×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा बैठक

संसदमा बाबुरामको प्रश्न– संविधान जलायौँ भन्ने अनि मन्त्री खाँदै, पार्टी चहार्दै गर्न मिल्छ ?

असोज १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कतिपय दलले संविधान जलायौँ भन्ने र मन्त्री पनि खाइरहने गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका छन् । 

Muktinath Bank

प्रतिनिधिसभाको कार्यकालको अन्तिम बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले आफूले संविधानलाई ‘आधा खाली र आधा भरि गिलासजस्तै’ भनेको स्मरण गर्दै भने, ‘कतिपय साथीहरूले संविधान जलायौँ भन्नुभएको छ । त्यसो भए तपाईंहरू यहाँ (संसद्मा) किन आएको ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधान जलाएको पनि भन्ने र राजनीतिक लाभको पद पनि खाइरहन नमिल्ने भट्टराईले बताए । 


Advertisment
Nabil box
Kumari

‘संविधान आधा गिलास भरि, आधा गिलास खाली भनेजस्तो छ । कतिपय साथीहरूले संविधान जलायौ भन्नुभएको छ । त्यसो भए तपाईंहरू यहाँ किन आउनुहुन्छ ? किन मन्त्री खानुहुन्छ ? किन यो र त्यो पार्टी चाहार्नु हुन्छ । चुनावको बेला छ । चर्का कुरा गरेर जनतालाई ठग्ने कुरा गर्नु हुँदैन’, डा. भट्टराईले भने ।  

Vianet communication
Laxmi Bank

संसद्लाई भरपूर उपयोग गर्न नसकेको भट्टराईले बताए । ‘संसद् सञ्चालनमा २५/३० नम्बर ल्यायौँ होला तर, पास हुन सकेनौँ’, उनले भने । 

सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई दलीय र गुटीय आधारमा व्यवहार भएको उनले बताए । त्यसैगरी, नागरिकताका विषयमा पनि संसद्मा बहस नपुगेको उनले बताए । 

‘नागरिकता विधेयकको बारेमा संसदमा पनि बहस पुगेन । जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने थियो, दियौँ । वैवाहिक अंगीकृतलाई नागरिकता दिनुपर्ने थियो, दियौँ । तर, महिलालाई संवैधानिक रूपमै विभेद गर्न मिल्छ । आफ्ना सन्ततिलाई नागरिकता दिनको लागि बाबुको बारेमा थाहा नपाएको स्वघोषणा गर्नुपर्ने गरी विभेद गर्न मिल्थ्यो ?’, भट्टराईले भने । 

सडकमा बादशाह नाङ्गै हिँडेको कथा जोड्दै भट्टराईले युवा पुस्ताहरूले अहिलेका राजनीतिक नेतृत्वलाई नाङ्गै देखिरहेको बताए । 

‘बादशाह नाङ्गै थिए । सबैले क्या राम्रो कपडा लगाएको भनेर प्रशंसा गरे । बादशाह सडकमा हिँड्यो । एउटा सानो बच्चाले भनिदियो बादशाह त नाङ्गै छ । अहिले हामीलाई सडकबाट युवाहरूले नाङ्गै छन भनिरहेका छन् । यो कुरालाई हामीले स्वीकार गर्ने कि नगर्ने ?’, उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x