×

NMB BANK
NIC ASIA

दशैं टिकटको चटारो

दशैंलाई गाडीको टिकट नखुल्दै हवाईतर्फ प्याक : सस्तो टिकट खुल्दैन, महंगो पनि धमाधम बूकिङ

भदौ १५, २०७९

NTC
Premier Steels

हिन्दू नेपालीहरूको महान् चाड बडादशैं शुरू हुन एक महिना पनि बाँकी नरहँदा स्थलमार्ग हुँदै घर फर्किने सवारीहरूको टिकट बूकिङ खुल्ने सुरसार छैन । तर, हवाई मार्ग हुँदै यात्रा गर्नेका लागि भने केही गन्तव्यको टिकट प्याक भइसकेको छ ।

Muktinath Bank

काठमाडौंबाट पूर्वको तुम्लिङटार जाने हवाई यात्रुका लागि टिकट सकिइसकेको छ भने कर्णालीको सुर्खेत जाने टिकट पनि पाउन मुश्किल छ । यी गन्तव्यमा बुद्ध एयरले मात्रै उडान गर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तुम्लिङटार र सुर्खेतमा बुद्धको दैनिक एक–एक उडान छ । उडान संख्या थोरै भएकाले पनि चाँडै टिकट सकिएको बुद्ध एयरले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

काठमाडौंबाट जाने दुर्गम गन्तव्यमा उडान नै कम छ । दुर्गम उडान गर्नेमा तारा, सीता, समिट र नेपाल वायुसेवा निगम छन् ।

Vianet communication

दशैंका लागि अनलाइन प्रणालीबाट सम्बन्धित वायुसेवाले जतिबेला पनि लिन पाइने गरी टिकट बूकिङ खुला राखेका कारण एक महिना बाँकी हुँदा चल्तीका गन्तव्यमा पनि ५० प्रतिशत अकुपेन्सी भइसकेको छ । 

काठमाडौंबाट दशैंमा बाहिरिने आमनेपाली हवाई यात्रुका लागि धमाधम टिकट बूकिङ भइरहेको हो ।

दशैंको सुरसार नै नगरेका सर्वसाधारणले जहाजबाट जाने तयारी गरेका छन् भने तिनका लागि सामान्य अवस्थामा जस्तो सस्तोमा टिकट पाइँदैन ।

वायुसेवा कम्पनीहरूले एक त आम्दानीको उपयुक्त मौसम भएको र अकातिर यात्रुको खडेर नहुने भएकाले सस्तो टिकटका लागि बिक्री नै खुला गर्दैनन् । 

दशैंको फूलपातिको अघिल्लो दिन र त्यसको एक महिना अगाडि भदौको टिकट शुल्क हेर्दा दोब्बरसम्म अन्तर परेको छ । अहिले यात्रुहरू कम हुँदा प्रत्येक उडानमा सीमित कोटामा सस्तो टिकट पनि उपलब्ध छ ।

तर, दशैंको समयमा वायु सेवा कम्पनीहरूले लिन मिल्नेसम्मको अधिकतम शुल्क लिने गरेका छन् ।

काठमाडौंबाट बाहिरिने यात्रुको चाप हुने र मागे जति टिकट दिनै नसक्ने भएकाले सस्तो टिकट दिएर यात्रु आकर्षित गर्नुपर्ने अवस्था नरहेको वायु सेवा कम्पनीका कर्मचारीहरू बताउँछन् ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने चाडबाड लागिसकेको भएपनि अझै हवाई यात्रुको अकुपेन्सी अपेक्षाअनुसार बढ्न नसकेको तर्क गरे । उनले भने, ‘बूकिङ अनलाइनबाट खुली नै रहेको छ । वायुसेवा कम्पनीले ठूला जहाजबाट सेवा दिइरहेकाले पनि टिकट नै नपाउने अवस्था भने छैन ।’

अनलाइन प्रणाली भएकाले यात्रुले जहिले टिकट लिए पनि पाउने अवस्था रहेको दाबी सम्बन्धित वायुसेवाको छ ।

अनलाइन प्रणालीमा हवाई उडानका लागि ४/५ महिनापछि (जनावरी तथा फेब्रुअरी)सम्मको टिकट पनि लिन पाउने व्यवस्था छ ।

जतिपछिको टिकट भयो उति सस्तो पाइन्छ । तर, यो नियम दशैंबाहेक अरू बेलामा मात्र लागू हुने गरेको छ ।

पहिलाजस्तो एकमहिना अगाडि मात्रै खुला हुने र टिकट लिन यात्रुको भीड लाग्ने अवस्था नरहेको यती एयरलाइन्सका प्रवक्ता बर्तौलाले बताए । 

गत वर्ष कोरोना महामारीले दुःख दिएकाले स्थल मार्गको तुलनामा हवाई टिकटमा चाप पर्ने गरेको थियो ।

अहिलेसम्मको उडान तालिका अनुसार दशैंलाई टिकट पाउने अवस्था भएकाले नै थप उडानको तयारी नभएको बर्तौलाले बताए ।

