माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
भदौ ५, २०७९
रुस र युक्रेनबीच भइरहेको द्वन्द्व ६ महिना पुग्नै लाग्दा खतरनाक मोडमा आइपुगेको छ ।
रुसको नियन्त्रणमा रहेको जापोरिझझिया क्षेत्रस्थित एक आणविक भट्टीमा आक्रमण हुन सक्ने भनी दुवै पक्षले चेतावनी दिइरहेका छन् । त्यस्तो आक्रमणका कारण आणविक विकिरण फैलिएर युरोपलाई नकारात्मक असर पार्ने भनी मानिस डराइरहेका छन् ।
युरोपको सबभन्दा ठूलो आणविक भट्टीमा आक्रमण भएमा विद्युत् आपूर्तिमा समस्या आउने मात्र नभई विकिरण फैलिएर सन् १९८६ को चेर्नोभिल संकट दोहोरिने डरले युरोप आक्रान्त छ ।
उक्त भट्टीलाई रुसले निशाना बनाइरहेको भनी पश्चिमी सञ्चारमाध्यमहरूमा खबर आएको भए पनि त्यो तर्कसंगत देखिँदैन । लामो समयदेखि त्यो भट्टी रुसकै नियन्त्रणमा रहेकाले त्यस क्षेत्रमा रुसले आक्रमण गर्नुपर्ने खास कारण भने देखिँदैन ।
बरू भट्टीबाट रुसी सैनिकहरूलाई भगाउनका लागि युक्रेनी फौजले भट्टी वरपरको क्षेत्रमा आक्रमण गरिरहेको हुन सक्ने सम्भावना छ । त्यसो त रुसले पश्चिमसँग आणविक ब्ल्याकमेल गर्नका लागि भट्टीनजिक आक्रमण गरिरहेको युक्रेनको दाबी छ ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले राष्ट्रलाई सम्बोधन गर्दै रुसले विकिरण फैलाउने त्रास देखाएर ब्ल्याकमेल गरिरहेको आरोप लगाए । उता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चाहिँ युक्रेनले भट्टी परिसरमा आक्रमण गरी विशाल क्षतिको जोखिममा पारेको प्रत्यारोप लगाएका छन् ।
आरोपप्रत्यारोपको यो सिलसिला चलिरहँदा आणविक ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय निकाय इन्टरनेसनल एटोमिक एनर्जी एजेन्सी (आईएईए) ले चिन्ता व्यक्त गरेको छ । आणविक भट्टी नजिक भइरहेको गोलाबारीले आणविक विपत ल्याउन सक्ने उसको भनाइ छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि आणविक भट्टी क्षेत्रमा भइरहेको गोलाबारी रोकिनुपर्ने आग्रह गरेका छन् । दुवै पक्षले तर्कसंगत सोच राख्दै आणविक भट्टीको सुरक्षालाई खतरामा पार्ने कुनै सैन्य गतिविधि गर्न नहुने उनको भनाइ छ ।
यसैबीच आईएईएले सेप्टेम्बर महिनाको आरम्भतिर जापोरिझझिया आणविक भट्टीको निरीक्षण भ्रमण गर्न सक्ने रुसले जानकारी दिएको छ । युक्रेनले त्यो भ्रमणलाई रोक्न खोजेको आरोप उसले लगाएको छ ।
रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले वाशिङटन, ब्रसेल्स तथा युरोपेली मुलुकहरूलाई आणविक भट्टी तथा वरपरका क्षेत्रमा युक्रेनी सैनिकहरूले गरेको आक्रमण रोक्नका लागि बाध्य बनाउन आग्रह गरेकी छन् । मस्कोले आईएईएसँग सहकार्य गरिरहेको र त्यस निकायका विशेषज्ञहरूलाई आणविक भट्टीमा पहुँच दिलाउनका लागि आवश्यक सबै काम गरिरहेको उनको भनाइ छ ।
