×

NIC ASIA

श्रीमतीको अगाडि बेइजत गरेको भन्दै ज्वाइँले गरे आफ्नै जेठानको हत्या

असोज २४, २०७९

Prabhu Bank
NTC
Premier Steels

घरायसी विवादको कारण सुनसरीको इटहरीमा ज्वाइँले जेठानको हत्या गरेका छन् । ४३ वर्षीय रामकुमार भुजेलले इटहरी ५ सिमरवनाका ३८ वर्षीय भुवने चौधरीको हत्या गरेको सुनसरी प्रहरीले जनाएको छ । 
उनीहरू नातामा ज्वाइँ जेठान पर्छन् । इटहरी ६ का २७ वर्षीय वेदप्रकाश मण्डलसँग मिलेर धारिलो हतियार प्रहार गरी शनिवार हत्या गरेको सुनसरी प्रहरीले जनाएको छ । 

Muktinath Bank

भुजेल र मण्डलले चौधरीलाई इटहरी ६ नेशनल गल्ली प्रवेश गर्ने स्थानमा धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा शनिवार मृत्यु भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मृतक सिटी चालक हुन् । चौधरीलाई धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएपछि मण्डलको सिटी सफारी चढेर भुजेल विराटनगर हुँदै भारतको जोगबनीतिर गइरहेका बेला पक्राउ परेको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले बताए ।


Advertisment
Nabil box
Kumari

प्रहरीले अभियुक्त भगाउन प्रयोग गरिएको को २ ह २०९९ नम्बरको अटो रिक्सा पनि बरामद गरेको छ । 

Vianet communication

भुवने चौधरीको हत्या हुनुभन्दा अघिल्लो दिन रामकुमार भुजेलसँग विवाद भएको थियो । रामकुमार परस्त्रीसँग लागेको भुवनले थाहा पाएका थिए । यसरी परस्त्रीसँग लाग्दा घर व्यवहार बिग्रिने भन्दै भुवनले ज्वाइँ रामकुमारलाई सम्झाई–बुझाई गरेका थिए । 

‘श्रीमतीको अगाडि आफूलाई बदनाम गरेको भन्दै रामकुमारले इख राखेका रहेछन् । भोलिपल्ट शनिवार धारिलो हतियार बोकी जेठानको हत्या गर्ने भन्दै हिँडेका रहेछन् । इटहरी ६ नेशनल गल्लीमा चौधरी सिटी बसेको देखेपछि खुकुरी प्रहार गरी हत्या गरेको खुलेको छ’, उनले भने । 

रामकुमारले खुकुरी प्रहार गरेपछि वेदप्रकाशको सिटीमा चढेर विराटनगरतर्फ लागेको देखिएको छ । हत्यामा प्रयोग गरिएको धारिलो हतियार दुहबीको बुढी खोलामा फालेको खुलेको छ । हत्या आरोपमा पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय इटहरीले सुनसरी अदालतमा कर्तव्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x