्रम गरी नयाँ प्रदर्शन मितिबारे जानकारी दिनेछौँ ।’ 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

अहिलेका लागि प्रचारप्रसार बिना आफूहरूले ‘रिस्क’ लिन नचाहेको उनले प्रष्ट्याए । ‘चलचित्र नचलुञ्जेलसम्म मात्र आफ्नो हो । चलेपछि सकिहाल्छ’ उनले भने ‘अहिले चलचित्रहरू राम्रो चलिरहेका पनि छैनन् । हामीले पनि अहिले जोखिम नमोलौँ भनेर प्रदर्शन स्थगित गरेका हौँ ।’ उनले अब चलचित्र मंसिरमा आउने सम्भावना रहेको जानकारी दिए । प्रचार–प्रसारमा विशेष ध्यान दिँदै नयाँ मितिमा चलचित्र प्रदर्शनमा ल्याइने उनले बताए । 

मदन घिमिरेको निर्देशन रहेको ‘आँधी तूफान २’ नारीप्रधान चलचित्र हो । लेडिज एक्सन चलचित्रले चेलीबेटी बेचविखनको कथा पेश गर्छ । चलचित्रमा रवी गिरी, संजय खतिवडा, पुष्कर राउत, सोनी बिसी, याङ्सु श्रेष्ठ, आरती आचार्य, कान्जी कोइराला, ऋचा थापा, अनामिका कार्कीलगायतको अभिनय छ । एक दशकअघिको सफल चलचित्र ‘आँधी तूफान’को सिक्वेलको रूपमा ‘आँधी तूफान २’ निर्माण गरिएको होे ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २७, २०७९

गायक एवं सर्जक प्रशान्त पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । प्रशान्तले आफ्नै शब्द, संगीत, संगीत संयोजन र स्वरमा ‘चिसो पानी सोल्टीनी’ बोलको गीत ल्याएका हुन् । यो ‘लोक फ्युुजन’ गीत हो । ...

साउन २७, २०७९

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो ।  निर्माता राजेश वंशलले...

साउन २७, २०७९

भारतीय चलचित्रका सुपरस्टार सलमान खान ‘टाइगर–३’ र ‘भाइजान’को शूटिङमा व्यस्त छन् । उनले व्यस्त दैनिकीबीच समय निकालेर भारतीय नौसेनाहरूसँग समय बिताएका छन् । व्यस्तताका बीच उनी आईएनइ...

साउन २६, २०७९

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा चलचित्र ‘फूलबारी’ निर्माण हुने भएको छ । बुधवार साँझ राजधानीका पत्रकार सम्मेलनको आयोजना गर्दै दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका...

साउन २६, २०७९

प्रदर्शनको दिन नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगन्ज’ले नयाँ गीत सार्वजनिक गरेको छ । ‘फेरि भेट होला नहोला’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीतले बिछोड भएका प्रेमी–प्रेमिकाको ...

साउन २६, २०७९

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।  सर्वोच्चका प्रवक्ता विमल पौडेलले केसीको नियुक्तिविरुद्ध रिट दर्त...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x