जापोरिझझिया आणविक भट्टी संसारका १० ठूला भट्टीमध्ये एक हो र यसले युक्रेनमा उपयोग गरिने आणविक ऊर्जाको आधा भाग उत्पादन गर्ने गरेको छ । यस भट्टीको कुल क्षमता ६ हजार मेगावाट छ । त्यसबाट लगभग ४० लाख घरलाई विद्युत् आपूर्ति गर्न मिल्छ ।
आईएईएका अनुसार, यस भट्टीमा सोभियतकालमा बनाइएका रियाक्टरहरू छन् । पानीले ठण्डा राख्ने ती रियाक्टरहरूमा युरेनियम जडिएका छन् । प्रत्येक रियाक्टरको क्षमता ९५० मेगावाट छ ।
रुसीहरूले यस भट्टीलाई क्राइमियामा रहेको विद्युत् ग्रिडसँग जोड्न चाहेको बताइन्छ । क्राइमियाबाट यो भट्टी लगभग २०० किलोमिटर पर छ । सन् २०१४ मा रुसले क्राइमिया हात पारेको थियो । त्यस क्षेत्रमा पानी र बिजुलीको अविरल प्रवाहका लागि रुसले विभिन्न प्रयास गरिरहेको छ । त्यसबाट पनि थाहा हुन्छ, भट्टीमा आक्रमण गर्नु भनेको रुसका लागि आत्मघाती कदम हो र त्यस्तो मुर्ख्याइँ उसले गर्दैन ।
बरू लगातार युद्ध हार्दै गएपछि छटपटिइरहेको युक्रेनले चाहिँ भट्टीमा आक्रमण गरिरहेको हुन सक्ने देखिन्छ । पूरै डोनबास क्षेत्र किएभको नियन्त्रणबाट मुक्त हुन लागेकै बेलामा पश्चिमा सञ्चारमाध्यम तथा मानवअधिकारवादी संस्थाहरूले युक्रेन सरकार र सेनाका कमजोरीहरू खोतल्न थालेका छन् । यसको विषयमा पंक्तिकारले अघिल्लो लेखमा वर्णन गरेको छ ।
पढ्नुहोस् यो पनि :
पश्चिमी भाष्य समेत आफूविरुद्ध जान थालेपछि अनि रुसी सैनिकहरूलाई युक्रेनी भूमिबाट कसैगरी पनि पछि हटाउन नसकेपछि जेलेन्स्की रन्थनिएका छन् । त्यसैले जापोरिझझिया आणविक भट्टीमाथि आक्रमण गरी त्यहाँ तैनाथ रुसी सैनिकहरूलाई पलायनका लागि बाध्य बनाउने निर्णय उनले लिएका हुन सक्छन् ।
तर जेलेन्स्कीको यो निर्णय मुखको रिसले नाक काटे जस्तो हुनेछ किनकि यस किसिमको कारवाहीले पूरै युरोपलाई जोखिममा पार्नेछ । आणविक भट्टी ध्वस्त हुँदा त्यसबाट निस्कने हानिकारक विकिरणले गर्ने विनाश अकल्पनीय हुनेछ ।
शायद जेलेन्स्कीको उद्देश्य नै त्यही हो । पश्चिमा भाष्य आफूविरुद्ध जान थालेपछि आफूलाई रुससँग अवाञ्छनीय सम्झौता गर्न पश्चिमले बाध्य बनाउन सक्ने डर जेलेन्स्कीले लिएका हुन सक्छन् । रुसले अघि सारेका कतिपय शर्तहरू कुनै हालतमा स्वीकार्य नहुने भनी अड्डी कसेर बसेका जेलेन्स्कीले बाध्य भएर तिनलाई स्वीकार गर्नुपर्ने स्थिति आउन लागेको छ । त्यसलाई रोक्नका लागि उनले आणविक ब्ल्याकमेल गर्न खोजेको हुन सक्ने अनुमान नाजायज छैन ।
आणविक भट्टीमा रुसले आक्रमण गरेको भन्ने भाष्य फैलाएर पश्चिमाहरूमाझ पुनः रुसप्रति डरको वातावरण निर्माण गर्ने लक्ष्य पनि युक्रेनले लिएको हुन सक्छ । रुसका विषयमा पश्चिमले फैलाएको डर कमजोर बन्दै गएको अमेरिकीहरू स्वयंले स्वीकार गर्न थालेको सन्दर्भमा युक्रेनले यस्तो कदम चालेको हुन सक्छ ।
