×

NMB BANK
NIC ASIA

विद्यालय तहको शैक्षिक क्यालेण्डर ल्याइँदै

भदौ ३०, २०७९

NTC
Premier Steels

सरकारले कक्षा १ देखि १२ सम्मको शैक्षिक-पात्रो (क्यालेण्डर) प्रकाशन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमार्फत सो क्यालेण्डर प्रकाशन गराउन लागेको हो ।

Muktinath Bank

कुन तहमा कहिले भर्ना हुन्छ, पढाइ कहिलेसम्म हुन्छ, परीक्षा र परीक्षाफल प्रकाशन कहिले हुन्छ भन्ने विषय समेटेर केही दिनभित्रै विद्यालय तहको शैक्षिक क्यालेण्डर सार्वजनिक हुन लागेको हो । गत वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशनमा ढिलाइ भएको थियो भने पालिकास्तरमा हुने कक्षा ८ को परीक्षा अधिकांशमा एकै समयमा भए पनि कतिपय पालिकापिच्छे फरक–फरक समयमा हुँदै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तल्लो तहको परीक्षाको परीक्षाफल प्रकाशनमा ढिलाइ वा अन्योल हुँदा माथिल्लो तहको विद्यार्थी भर्नामा अन्योल हुने गरेको छ । कोभिड–१९ पछि शैक्षिकसत्र नै प्रभावित भएको थियो भने आर्थिक वर्ष र शैक्षिक-सत्रबीचको समायोजना तथा शैक्षिक तथ्यांक र अभिलेखीकरणका लागि तीन तहका सरकारबीच समन्वय हुनसकेको छैन ।


Advertisment
Nabil box
Kumari

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हालसम्म विद्यालय तहको शैक्षिक क्यालेण्डर नभएको सन्दर्भमा केही दिनभित्रै उक्त क्यालेण्डर सार्वजनिक गराइने जानकारी दिए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको १३औँ वार्षिक साधारणसभाका अवसरमा बिहीवार आयोजित ‘आगामी निर्वाचनमा सार्वजनिक शिक्षाका मुद्दाहरू’ विषयक छलफल कार्यक्रममा उनले शिक्षण सुधारका सवालमा तहगतरूपमा तथा कानूनी, भौतिक, शैक्षिकरूपमा काम भइरहेको र आउने संघीय शिक्षा ऐनले शैक्षिक गुणस्तरका सवाल सम्बोधन गर्ने अपेक्षा व्यक्त गरे । 

Vianet communication

विद्यालय सुधारका क्रममा प्रधानाध्यापक र शिक्षकहरू जिम्मेवार हुनसकेमा मात्रै शिक्षामा सुधार सम्भव हुने उनको भनाइ छ । मन्त्री पौडेलले विद्यालय शिक्षामा शैक्षिक क्यालेण्डर व्यवस्थित नभएको सन्दर्भमा स्थानीय तहसँगको सहकार्यमा क्यालेण्डर जारी गर्ने मन्त्रालयको तयारी गरिएको बताए । 

शैक्षिक जनशक्ति बेरोजगार हुने र उच्चशिक्षका लागि विदेशमा जाने मध्ये ९० प्रतिशतसम्म रोजगारीमा संलग्न हुने अवस्थामा परिवर्तन गर्नु आवश्यक रहेकामा पनि मन्त्री पौडेलले जोड दिए । उनले राजनीतिक नेतृत्वबाटै शिक्षा सुधारका लागि पहल हुनुपर्ने र कानुनी, भौतिक र गुणस्तरका पक्षमा सरकारका साथै सम्बन्धित सबै पक्षले इमानदाररूपमा लागेमा आगामी १० वर्षमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुने विश्वास व्यक्त गरे । 

काठमाडौं उपत्यकामा विषय शिक्षकको अभाव नभएको र दरबन्दी पूर्ण रहेको तर अन्य जिल्लामा दरबन्दी मिलान, नमूना विद्यालय विकास, विद्यालय समायोजन र विद्यालयको भौतिक अवस्थामा सुधारको प्रक्रियालाई देशव्यापीरूपमा सञ्चालन गर्ने जनाए । 

मन्त्री पौडेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७६ लाई प्रक्रिया पूरा गरेर सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा क्षेत्रलाई प्राथमिकता दिन स्थानीय तहलाई आग्रह गरे । शिक्षामा कुल बजेटको २० प्रतिशत बजेट बनाउनुपर्ने अवाश्यकता भए पनि हालको रु एक खर्ब ९६ अर्ब बजेट अन्य मन्त्रालयहरूको तुलनामा बढी रहेको उनले स्पष्ट गरे । 

कार्यक्रममा नेकपा (एमाले) का शिक्षा विभाग प्रमुख गुरु बरालले सिकाई उपलब्धिमा सुधार गर्न सरकार र सम्बन्धित पक्ष लाग्नुपर्ने बताए भने नेपाली कांग्रेसका सांसद प्रकाश स्नेही रसाइलीले संविधानमा उल्लेखित अधिकार र दलहरूले बनाएका घोषणापत्रअनुसार शिक्षामा काम हुन नसकेको जनाए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x