×

NMB BANK
NIC ASIA

टिकटको सास्ती

दशैंमा घर फर्किने जोहो : प्लेनको टिकट अनलाइनबाटै, बसको टिकट लिन महाभारत !

भदौ ३१, २०७९

NTC
Premier Steels

बर्सेनि दशैंमा गाउँघर पुग्नुपर्ने यात्रुलाई टिकट लिन र गन्तव्यमा पुग्न गरिने प्रयास टाउको दुखाइको विषय बन्ने गरेको छ । दशैं शुरू हुनु १५ दिन अघिसम्म पनि सबैभन्दा बढी यात्रुले यात्रा गर्ने स्थलमार्गको टिकट बूकिङ खुला भएको छैन ।

Muktinath Bank

दशैंअघिको १५ दिनमा राजधानी काठमाडौंबाट दैनिक १ देखि डेढ लाख यात्रु विभिन्न गन्तव्यका लागि बाहिरिने गरेका छन् । यात्रुको चाप सामान्य दिनको तुलनामा दशैं लागेपछि दोब्बरभन्दा बढी हुने गरेको छ । यात्रुको चाप बढ्ने भए पनि दशैं शुरू हुने दिन (घटस्थापना) को १० दिनअघि अर्थात् असोज १ गतेबाट मात्रै गाडीको टिकट बूकिङ खुला हुने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारीका कारण पछिल्लो २ वर्ष गाउँ जान नपाएकादेखि चाडबाड सकिएलगत्तै आउने चुनावको माहोल बनाउनेहरूसम्मले यो वर्ष पनि शहरबाट गाउँघर फर्कनेको चाप बढ्छ । यो वर्ष चुनावी वर्ष समेत भएकाले करीब २० लाख नेपाली दशैंका लागि राजधानीबाट बाहिरिने अनुमान नेपाल यातायात व्यवसायी महासंघको छ । 


Advertisment
Nabil box
Kumari

आकाश मार्ग प्रयोग गर्नेहरूका लागि भने अनलाइन बूकिङकै कारण जतिबेला चाह्यो, त्यति नै समयमा टिकट लिन सकिन्छ । पछिल्लो समय विकसित भएको प्रविधिका कारण हवाई टिकट चाहेकै बेलामा र घरमै बसेर लिन सकिने सुविधा छ । हाल हवाई यात्रुले लिने टिकटमध्ये ८० प्रतिशत अनलाइनबाटै लिने गरिएको सम्बन्धित वायुसेवा कम्पनीको भनाइ छ । बाँकी २० प्रतिशत टिकट एजेन्सी र सम्बन्धित वायु सेवाको सेल्स काउन्टरबाट हुने गरेको छ । 

Vianet communication

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार गत वर्ष दशैंको महिनामा काठमाडौंमा ४ लाख ४३ हजार यात्रुको हवाई जहाजमार्फत आवागमन भएको छ । यो तथ्यांक दैनिक औसतमा १४ हजार हो ।

हवाई यात्रुका लागि टिकट काट्न यात्रुका लागि हातहातमा मोबाइल वालेट, बैंकिङ एपदेखि विभिन्न प्रकारका डिजिटल प्लेट फर्म उपलब्ध छन् तर सबैभन्दा बढी यात्रुसँगको सरोकार हुने र व्यवस्थित गर्न आवश्यक सार्वजनिक सवारीको भने टिकट लिन सहजीकरण गर्ने कुनै सिस्टम नै छैन ।
 
स्थलमार्गबाट सार्वजनिक सवारीसाधन प्रयोग गरेर यात्रा गर्ने यात्रुका लागि भने टिकट व्यवस्थित गर्न प्रयास गरिरहेको बस सेवा म्यानुअल टिकट बिक्रीमै रमाइरहेको छ । कसैले टिकट लिन चाहेमा व्यवस्थापन मात्रै मिलाइदिने, सहजीकरणको प्रयास मात्रै गर्ने तर अनलाइन टिकटको व्यवस्था गर्न नसकिएको बस सेवाका सीईओ पीआर खनालले बताए । 

उनले भने, ‘हवाईजहाजको जस्तो यात्रु प्रस्थान र गन्तव्यमा पुग्ने समय गाडीमा यकिन हुन्न । गाडीका लागि ई–टिकेटिङ गर्न विभिन्न निकायको सहयोग र समन्वय चाहिन्छ ।’ गाडीको टिकट अनलाइन गर्ने व्यवस्था कमजोर भएको र यात्रुले टिकट लिन काउन्टरमै जानुपर्ने बाध्यता छ । अनलाइनबाट टिकट दिन प्राविधिक चाहिने, सिस्टम बनाउनुपर्ने र त्यसका लागि अन्तर निकायको समन्वय आवश्यक पर्ने हुन्छ, त्यही समन्वय हुन नसकेको बुझाइ पनि बस सेवाका सीईओ खनालको छ ।