हालै ग्यालप नामक संस्थाले गरेको सर्वेक्षणमा जम्मा १ प्रतिशत अमेरिकीहरूले रुसलाई अमेरिकाको समस्याका रूपमा चित्रित गरेका छन् । उनीहरूका लागि त बढ्दो महंगी सबभन्दा ठूलो समस्या हो । त्यसैले युरोपमा के भइरहेको छ भन्ने कुरामा आम अमेरिकीको चासो छैन ।
अनि त्यसमाथि अमेरिकालाई युरोपबाट निस्केर हिन्द–प्रशान्त क्षेत्रमा ध्यान केन्द्रित गर्न परेको छ । त्यस क्षेत्रमा चीनको उदय रोक्ने उद्देश्यले ताइवान संकट चर्काउने दिशामा अमेरिकाले पाइला समेत चालिसकेको छ । अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीको उत्तेजनात्मक ताइवान भ्रमणबाट त्यो पुष्टि भइसकेको छ ।
यस्तो प्रतिकूल स्थितिमा आणविक विनाशको जोखिमको भाष्य निर्माण गरी युक्रेनप्रति पश्चिमाहरूको ध्यान पुनः आकर्षित गर्ने दाउ जेलेन्स्की सरकारले खेलेको हुन सक्छ । आणविक भट्टीमा आक्रमण गरी रुसलाई विश्व शान्तिको सबभन्दा ठूलो जोखिमका रूपमा स्थापित गर्ने युक्रेन सरकारको उद्देश्य हुन सक्छ ।
रुसलाई आतंकवादको प्रायोजकको संज्ञा दिनका लागि युक्रेनले पैरवी गरेको भए पनि अमेरिकाले त्यसो गर्न मानिरहेको छैन । तर जापोरिझझिया आणविक भट्टीमा रुसले आक्रमण गरी आणविक आतंकवादको उदाहरण प्रस्तुत गरेको भन्ने भाष्य स्थापित गरी अमेरिकाको सोच परिवर्तन गर्ने लक्ष्य युक्रेनले लिएको हुन सक्छ ।
त्यसो त जापोरिझझिया आणविक भट्टीको रियाक्टरमा बाहिरी आक्रमण खेप्ने अद्भुत क्षमता छ । सोभियतकालमा बनेको यस भट्टीमा बलियो सुरक्षाकवच जडान गरिएको छ ।
तर विज्ञहरूले रियाक्टरको केन्द्रमा हुने विस्फोट भन्दा पनि रियाक्टरलाई ठण्डा राख्ने प्रणालीमा बाहिरी आक्रमणले क्षति पुर्याउन सक्ने पीर मानेका छन् । कथंकदाचित् रियाक्टर ठण्डा हुन पाएन भने त्यसको तातो नियन्त्रणबाहिर जान्छ र त्यसबाट उत्पन्न आगोले विकिरण बाहिर फैलाउँछ ।
त्यसरी फैलिएको विकिरणले युरोपको कुनै पनि भागलाई दूषित बनाउन सक्छ । विकिरणका कारण फैलिने विषले मानिसहरूलाई गम्भीर रोगी बनाउनेछ । अहिले फैलिएको विकिरणको असर भावी पुस्ताहरूमा पनि पर्नेछ ।
यस्तो अप्रिय स्थिति आउनबाट रोक्नु विश्व समुदायको दायित्व हो । त्यसैले रुस र युक्रेन दुवैलाई तत्कालै जापोरिझझिया आणविक भट्टी वरपरको क्षेत्रलाई सामरिकीकरण गर्नबाट रोक्नुपर्छ ।
टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले रुस र युक्रेनबीचको वार्ताका लागि पहल गर्न खोजिरहेका छन् र उनको पहललाई विश्व समुदायले समर्थन गर्नुपर्छ । त्यसो नगरिएको खण्डमा मानवतामाथि आणविक जोखिमको तरवार झुण्डिइरहनेछ ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...