×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेश समन्वय परिषद् बैठक : परियोजना बैंक तयार गर्ने निर्णय

भदौ २८, २०७९

NTC
Premier Steels

कर्णाली प्रदेश समन्वय परिषद्ले प्रदेश सरकारबाट योजना छनोट गर्दा स्थानीयतहमार्फत प्राप्त योजनालाई प्राथमिकता दिने निर्णय गरेको छ । परिषद्को वीरेन्द्रनगरमा आज बसेको छैटौँ बैठकले प्रदेश र स्थानीयतहले अलग–अलग परियोजना बैंक तयार गरी प्राथमिकताका आधारमा योजना छनोट गर्ने निर्णय गरेको हो । 

Muktinath Bank

बैठकले प्रदेश र स्थानीयतहका योजनाको छनोट, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन कार्यमा सामञ्जस्यता कायम गरी दोहोरोपना हुने, योजना र बजेटबीच तालमेल नहुने र कार्यान्वयनमा अपनत्व कायम नहुनेजस्ता समस्या हटाउन आपसी समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले विपद् व्यवस्थापनको क्रममा खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि प्रदेश र स्थानीयतहबीच आवश्यक कार्यगत समन्वय र सहकार्य गर्ने, स्थानीय तहले निर्माण गरेका कानुन प्रदेश सरकारसमक्ष पठाउनुपर्ने कानूनी व्यवस्थालाई सबै स्थानीयतहले पालना गर्ने, प्रदेश सरकारले एकीकृत कानुनी पोर्टल तयार गरी कानुनको अभिलेख व्यवस्थापन गर्ने, स्थानीय तहको संस्थागत क्षमता विकास गर्नेलगायतका निर्णय गरेको छ । 


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाह, प्रमुख सचिव डा गोपीकृष्ण खनाल, विभिन्न स्थानीयतहका प्रमुख/उपप्रमुखका साथै जिल्ला समन्वय समितिको प्रतिनिधित्व रहेको थियो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले तीनतहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको संवैधानिक मर्मअनुरुप प्रदेश तथा स्थानीयतहबीचको समन्वय र सहकार्य अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए । 
    
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं परिषद्का सदस्य सचिव आनन्द सारुले परिषद् बैठकले हालसम्म गरेका निर्णय र कार्यान्वयन अवस्थाका बारेमा प्रस्तुतीकरणका साथै समीक्षात्मक छलफल भएको जानकारी दिए । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x