×

NIC ASIA

प्रतिनिधिसभा निर्वाचन २०७९

प्रतिनिधि सभा निर्वाचन : कर्णालीमा एमालेलाई ठूलो धक्का

मंसिर ९, २०७९

Prabhu Bank
NTC
Premier Steels

२०७४ मा कर्णालीमा प्रतिनिधि सभाका १२ मध्ये एमालेले ६ सिट जितेर पहिलो दल बनेको थियो । वाम गठबन्धनको सहायतामा एमालेले विगतको नतिजा सुधार गर्दै प्रतिनिधि सभामा आधा सिट सुनिश्चित गरेको थियो । तर, यसपटक प्रतिनिधि सभामा एमालेले हालसम्म खातासमेत खोल्न सकेको छैन । 

Muktinath Bank

हुम्ला र मुगुबाहेक सबै क्षेत्रको नतिजा आइसकेको छ । हुम्लामा एमालेका दल रावल सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का छिरिङ डम्डुल लामाभन्दा निकै पछाडि छन् । रावललाई लामाले ३ हजार बढी मतले पछि पारेका छन् । मुगुमा पनि एमाले उम्मेदवार राजबहादुर कार्की गठबन्धनका साझा उम्मेदवार नेपाली कांगे्रसका ऐनबहादुर शाहीभन्दा २ हजार मतले पछि छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मतपरिणाम घोषणा भएका सुर्खेतका दुई, दैलेखका दुई, कालीकोट, जुम्ला, सल्यान, जाजरकोट, रुकुम पश्चिम र डोल्पामा एमाले उम्मेदवार पराजित भएका छन् । एमालेले कर्णालीका १२ सिटमध्ये दैलेख–२ लाई सहजै जित्न सकिने क्षेत्रका रुपमा आकलन गरेको थियो । उक्त क्षेत्रमा एमाले उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल कांगे्रसका दिक्पाल शाहीसँग झिनो मतान्तरले पराजित भए । पोखरेल १५३ मतले पराजित हुन पुगे । 


Advertisment
Nabil box
Kumari

२०७४ मा यस क्षेत्रबाट एमालेका राजबहादुर बुढा निर्वाचित भएका थिए । गठबन्धनमा दरार ल्याउन सके दैलेख–१ मा पनि जित्न सकिने एमाले नेताहरुको प्रक्षेपण थियो । तर, त्यहाँ एमालेका जिल्ला अध्यक्षसमेत रहेका निवर्तमान प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्मा ८४९ मतान्तरले पराजित हुन पुगे । उनलाई पूर्व सहकर्मी नेकपा (एकिकृत समाजवादी) का अम्मरबहादुर थापाले पराजित गरे । 

Vianet communication

सुर्खेतका दुवै क्षेत्रमा एमाले उम्मेदवार पराजित भए । सुर्खेत–१ मा कांगे्रसका पूर्णबहादुर खड्कासँग एमालेका ध्रुवकुमार शाही ११ हजार बढी मतान्तरले पराजित भए । सुर्खेत–२ मा कांगे्रसकै हृदयराम थानीसँग एमालेका अमृतबहादुर बुढाक्षेत्री ५ हजार ६७ मतान्तरले पराजित भए । २०७४ मा यहाँका दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका थिए । २०७४ मा एमालेबाट सुर्खेत–१ मा ध्रुवकुमार शाही र सुर्खेत–२ मा नवराज रावत विजयी भएका थिए । 

जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतसँग एमालेका निरज आचार्य, रुकुम पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मासँग एमाले नन्दराम देवकोटा, सल्यानमा एकिकृत समाजवादीका प्रकाश ज्वालासँग एमालेका राजेन्द्रवीर राय पराजित भए । सल्यानमा त एमाले उम्मेदवार ज्वालाको निकट प्रतिष्पर्धामा आउन सकेनन् । उनी तेस्रो भए । 

कालीकोटमा माओवादी केन्द्रका नेता पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग एमालेका नगिन्द्र शाही ८ हजार ६४ मतान्तरले पराजित भए । जुम्लामा एमालेका उम्मेदवार रतननाथ योगी विजयी उम्मेदवार राप्रपाका ज्ञानेन्द्र शाहीसँग निकट प्रतिष्पर्धामा पनि आउन सकेनन् । योगीले तेस्रो मत ल्याए । 