उनका अनुसार अहिले ठूला जहाज भएकाले दैनिक १५/१६ हजार यात्रुलाई सेवा दिन सक्ने क्षमता बनेको छ ।

दशैंका समयमा किन सस्तो टिकट उपलब्ध नगराएको भन्ने प्रश्नमा वायु सेवा कम्पनीहरूको आफ्नै तर्क छ ।

काठमाडौंबाट जाँदा भरिभराउ भए पनि फर्किँदा रित्तै हुने भएकाले सस्तो टिकट उपलब्ध गराउन नसकिएको बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए ।

उनले भने, ‘यात्रुको बूकिङ उत्साहजन नै भएकाले सबैजसो गन्तव्यमा नर्मल (महंगो) भाडादरमै यात्रुले टिकट लिन थालिसकेका छन् ।’

दशैंअगाडि काठमाडौंबाट बाहिरिने र दशैं सकिएपछि भित्रिने यात्रुको चाप हुन्छ । एकतर्फी यात्रु हुने हुँदा सामान्य अवस्थामा जसरी सस्तो टिकट उपलब्ध गराउन नसकिएको उनको दाबी छ ।

नियामकले तोकिदिएको अधिकतम भाडाको सीमाभित्रै रहेर सबै वायुसेवाले सेवा दिने गरेको कर्णले बताए ।

गुण एयरलाइन्सका वरिष्ठ मार्केटिक निर्देशक प्रज्ज्वल थापा भने अरू बेला यात्रु खोज्दै हिँड्नुपर्ने भए पनि चाडबाडका बेला यात्रुहरू आफैं आउने गरेको बताए । 

यात्रुको खर्च गर्ने क्षमता बढेको, स्थालमार्गको तुलनामा छिटो र सहज सेवा लिन सकिनेदेखि विभिन्न बाध्यताले जहाज चढ्नेसम्मका कारण अहिलेको नर्मल समयमा पनि वायुसेवाको अकुपेन्सी ९५ प्रतिशतसम्म हुने गरेको उनले जानकारी दिए ।

दशैंको घटस्थापनाको दिनदेखि टीकाको दिनसम्म भने काठमाडौंबाट बाहिर जाने टिकट पाउनै गाह्रो हुन्छ । फर्कँदा पनि टीकाको भोलिपल्टदेखि पूर्णिमाको दिनसम्म यात्रुको चाप बढी हुने देखिए पनि विगतका वर्षजस्तो टिकटै नपाउने अवस्था भने अहिले न्यून रहेको थापा बताउँछन् ।

सरकारले हवाई इन्धनको शुल्क बढेकाले यो दशैंमा विगतको भन्दा यात्रुलाई टिकट महंगो भने लाग्छ तर वायुसेवा कम्पनीले भने कम मार्जिनमै काम गरेर सेवा दिइरहेको दाबी पनि वायुसेवा कम्पनीहरूको छ ।

हवाई टिकटमा इन्धनको हिस्सा नै ४० प्रतिशतभन्दा बढी हुने गरेको छ । इन्धनको शुल्क घटाउने हो भने अहिले पाइरहेको गन्तव्यमा जति पैसा तिर्नुपर्छ त्यो भन्दा करीब आधा सस्तोमै टिकटको सेवा दिन सकिने थापा बताउँछन् ।

इन्धनको शुल्क सस्तो हुँदा र यात्रु आकर्षिक गर्नुपर्ने बेला वायुसेवाले सस्तोमै टिकट उपलब्ध गराएको सम्बन्धित वायुसेवाको भनाइ छ ।

यसअघि काठमाडा–पोखराको हवाई टिकट २ हजार रुपैयाँमा नै पाइने अवस्था थियो । अहिले इन्धनकै मूल्य बढेको र एकतर्फी यात्रु हुने हुँदा यो गन्तव्यमा न्यूनतम भाडा नै ३९ सय रुपैयाँ छ ।

दशैं शरूरु भएपछि भने यस्तो टिकटदर न्यूनतम नै ५८६० हुन्छ । यो गन्तव्यमा वायुसेवाले अधिकतम ६९८५ रुपैयाँसम्म भाडा लिने गरेका छन् । 

पोखरा आन्तरिक वायुसेवा लागि सबैभन्दा बढी उडान हुने क्षेत्र हो । पोखरामा श्री, गुण, यती र बुद्ध एयरले नियमित उडान गर्ने गरेका छन् । 

यी वायुसेवामा पनि सबैभन्दा बढी उडान बुद्ध एयरको हुन्छ । यो वायुसेवाले भने हालका लागि न्यूनतम ५३८५ रुपैयाँसम्मका टिकट फिर्ता हुँदैनन् भने ५७१५ रुपैयाँदेखि ६९८५ रुपैयाँसम्मका टिकट मात्रै फिर्ता हुने सम्बन्धित वायुसेवा कम्पनीले जानकारी दिएका छन् । 

शहरी क्षेत्रका प्रमुख गन्तव्यमा जान कति लाग्छ ? (न्युनतम र अधिकतम भाडा रु.मा)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x