२७ जेठ २०८३, बुधबार

भारतबाट ६ रुपैयाँ घटेर आयो पेट्रोलको मूल्य

भारतबाट ६ रुपैयाँ घटेर आयो पेट्रोलको मूल्य

भारतबाट इन्धनको मूल्य घटेर आएको छ । 

नेपाल आयल निगमका अनुसार शुक्रवार नयाँ मूल्यसूची भारतले पठाएको हो ।  

नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेर आएको निगम स्रोतले जानकारी दियो ।

नयाँ मूल्यअनुसार निगमलाई अब पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा रहेको छ ।

डिजलमा  भने प्रतिलिटर ५ रुपैयाँ बढी घाटा रहेको निगमको भनाइ छ  । 

नयाँ मूल्यपछि पनि मासिक २० करोड रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्