×

NMB BANK
NIC ASIA

प्रेमराजा र शान्तीश्रीको ‘बन्दिपुरैमा’ गीतलाई करोड भ्युज

भदौ ३०, २०७९

NTC
Premier Steels

अग्रज लोकगायक प्रेमराजा महतको ‘बन्दिपुरैमा’ बोलको लोक गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको छ । प्रेमराजा र शान्तिश्री परियारको स्वरमा ९ महिनाअघि यो गीत युट्युबमा सार्वजनिक गरिएको थियो ।

Muktinath Bank

प्रेमराजा स्वयंमकै शब्द, संगीत रहेको गीतमा बि.बि अनुरागीको एरेन्ज छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेमराजा र शान्तीश्रीको स्वर रहेको यो पहिलो गीत हो । 


Advertisment
Nabil box
Kumari

अर्का अग्रज लोकगायक एवं संगीतकार नारायण रायमाझीको निर्देशनमा तयार भिडियोमा प्रेमराजा स्वयंमको अभिनय छ । 

Vianet communication

मोडल रञ्जिता गुरुङसँग भिडियोमा प्रेमराजाले अभिनय गरेका छन् । 

मानकृष्ण महर्जनको छायाँकन, विन्दु खड्काको कोरियोग्राफी रहेको भिडियोलाई मिराज अर्यालले सम्पादन गरेका हुन् ।

गीतले युट्यु्बमा एक करोड भ्युज पाएसँगै गायिका शान्तीश्री परियारले खुशी व्यक्त गरेकी छिन् ।

शान्तीश्री फेसबुकमा लेख्छिन्, ‘आदरणीय अग्रज गायक प्रेमराजा महत दाजुसङ्गको मेरो पहिलो सहकार्य बन्दिपुरैमा गीत १ करोड पटक हेरीएको छ । यसो भन्दा पनि फरक नपर्ला कि, १ करोड श्रोता दर्शकहरुको मन जित्न सफल भएकोमा निक्कै खुशी लागेको छ । प्रिय दर्शक–श्रोताज्यूहरु हजुरहरुको यो माया सधै पाइरहुँ । र , आदरणीय प्रेम दाजु हजुरसङ्गको यो सांगीतिक सहकार्यबाट म धेरै खुशी छु । र, धन्यवाद ब्यक्त गर्दछु ।’ 

‘सिमसिमे पानीमा’, ‘पानको पात’, ‘बाँझो खेतमा’ जस्ता थुप्रै  हिट गीत दिएका लोक गीतका हस्ती प्रेमराजा २ दशकभन्दा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । तर उनको नेपाल आउजाउ भने बाक्लै हुने गरेको छ । 

नेपाल आएको समयमा गीतसंगीतमा पनि उनी उत्तिकै सक्रिय हुने गरेका छन् ।

दुई महिना अघि नेपाल आगमनको क्रममा पनि उनले ‘पीपल डाँडे साइँली’ बोलको गीत गाउनुका साथै भिडियोमा समेत अभिनय गरेका थिए । उनी असोजमा पुनः नेपाल आउने बताएका छन् । 


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x