×

NIC ASIA

अघिल्लो नेतृत्वलाई दोष देखाउँदै विराटनगरका मेयरले जारी गरे श्वेतपत्र [पूर्णपाठसहित]

भदौ ९, २०७९

Prabhu Bank
NTC
Premier Steels

विराटनगर महानगरपालिकाले अघिल्ला पदाधिकारीलाई दोष देखाउँदै श्वेतपत्र जारी गरेको छ । मेयर नागेश कोइरालाले अघिल्ला जनप्रतिनिधिहरूलाई ‘दोषी करार’ गर्दै श्वेतपत्र जारी गरेका हुन् । 

Muktinath Bank

श्वेतपत्रमा अघिल्लो नेतृत्वले नियमविपरीत कर्मचारी भर्ना गरेर महानगरपालिकालाई आर्थिक भारमा पारेको जनाइएको छ । ‘कार्यालयको अधिकार क्षेत्र, कार्यबोझ, राजस्व क्षमता र खर्चको आकारलाई ध्यानमा राखी संगठन तथा व्यवस्थापन सर्भेक्षणका आधारमा नगरसभाबाट स्वीकृत दरबन्दीमा कर्मचारी भर्ना गर्नुपर्नेमा सोको अवलम्बन नगरी कर्मचारी भर्ना गरेको’ श्वेतपत्रमा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समायोजन सहमति दिँदा हाल ६०९ जनाको जम्बो कर्मचारी संयन्त्र बनाएको आरोप श्वेतपत्रमा उल्लेख गरिएको छ । हाल महानगरमा ३४५ जना अस्थायी र करारका कर्मचारी रहेका छन् । जसमा २७६ जना श्रेणीविहीन कर्मचारी रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ । 


Advertisment
Nabil box
Kumari

‘कर्मचारी भर्नाबारे महालेखा परीक्षकको कार्यालयले समेत बेरुजु लेखेको छ । दक्ष जनशक्ति र आवश्यक प्रकृतिको जनशक्तिको अझै कमी छ’, मेयर कोइरालाले जारी गरेको श्वेतपत्रमा भनिएको छ । वडा कार्यालयहरूमा अधिकृतस्तरका वडासचिव र प्रशासनिक कर्मचारीहरु अझै अभाव रहेका मेयर कोइरालाले बताएका छन् । 

Vianet communication

महानगरपालिकाको स्वामित्वमा हाल ६३ बिघा ८ कट्ठा १२ धुर जग्गा रहेको श्वेतपत्रमा भनिएको छ । साविक डंग्राहा र हात्तीमुढा गाविसमा खरिद गरेको २५ बिघा जग्गाको हालसम्म कुनै उपयोग नभएकोसमेत उल्लेख गरिएको छ । ‘विगत ५ वर्षमा सार्वजनिक तथा पर्ति जग्गाहरू पनि मनोमानीपूर्ण तबरले १६ वटा संघसंस्थाहरुलाई कुल २ बिघा १७ कठ्ठा १८ धुर जग्गा प्रदान गरिएको पाइएको छ’, मेयर कोइरालाले भने, ‘जसले भविष्यमा महानगरका लागि आवश्यक सार्वजनिक तथा खुला स्थान, पार्क र उद्यानहरूका लागि जग्गाको कमी हुने देखिन्छ ।’

६२ लाख १५ हजारमा खरिद गरेको ब्रुमर सरसफाइमा प्रयोग नगरी शुरुदेखि नै बिग्रेर थन्काइएको अवस्थामा रहेको समेत श्वेतपत्रमा उल्लेख गरिएको छ । विगत पाँच वर्षमा ८३ वटा ऐन, नियम, कार्यविधि, दिग्दर्शन, निर्देशिका जारी गरिए पनि तिनीहरूको संशोधन तथा परिमार्जन गरी समसामयिक कानून नबनाइएको उल्लेख गरिएको छ । टोल विकास संस्थासम्बन्धी कार्यविधि जारी हुन नसक्नु सामुदायिक विकासका लागि ठूलो विडम्बना रहेको पनि श्वेतपत्रमा उल्लेख गरिएको छ । 

