×

NMB BANK
NIC ASIA

गरीबी निवारणमन्त्री सबैभन्दा धनी, आर्थिक मामिला मन्त्रीलाई २ करोड ७८ लाख ऋण !

असोज १५, २०७९

NTC
Premier Steels

१ नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

Muktinath Bank

प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत मुख्यमन्त्री र अन्य १३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक विवरणअनुसार प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईसँग विभिन्न बैंकमा ७७ लाख १६ हजार रुपैयाँ छ । उनले तलबभत्ता तथा स्कूलको स्वामित्व हस्तान्तरणबाट रकम कमाएको उल्लेख गरेका छन् ।


Advertisment
Nabil box
Kumari

पत्नी शोभा पाठक र मुख्यमन्त्री राईका नाममा विभिन्न बैंकमा बचत गरिएको उल्लेख छ । सवारीसाधनमा मोटरसाइकल मात्रै रहेको छ । बा४०प २८३८ नम्बरको मोटरसाइकल १ लाख ५८ हजारमा २०६९ सालमा खरिद गरेको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ । 

Vianet communication

मोटरसाइकल प्रधानमन्त्रीको वरिष्ठ विज्ञ हुँदा खरिद गरिएको उल्लेख गरिएको छ । माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला उनी वरिष्ठ विज्ञका रूपमा नियुक्त भएका थिए ।

प्रदेश सरकारका मन्त्रीहरूमध्ये भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री ओमप्रकाश सरावगी सबैभन्दा धनी देखिएका छन् । उनीसँग १०० तोला सुन र १० लाख नगदसहित विभिन्न बैंकमा १ करोड ४० लाख १२ हजार रुपैयाँ छ । सार्वजनिक विवरणअनुसार उनीसँग रहेको जग्गा र विभिन्न उद्योगमा लगानी पनि अरु मन्त्रीभन्दा धेरै छ । उनले आम्दानीको स्रोत व्यापारलाई देखाएका छन् । 

कृषिमन्त्री झलकबहादुर मगरसँग २ तोला सुन र २ लाख ९ हजार रुपैयाँ नगद रहेको छ । उनले पैत्रिक सम्पत्तिबाट शिवसताक्षीमा प्राप्त गरेको १७ कट्ठा जग्गा र आफैंले बिर्तामोडमा खरिद गरेको उल्लेख गरेका छन् । बिर्तामोडमा रहेको जग्गा पत्नी कल्पना कार्कीको नाममा रहेको उल्लेख गरेका छन् । उनको १ तले पक्की घर समेत छ । 

१ नम्बर प्रदेशमा सबैभन्दा बढी समय ईन्द्रबहादुर आङ्बो मन्त्री बने । उनी २ पटक आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । उनले सम्पत्ति विवरणमा २८० वटा बंगुर देखाएका छन् । २ करोड ७८ लाख ऋण लिएको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उनले आफ्नो नाममा रहेको बचत ५५ हजार रुपैयाँ मात्रै रहेको उल्लेख गरेका छन् । पत्नी कुमारी लावतीका नाममा ७ लाख बचत रहेको उनले देखाएका छन् । चाँदी २० तोला र सुन १० तोला रहेको उल्लेख छ । 

सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले १ हजार २०० बोइलर कुखुरा र १ माउ गाई रहेको उल्लेख छ । आन्तरिक मामिला तथा कानूननमन्त्री केदार कार्कीले २५ तोला सुन र ८ लाख २४ हजार २५५ रुपैयाँ नगद रहेको जनाएका छन् । 

स्वास्थ्यमन्त्री जयराम यादवले भैसी १२ माउ, गाई १२ माउ, पाडापाडी १० वटा, बाच्छाबाच्छी १० वटा र बाख्रा–खसी २० वटा रहेका उल्लेख गरेका छन् । 

पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङवाले ८ वटा बाख्रा रहेका उल्लेख गरेकी छन् । 

उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङगामले २ वटा सुँगुर, ६ वटा बाख्रा र ८ वटा कुखुरा रहेको विवरण पेश गरेका छन् । ३० तोला सुन र ५० तोला चाँदी छोराले यूकेबाट पठाएको उनले पेश गरेको विवरणमा उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x