×

NMB BANK
NIC ASIA

आर्यनले साइन गरे ‘सायरा’

साउन २३, २०७९

NTC
Premier Steels

चकलेटी अभिनेता आर्यन सिग्देल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । उनी ‘सायरा’ नामक चलचित्रका लागि अनुबन्धित भएका हुन् । निर्माण कम्पनी डि.बि.आर. मिडिया एण्ड मुभिज प्रालि र अभिनेता आर्यनबीच आइतवार लिखित सम्झौता भएको हो । 

Muktinath Bank

रघु परियार प्रस्तुतकर्ता रहेको चलचित्रको छायाँकन असोजपछि हुने छ । चलचित्रको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुने बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक र प्रेमकथामा चलचित्र तयार हुनेछ । ‘चलचित्रमा सोसल ड्रामासँगै प्रेम कथा देखाइने छ । चलचित्रको भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ’ प्रस्तुतकर्ता रघुले भने । 


Advertisment
Nabil box
Kumari

चलचित्रको अन्य ‘कास्ट’ तथा ‘क्रू’को बारेमा केही समयमै जानकारी दिने प्रस्तुतकर्ता रघुले बताए । चलचित्र कथा उनकै रहनेछ । निर्देशक भने भारतीय रहने उनले बताए । ‘लाइन–अप पूरा भएपछि पूर्ण रूपमा जानकारी दिनेछौँ । निर्देशक बलिउडमा काम गरिरहेका भारतीय नै हुनेछन । उहाँलाई अनुबन्ध गरेपछि जानकारी गराउने छौँ’ प्रस्तुतकर्ता रघुले भने । 

Vianet communication

पछिल्लो समय पर्दामा नदेखिएका आर्यन चलचित्रको विषयवस्तुले आकर्षित भएका हुन् ।  सुहाउँदो क्यारेक्टर पाएपछि चलचित्रमा अभिनय गर्ने सम्झौता गरेको आर्यनले बताए ।

चलचित्रको कथावस्तु अनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको प्रस्तुतकर्ता रघुको भनाइ छ । चलचित्रको अधिकांश छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केही प्रतिशत मेलवर्नमा समेत गरिने उनले जनाए । 

पर्दामा लभ स्टोरीलाई जीवन्त बनाउन माहिर मानिने आर्यनले केही समय अगाडि निर्माण तथा अभिनय गरेको चलचित्र ‘कायारा’ झैँ सुनिने नाम भएको ‘सायरा’मा काम गर्ने तयारी गर्न लागेका हुन् । आर्यन अन्य केही चलचित्रमासमेत अभिनय गर्ने तयारीमा छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x