‘महानगरका करदाताहरूबाट उठेको करबाट वारुणयन्त्रका कर्मचारी, मेशिन उपकरण, मर्मतसम्भार र इन्धनलगायतको ठूलो बजेट खर्च ब्यहाेरिने परिपाटीले महानगरमा आर्थिक बोझ बढ्दै गएको छ’, श्वेतपत्रमा भनिएको छ । 

वित्तीय स्रोतको अनुमान र यथार्थबीच ठूलो खाडल रहेको उल्लेख गरिएको छ । ‘विगत पाँच वर्षमा अनुमानको करिब ५०.६४ प्रतिशतमात्र यथार्थ आय प्राप्त भएको छ’, श्वेतपत्रमा भनिएको छ, ‘महानगरपालिका हुनका लागि आन्तरिक आय न्यूनतम १ अर्ब हुनुपर्ने भए पनि विगत ५ वर्षमा सबैभन्दा बढी आव ०७८/७९ मा ४९ करोड ७८ लाख मात्र राजस्व संकलन भएको छ ।’ 

विकास निर्माण कार्यमा न्यून र नाममात्रको जनसहभागिता रहेको समेत आरोप लगाइएको छ । उपभोक्ता समिति र ठेकेदारहरुबीच मिलेमतो भई आयोजना कार्यान्वयन गराउने परिपाटीले प्रश्रय पाएको छ । ‘जनसहभागिता परिचालन हुन नसक्दा विकास निर्माणमा नगरवासी र समुदायको अपनत्वको कमी र महानगरपालिकामा स्रोतको चाप पर्न गएको छ’, श्वेतपत्रमा भनिएको छ ।  

विगत ५ वर्षमा बजेटको ठूलो आकार घोषणा भए पनि कुल बजेटको औसतमा ४९.२० प्रतिशत मात्र खर्च भएकोले विकास निर्माण अधुरो भई नगरवासीले पाउने सेवा सुविधा समयमा पाउन नसकेको आरोपसमेत लगाइएको छ । 

आर्थिक अनुशासनतर्फ आ.व. ०७४/७५ मा ६१ करोड ८९ लाख बेरुजु रहेकोमा आ.व. ७७/७८ सम्ममा बेरुजु अंक बढ्दै गई कुल रु. १ अर्ब ६३ करोड ५७ लाख पुगेको उल्लेख गरिएको छ । महानगरको दूरदृष्टिसहित आवधिक योजना तथा क्षेत्रगत योजनाहरू हालसम्म तर्जुमा नगरिएको आरोप लगाइएको छ । 

हचुवाका आधारमा जथाभावी स्रोतको विनियोजन गरेबाट विकासका ठोस उपलब्धिहरू हासिल हुन नसकेको आरोप लगाइएको छ । 

महानगरवासीको स्वास्थ्यमा पहुँच र भरपर्दो  सेवा दिन नसकेको भनिएको छ । 

उपभोक्ता हित संरक्षणको क्षेत्रमा विगत ५ वर्षमा ठोस काम नभएको समेत आरोप मेयर कोइरालाले लगाएका छन् ।  संस्थाहरुको अनुगमन कमजोर हुँदा उपभोक्ताहरू मारमा परेको श्वेतपत्रमा भनिएको छ । 

विगत ५ वर्षमा बस टर्मिनल, तारणीप्रसाद कोइराला सञ्चारग्राम र आरोहण गुरुकुलबाहेक अन्य ठूला आयोजनाहरू सम्पन्न नभएको उल्लेख छ । वडा नं. ८ मा विगत १० वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पशुबधशाला हालसम्म पनि निर्माण सम्पन्न नभएकाले बधशाला सञ्चालन तथा व्यवस्थापन हुन नसकेको श्वेतपत्रमा उल्लेख गरिएको छ । ​

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x