×

NIC ASIA

बाबुछोरा नै चुनावी मैदानमा

असोज २४, २०७९

Prabhu Bank
NTC
Premier Steels

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको लागि आइतवार मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मनोनयन गर्दा राजनीतिक दलका नेता मात्र हैन स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्नेको संख्या पनि उल्लेख्य रहेको छ । 

Muktinath Bank

आफू नै संलग्न रहेको राजनीतिक दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पनि देखिएका छन् । यस्तै रोचक मनोनयन भएको छ रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा । यो क्षेत्रमा बाबु र छोराले स्वतन्त्र रुपमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको लागि उम्मेदवारी दिएको पाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका फैज अहमद खाँनले क्षेत्र नं ३ को प्रदेश सभा सदस्य ‘क’ तर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनकै छोरा २८ वर्षीय इमदाद हुसेन खाँनले भने स्वतन्त्रतर्फ नै प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।


Advertisment
Nabil box
Kumari

सिद्धार्थनगर नगरपालिका–९ मा बस्दै आएका खाँन परिवारबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य दुवै पदको लागि स्वतन्त्र उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि जम्मा २४ जनाको उम्मेदवारी परेको छ ।

Vianet communication

यीमध्ये ११ जनाको दलीय रुपमा उम्मेदवारी परेको १३ जनाको स्वतन्त्र रुपमा उम्मेदवारी परेको उनले जानकारी दिए । यसै क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधि सभा सदस्यको लागि मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा उनले मनोनयन दर्ता गराएका हुन् ।

यस्तै नेकपा (एमाले)को समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले पनि यसै क्षेत्रबाट सोही पदको लागि उम्मेदवारी दिएका छन् । एमाले, राप्रपा र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धन बनाई बोहराले उम्मेदवारी दिएका हुन् । प्रतिनिधि सभा सदस्य पदकै लागि हाम्रो नेपाली पार्टीबाट प्रख्यात बञ्जाडे, जनमत पार्टीबाट प्रमोदकुमार राउत, राष्ट्रिय जनमुक्ति पार्टीबाट मोजिब अलि मुसलमान, गान्धावादी पार्टी नेपालबाट लालबहादुर रानाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए । 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीतबहादुर गुप्ता तेली, नागरिक उन्मुक्ति पार्टीबाट तुलसीप्रसाद थारु र मंगोल नेशनल अर्गानाइजेशनबाट तेजकुमारी आलेले उम्मेदवारी दिएको छ । यस्तै राप्रपा नेपालबाट सरस्वती धोबी नेपाल र नेपाल मजदूर किसान पार्टीबाट सरु विकले उम्मेदवारी दिएकी छन् । 

प्रतिनिधि सभा सदस्यकै लागि निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र रुपमा ईमदाद हुसेन खाँन, ईशरान अली फकिर, केशव विक्रम खड्का, गुडिया पथरकट्टले उम्मेदवारी दर्ता गराए । यस्तै स्वतन्त्रबाट नै घनश्याम भट्टराई, जीवकान्त काफ्ले, देवराज न्यौपाने, नबाब मुसलमान, नरेशबहादुर क्षेत्री, नारायणप्रसाद शर्मा, रमेश गैरे, राजीव शाही र शिव मल्लको उम्मेदवारी परेको कोइरालाले बताए । निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा सदस्य ‘क’ तर्फ १२ जनाले उम्मेदवारी दिएका छन् । 

त्यसमध्ये चार जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए । प्रदेश सभा सदस्य ‘ख’ बाट पनि १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यसमध्ये चारजना स्वतन्त्र उम्मेदवार भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x