×

NMB BANK
NIC ASIA

मधेश प्रदेशमा घट्दैछ विद्युत् चुहावट

साउन २४, २०७९

NTC
Premier Steels

मधेश प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घटेको छ । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढिकरण भएसँगै निरन्तर विद्युत् चुहावट घट्दै गएको हो ।

Muktinath Bank

आर्थिक वर्ष २०७७/७८ मा १६ दशमलव ५४ प्रतिशत विद्युत् चुहावट भएकामा आर्थिक वर्ष २०७८/७९ मा १४ दशमलव १७ प्रतिशत चुहावट झरेको विद्युत् प्राधिकरणको जनकपुरधामस्थित प्रादेशिक कार्यालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक २०७८/७९ मा सबैभन्दा बढी सिमरौनगढ वितरण केन्द्रले नौ प्रतिशत, सिरहाको लिहान वितरण केन्द्र, धनुषाको यदुकाहा वितरण केन्द्र र महोत्तरीको जलेश्वर वितरण केन्द्रले आठ÷आठ प्रतिशत तथा सिरहाको मिर्चैया वितरण केन्द्रले चार प्रतिशत विद्युत् चुहाबट नियन्त्रण गरेको उक्त कार्यालयका प्रमुख ई मुनिन्द्र ठाकुरले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार सिमरौनगढ वितरण केन्द्रले ५० दशमलव ७१ प्रतिशतबाट ४१ दशमलव चार प्रतिशतमा, लहान वितरण केन्द्रले ३३ प्रतिशतबाट २५ प्रतिशतमा,  यदुकहा वितरण केन्द्रले ३४ दशमलव ७३ प्रतिशतबाट २६ दशमलव ३४ प्रतिशतमा, जलेश्वर वितरण केन्द्रले ४३ प्रतिशतबाट ३५ प्रतिशतमा र सिरहाको मिर्चैया वितरण केन्द्रले सात दशमवल छ प्रतिशतबाट चार दशमलव ८० प्रतिशतमा विद्युत् चुहावट झारेको छ । 

Vianet communication

विद्युत् चुहावटको दृष्टिकोणले सबैभन्दा बढी सर्लाहीको मलंगवा र सिमरौनगढ क्षेत्रमा ४१÷४१ प्रतिशत, महोत्तरीको जलेश्वर, रौतहटको मौलापुर तथा गौर क्षेत्रमा ३५/३५ प्रतिशत विद्युत् चुहावट हुँदै आएको उक्त कार्यालयले जनाएको छ । 

औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट भने शून्य दशमलव ३२ प्रतिशत रहेको जनाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा छ हजार ९६७ ग्राहकमाथि कारबाही गर्दा रु छ करोड ६४ लाख ३२ हजार ८५८ महसुल संकलन भएको थियो । 

चुहावट नियन्त्रण अभियानका क्रममा हुकिङ गर्ने दुई हजार ७९० जनालाई पक्राउ गरी कारबाही गरिएको थियो । यस्तै मधेश–प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने २६ हजार ५५३ ग्राहकको विद्युत् लाइन काटिएकामा २१ हजार ४८८ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट रु ८४ करोड ६७ लाख २४ हजार १५८ बक्यौता असुली भएको छ ।

विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन काट्ने अभियान चलाइएको प्रमुख ठाकुरको भनाइ थियो । 

महसुल संकलनको हिसाबले आर्थिक वर्ष २०७८/७९ मा मधेश–प्रदेशमा सबैभन्दा बढी धनुषाको यदुकाँहा वितरण केन्द्रले १०४ प्रतिशत, सप्तरीको कञ्चनपुर वितरण केन्द्रले १०० प्रतिशत, सर्लाहीको मलङगवा, लालबन्दी र रौतहटको मौलापुर वितरण केन्द्रले १०१ प्रतिशत र जनकपुरधाम वितरण केन्द्रले ९९ दशमलव ९९ प्रतिशत विद्युत् महसुल संकलन गर्न सफल भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा मधेश–प्रदेशमा एक अर्ब ९१ करोड युनिट अर्थात् १७ अर्ब ३१ करोड मूल्य बराबरको विद्युत् बिक्री हुँदा रु १५ अर्ब ७७ करोड महसुल संकलन भएको थियो । मधेश प्रदेशमा विद्युतका नौ लाख ८३ हजार २३ ग्राहकमध्ये ५९ प्रतिशत औद्योगिक र ३१ प्रतिशत ग्राहस्थ ग्राहक रहेका थिए । मधेश प्रदेशका पहाडी भेगका केही बस्ती बाहेक करिब ९९ दशमलव ९८ प्रतिशतमा विद्युत् सेवा पुगिसकेको छ, भने बाँकी स्थानमा पनि विद्युत् जडानको काम भइरहेको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x