×

NMB BANK
NIC ASIA

गगनले ‘प्रकाश’ हेरेपछि प्रदीपले प्रशंसा गर्दै लेखे, यो पुस्ताकै आशलाग्दा नेता

भदौ १३, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ हेरेका छन् । आइतवार हल पुगेर थापाले शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र हेरेका हुन् । अभिनेता प्रदीप स्वयंले यो कुराको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् ।

Muktinath Bank

उनले आइतवार ‘प्रकाश’ हेर्ने दर्शकमध्ये गगन थापा विशेष रहेको उल्लेख गरेका छन् । उनले गगनसँगको तस्वीर फेसबुकमा शेयर गर्दै लेखेका छन्, ‘हिजो प्रकाश हेर्न आउनु भएकामध्ये एक जना दर्शक मेरा लागि निक्कै विशेष हुनुहुन्थ्यो ।’ आफू राजनीतिक व्यक्ति हुँदै नभएको तर राजनीतिक विषय, देशको नेतृत्वलगायतका विषयहरूमा धेरै चाख लाग्ने प्रदीपले बताएका छन् । अझ चलचित्र ‘प्रकाश’को भूमिका गर्दै गर्दा आम जीवनमा नेतृत्वको भूमिकालाई धेरै नजिकबाट महसुस गर्न पाएको प्रदीपको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेतृत्वलाई मैले जे जति बुझेको छु, त्यस आधारमा यो पुस्ताका सबैभन्दा आशालाग्दा नेता को हुने भन्ने प्रश्नको उत्तरमा– गगन थापा भन्ने उत्तर दिन मलाई खासै सोच्नु पर्दैन’ गगनको प्रशंसामा केही शब्द खर्चिदै प्रदीप अगाडि लेखेका छन्, ‘सुखद संयोग, हिजो गगन दाइसँगको भेट जुर्यो । चलचित्र हेरिसकेपछि, दाइसँग समाज, राजनीति, चलचित्रलगायतका विषयमा छलफल भयो । दाइलाई नजिकबाट नियाल्न पाउँदा उहाँका दृष्टिकोणहरू अझै स्पष्ट बुझ्न पाएँ ।’


Advertisment
Nabil box
Kumari

देशको नयाँ व्यवस्था परिवर्तन महसुस गर्न नयाँ नेतृत्व पाउन जरूरी उल्लेख गर्दै अनि मात्र ‘प्रकाश’हरूको भोगाइको परिवर्तन हाम्रै पालामा सम्भव रहेको उनले बताएका छन् । 
उनले अबको नेतृत्वमा गगनजस्तै जोशिला व्यक्तित्वलाई देख्न पाइयोस्समेत भनेका छन् । 

Vianet communication

प्रदीप खड्का, दीया मास्के, रेणु योगी, प्रकाश घिमिरेलगायतको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । विकास सुवेदीको लेखन रहेको चलचित्रले सरकारी शिक्षक बन्न संघर्ष गरिरहेको जुम्लाको एक युवाको कथा पेश गरेको छ । त्यसभित्र सशस्त्र जनयुद्धदेखि वर्ग विशेदको कथासमेत देखाइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x