×

NIC ASIA

नेपाल नेत्रज्योति सङ्घद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण

काठमाडाैं | जेठ ९, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाल नेत्रज्योति सङ्घले अमेरिकास्थित हेल्पिङ ह्यान्ड हेल्थ एजुकेसन संस्थाको  आर्थिक सहयोगमा काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीका लागि चस्मा (सन ग्लास) हस्तान्तरण गरेको छ ।

कार्यक्षेत्रमा खटिने ट्राफिक प्रहरीलाई धुवाँ, धुलो तथा घामको समस्याबाट जोगाउन सङ्घले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दुई हजार चस्मा हस्तान्तरण गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज काठमाडौंमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष प्राडा चेतराज पन्त र हेल्पिङ ह्यान्ड हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठले संयुक्तरुपमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।


Advertisment
Rupse Holidays
Nabil box

सो अवसरमा सङ्घका अध्यक्ष पन्तले बढी समय धुवाँ, धुलो र प्रत्यक्ष प्रकाशका किरणमा सेवा गर्नुपर्ने ट्राफिक प्रहरीका आँखामा समस्या आउन नदिन चस्माले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

Vianet communication

उनले सडक दुर्घटना न्यूनीकरणका लागि पनि सवारी चालकको नियमित आँखा परीक्षण गरिनुपर्ने र यसकार्यमा सङ्घलाई ट्राफिक प्रहरीको सहयोग र सहकार्य आवश्यक रहेको औंल्याए । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोखरेलले ट्राफिक प्रहरीको समस्या बुझी उपत्यकामा कार्यरत सबै ट्राफिक प्रहरीका लागि चस्मा हस्तान्तरण गरेकामा सङ्घ र हेल्पिङ ह्यान्डलाई धन्यवाद दिए ।​

हेल्पिङ ह्यान्ड हेल्थ एजुकेसनका अध्यक्ष श्रेष्ठले दुर्घटना न्यूनीकरण, सवारी व्यवस्थापन र सुरक्षामा निरन्तर सेवा प्रवाह गर्नुहुने ट्राफिक प्रहरीहरूको आँखाको सुरक्षाका लागि आफ्नोतर्फबाट केही सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । उनले यसप्रकारका सहयोग भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता जनाए ।

सङ्घका सचिव वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्मा, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, हेल्पिङ ह्यान्डका देशीय निर्देशक पर्शुराम दाहाल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको विभिन्न तहमा कार्यरत प्रहरी अधिकृतको समेत उपस्थिति रहेको थियो ।

सङ्घका कार्यकारी निर्देशक डा मिश्रले सङ्घअन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौं आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी दिए ।

सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । 

स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कुल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ ।

५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x