‘अनलाइन टिकटलाई गन्तव्यमा पुगेर सहजै फर्कने सुनिश्चिता चाहिन्छ’

नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला नेपालमा सरकारी निकायले बनाउने सिस्टममै समस्या भएको हुँदा व्यवसायीले चाहेर पनि सुविधा दिन नसकेको बताउँछन् । उनले भने, ‘व्यवसायीले त भएको सिस्टममै गाडी कुदाउने हो । सरकारले बनाएको सिस्टम नमान्ने भन्ने हुँदैन ।’ यसका लागि गन्तव्यमा पुगेर सहजै गाडी फर्कने बाटोको सुनिश्चिता हुनुपर्ने बुझाइ महासंघको छ ।

सिटौलाका अनुसार दशैंका लागि टिकटको अग्रिम बूकिङ खुलेन भनेर गुनासो आइरहेको छ तर धेरैजसो राजमार्गदेखि गाउँगाउँ जाने बाटो बिग्रिएको छ । बाटो बनाउने, मर्मत गर्ने काम सडक विभागले गरिदिनुपर्छ । सरकारी निकायले सहजीकरण गर्नुपर्नेमा नगर्ने अनि टिकट लिएर बसेका यात्रुले समयमा गाडी आइपुगेन भनेर अरुको कारणले यातायात व्यवसायीले दोष पाउने गरेको पनि सिटौलाले बताए । 

सरकारले सामान्य मर्मत गरेर हुने बाटो बनाइदिने काम नगर्दा यात्रु लिएर हिँडेको गाडी गन्तव्यमा पुगेर फर्कने समयको ठेगान नहुनु यातायातका लागि मुख्य समस्या भएको उनको भनाइ छ ।

हवाई जहाजको जस्तै सार्वजनिक सवारीसाधनको पनि घरमै बसेर अनलाइनबाटै टिकट दिन सकिए यात्रु र व्यवसायी दुवैलाई सहज हुने भए पनि तत्कालै सम्भव नभएको बुझाइ सिटौलाको छ । 

मुख्य राजमार्गदेखि गाउँगाउँ पुग्ने सडकमा अवरोध

वर्षातको समय नसकिएको र बेलाबेलामा भइरहेको वर्षाका कारण अहिले पनि राजमार्गदेखि गाउँगाउँ जोड्ने सडक अवरुद्ध भइरहेका छन् । सडक विभागका अनुसार मनाङ जाने सडक, रसुवाको धुन्चे सडक, बाजुरा सडक, बुटवल–नारायणगढ, मुग्लिन–पोखरा सडक, मलेखु–मुग्लिन सडक सहितका मुख्य राजमार्गमा नै अवरोध आइरहेका छन् । 

यात्रुको सबैभन्दा बढी चाप हुने यी सडक निर्वाध रूपमा नखुलेका कारण यातायात व्यवसायीले गुनासो गरेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । उनले भने, ‘सबै क्षेत्रको सडक चुस्त–दुरुस्त राखिरहनुपर्ने भए पनि पहिरो आउने र पानी पर्ने क्रम नरोकिँदा समस्या भएको हो । पानी रोकिएपछि पहिरो हटाउने र सडक खुला गर्न विभागले सम्बन्धित क्षेत्रका सडक डिभिजनलाई आवश्यक बजेट सहितको निर्देशन दिइसकेको  पनि उनले बताए । 

थापाले भने, ‘यातायात व्यवसायीले गरेको गुनासोलाई सम्बोधन गर्ने प्रयास विभागले गरिरहेको छ तर सडक निर्माण हुने क्रममा रहेको अवस्थालाई भने केही समयको असहजताले सधैंलाई सहज हुन्छ भने सहनुपर्ने पनि हुन्छ ।’ सडक विभागका अनुसार सवारी चाप बढी हुने र विकल्प पनि नभएका बुटबल–नारायणगढ, मुग्लिन–पोखरा, मलेखु–मुग्लिन सहितका निर्माणाधीन सडकको हकमा निर्माण शुरू भएको १–२ वर्ष असहजता सहेर यात्रा गर्नुपर्ने हुन्छ ।

तस्वीरःसरद रेग्मीको फेसबुकबाट 

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x