×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

काठमाडौं– ७ : चुनाव प्रचारमा आकर्षणको ‘युनिक कन्सेप्ट’, गुनासो सुन्न ‘चोकतिरका कुरा’ !

कात्तिक २९, २०७९

NTC
Premier Steels

आँखामा कालो चस्मा । लामो कपालमाथि ढाकाटोपी अनि कोट लगाएका एक युवा आकर्षक गेटअपमा भेटिए ।

Muktinath Bank

अगाडि ठूलो ब्यानर राखेर उनी स्थानीय मतदाताहरूलाई आफ्नो एजेन्डा सुनाउनमा व्यस्त थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ई. आकर्षण पोखरेल’ ब्यानरमा ठूलो अक्षरमा लेखिएको थियो । 


Advertisment
Nabil box
Kumari

काठमाडौं– १६ वनस्थली चमती चोकमा सोमबार बिहान देखिएको उक्त दृश्य पोखरेलको चुनावी प्रचारप्रसारको हो । 

Vianet communication

मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा पोखरेल काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् ।

हाम्रो नेपाली पार्टी (लौरो अभियान)बाट प्रतिस्पर्धामा उत्रिएका उनले चुनाव प्रचारप्रसारलाई तीव्र बनाइरहेका छन् ।

विशेषगरी उनले बिहानको समयमा घरदैलो कार्यक्रम गर्दा रहेछन् । दिउँसो २ घण्टा उनले विभिन्न चोकमा पुगेर मतदाताका कुरा सुन्ने गरेका छन्, जसलाई उनले ‘चोकतिरका कुरा’ नाम दिएका छन् ।

त्यही क्रममा उनी सोमबार चमती चोकमा बसेर मतदाताहरूको गुनासो सुनिरहेका रहेछन् । 

‘हामी नेता बनेर आउँदै गर्दा यदि हामीलाई समस्यै थाहा छैन भने हामीले के समाधान दिन्छौं ?’ पोखरेलले लोकान्तरसँग भने, ‘त्यसकारण मतदाताको गुनासो सुन्न हामीले यस प्रकारको कन्सेप्ट ल्याएका हौं । म आफैं चोकमा बसेर मतदाताको कुरा सुन्ने गरेको छु ।’ 

त्यसक्रममा केही मतदाताले राम्रो र सक्षम युवाले जित्नुपर्छ भन्दै उनलाई शुभकामना दिएको देखियो ।

यसरी चोकमा बस्दा दिनहुँ दर्जनौं मतदाताबाट थुप्रै गुनासाहरू आएको पोखरेलले बताए । ‘अस्ति बिहान माछापोखरी चोकमा बस्दा ४८ जनाले आएर गुनासो गर्नुभएको छ,’ पोखरेलले भने ।

चोकमा संकलित गुनासोबारे हरेक साँझ टीममा बसेर दुई घण्टा छलफल र समाधानका उपायबारे चर्चा गर्ने गरेको उनले बताए । 

घरदैलो गरिरहँदा पुराना राजनीतिक दलसँग मतदाताहरू असन्तुष्ट रहेको पाइएको पोखरेल बताउँछन् ।

‘पुरानाभन्दा यसपटक नयाँलाई मतदान गर्ने भनेर मतदाताले भनिरहनुभएको छ,’ पोखरेलले भने, ‘पार्टीको पर्खालभन्दा बाहिर आएर मत दिनुहुन्छ भन्ने विश्वास छ ।’

घरदैलोका क्रममा मतदाताबाट विशेष गरी दैनिक जीवनसँग जोडिएका गुनासाहरू बढी आउने गरेको उनले बताए ।

कुनै नारा सुन्नेबित्तिकै मतदाताहरूले त्यसलाई सहजै विश्वास गरिदिँदै आएका कारण विकासमा पछि परेको उनको बुझाइ छ ।

‘आजसम्म हामीले छानेको नेतृत्व असफल हुनुको कारण हामीले कुनै नारा सुन्नेबित्तिकै त्यसलाई सजिलै स्वीकार्‍यौं, विश्वास गर्‍यौं,’ उनी भन्छन्, ‘यसपटक मतदाताले आफू भएको ठाउँमा आउने उम्मेदवारले कुनै योजना सुनाउँदा कसरी भनेर सोधिदिनुपर्‍यो ।’

मुख्यतयाः १० संकल्प लिएर चुनावी मैदानमा उत्रिएका पोखरेलले आफूले अघि सारेका एजेन्डा कसरी कार्यान्वयन हुन्छ भनेर उदाहरणसहित मतदातालाई बुझाउने गरेका छन् ।

‘मैले जति पनि योजना लिएर आएको छु, तिनको कार्यान्वयन कसरी हुन्छ भन्ने प्रस्ट्याएको छु । त्यसकारण म अरूभन्दा फरक छु भन्ने दाबी गर्छु,’ पोखरेलले भने ।

चुनावमा उठ्ने आफ्नो पहिल्यैदेखिको सोच भए पनि स्थानीय चुनावको परिणामबाट समय आयो भन्ने महसूस भएको उनले बताए ।

पोखरेल जनतामा नेताको परिभाषा बदल्न पनि जरुरी रहेको बताउँछन् । ‘नेता भनेको पाँच वर्षमा एकचोटि मात्र आउने होइन,’ उनले भने, ‘मैले चुनाव जितें भने त्यसपछि पनि हरेक दिन घरदैलो गर्नेछु । जनतासामु नै हुनेछु ।’

काठमाडौं क्षेत्र नं. ७ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमी भट्टराई उम्मेदवार छिन् भने नेकपा एमालेले श्यामकुमार घिमिरेलाई उम्मेदवार बनाएको छ ।

को हुन् पोखरेल ?

गोरखामा जन्मिएका पोखरेलले इञ्जिनीयरिङ अध्ययन सकेपछि जापान बसेर केही समय अनुसन्धानमा लगाए ।

अमेरिका, क्यानडा, यूरोप, चीनलगायत घुमेपछि उनलाई स्वदेशमै केही गर्ने हुटहुटी जाग्यो । नेपाल फर्किएर उनले पर्यटन पूर्वाधारमा सहयोग पुग्ने कम्पनी स्थापना गरे ।

काठमाडौंको कमलादीमा बनिरहेको ‘स्काइ वाक टावर’ उनकै निर्माण कम्पनीले बनाएको हो । उक्त स्काइ वाकको डिजाइनर पनि आफैँ रहेको पोखरेलले बताए ।

यसबाहेक धनकुटाको भेडेटारमा पनि पोखरेलकै सक्रियतामा स्काइ वाक निर्माणाधीन छ । उनकै कम्पनीबाट इलामको कन्याममा निर्माण भएको स्काइ वाक टावर पनि अहिले भाइरल भइरहेको छ । 

सोलुखुम्बुको लुक्लादेखि कोङ्देसम्म १० किलोमिटर केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम पनि भइरहेको उनले जानकारी दिए ।

आफू आबद्ध कम्पनीहरूले १ हजार जनालाई रोजगारी दिइरहेको पोखरेलको दाबी छ ।

हेर्नुहोस्, भिडियो :

थप तस्वीर :

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x