×

NMB BANK
NIC ASIA

हर्क साम्पाङलाई बालेनको व्यंग्य : '५-५ किलो फोहोर बोकेर बञ्चरे डाँडा जाऔं केटा हो !'

साउन २९, २०७९

NTC
Premier Steels

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको एक स्टाटसको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यंग्य गरेका छन् ।

Muktinath Bank

धरानका मेयर साम्पाङले काठमाडौंका सडक फराकिला र चिल्ला भए पनि त्यसको किनारामा फोहोरको डंगुर रहेको भन्दै लेखेको स्टाटस सम्बन्धमा प्रतिक्रिया जनाउँदै बालेनले साम्पाङको काम गर्ने शैलीप्रति व्यंग्य गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'हर्क साम्पाङ अ रिभोल्युसन' भन्ने पेजमा साम्पाङले आइतवार लेखेका थिए–


Advertisment
Nabil box
Kumari

'काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !'

Vianet communication

साम्पाङको यो स्टाटसको 'स्क्रीन शट' घिमिरे थरका एक फेसबूक प्रयोगकर्ताले 'मेन्स रूम रिलोडेड' (एमआरआर) ग्रूपमा शेयर गरेका थिए ।

त्यसैमा कमेन्ट गर्दै बालेनले लेखेका छन्–

'हिँड न केटा हो, ५-५ केजी फोहोर बोकेर बञ्चरे । किन चाहियो ट्रक, किन चाहियो बाटो, किन चाहियो व्यवस्थापन ?'

हर्क साम्पाङले अधिकांश काम जनश्रमदानको बलमा गरिरहेका छन् । काठमाडौंमा पनि श्रमदान गर्न मन लाग्यो भनेर गरेको व्यंग्यको प्रत्युत्तरमा बालेनले उल्टै साम्पाङको कार्यशैलीप्रति व्यंग्य गरेका हुन् ।

हेर्नुहोस्, बालेनले गरेको व्यंग्यको 'स्क्रीन शट' :

फेसबूकमा बालेनको एउटा आधिकारिक पेज र एउटा प्रोफाइल छ । पेज भेरिफाइड छ भने प्रोफाइल भेरिफाइड छैन ।

बालेनले पहिलेदेखि नै प्रयोग गर्दै आएको उक्त प्रोफाइलमा अहिले १ लाख ५७ हजार ३२० जनाले फलो गरेका छन् । पेजमा भने ९ लाख १९ हजार जनाले लाइक गरेका छन् ।

बालेनले आफूले पहिलेदेखि नै चलाउँदै आएको फेसबूक प्रोफाइलबाट साम्पाङप्रति कमेन्ट गरेका हुन् । 

हेर्नुहोस्, बालेनले कमेन्ट गरेको फेसबूक प्रोफाइलको स्क्रीन शट :

बालेन र साम्पाङ दुवै स्वतन्त्र रूपमा चुनाव जितेका मेयर हुन् ।

साम्पाङले छोटो समयमा नै आफ्ना मतदातालाई थोरै भने पनि खुशी दिन सफलता हासिल गरेका छन् भने बालेनले आजसम्म उल्लेख्य काम गर्न सकेका छैनन् । त्यसो त निर्वाचित भएको १०० दिन पनि हुनै बाँकी छ।

बालेनलाई काठमाडौंको फोहोर व्यवस्थापन नै निकै चुनौतीपूर्ण बनिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x