डोल्पामा एकिकृत समाजवादीका धनबहादुर बुढासँग ५ हजार ७२७ मतान्तरले एमालेका गणेशबहादुर शाही पराजित भए । बुढा २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । 

एमालेका कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेल चौतर्फी घेराबन्दीको एक्लै सामना गर्नु नै एमालेका लागि ठूलो कुरा भएको बताउँछन् । ‘कर्णालीको सन्दर्भमा पाँच दल एकातिर अनि हामी एक्लै थियौँ, केही स्थानमा झिनो मतान्तरले हामी पराजित हुन पुग्यौँ’, उनी भन्छन्, ‘समीक्षाको विषय त होला, पाँच दलीय गठबन्धनसँग एक्लै भिड्नु नै हाम्रो लागि ठूलो चुनौती थियो ।’

एमालेविरुद्धको मोर्चाबन्दीले सिट गुमेपनि जनताको भरोसा भने कायमै रहेको कँडेल बताउँछन् । प्रदेश सभामा मुगु र हुम्लाका दुई सिटको नतिजा आउन बाँकी रहँदा एमालेले चार सिट जितेको छ । प्रदेश इञ्चार्ज कँडेल सुर्खेत २(१) र प्रदेश अध्यक्ष शाह दैलेख २(२) बाट झिनो मत अन्तरले प्रदेश सभामा विजयी हुन पुगे । कँडेल २०७४ मा पनि प्रदेश सभामा निर्वाचित भएका थिए । 

२०७४ मा प्रत्यक्ष र समानुपातिक गरी प्रदेश सभामा २० सिटसहित एमाले ठूलो दल बनेको थियो । यसपटक प्रदेश सभामा तेस्रो दल बन्ने निश्चित भएको छ । गठबन्धनका कारण स्थानीय तहमा पनि एमाले खुम्चिएको छ । २०७४ मा कर्णालीका ६९ स्थानीय तहमध्ये २७ वटा जितेर पहिलो भएको एमाले गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा १५ तहमा खुम्चिन पुग्यो । 

गठबन्धनको लाभ कांग्रेसलाई बढी

कर्णालीमा सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी मुख्य छन् । गठबन्धन गर्दा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा यी तीनवटै पार्टीले सफलता हात पारे । एकिकृत समाजवादीले गठबन्धनको बलमा आफ्नो भागमा परेका प्रतिनिधि सभाका तीनवटै सिटमा जीत निकाल्न सफल भयो । सल्यानमा प्रकाश ज्वाला, डोल्पामा धनबहादुर बुढाले निकै फराकिलो अन्तरमा जिते ।

दैलेख १ मा पनि अम्मरबहादुर थापाले आफ्नै पूर्व सहकर्मी रविन्द्रराज शर्मालाई ८०० बढी मतान्तरले पछि पारे । २०७४ मा प्रतिनिधि सभामा शून्य भएको कांग्रेसले यसपटक तीन सिट जितिसकेको छ । सुर्खेत १, २ र दैलेखका २ मा कांगे्रस उम्मेदवार निर्वाचित भइसकेका छन् । मतगणना भइरहेको मुगुमा कांगे्रस उम्मेदवार ऐनबहादुर शाही अगाडि छन् । 

गठबन्धनको अर्को मुख्य दल माओवादी केन्द्रले प्रतिनिधि सभामा आफूले पाएको सिटमध्ये जुम्लामात्र गुमाउन पुग्यो । त्यहाँ गोमा गौतम कुँवरलाई राप्रपाका ज्ञानेन्द्र शाहीले फराकिलो मतान्तरसहित पछि पारे । रुकुम पश्चिम, जाजरकोट, कालीकोटमा माओवादी केन्द्रका उम्मेदवार विजयी भइसकेका छन् । 

हुम्लामा मतगणना जारी छ । त्यहाँ माओवादी केन्द्रका छिरिङ डम्डुल लामाले लगातार अग्रता लिइरहेका छन् ।  

२०७४ मा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ ५ सिट अर्थात जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्लामा जित हासिल गरेको थियो । हुम्लामा स्वतन्त्र उम्मेदवारी दिएका छक्कबहादुर लामा निर्वाचित भएपछि माओवादी केन्द्र प्रवेश गरेका थिए । गठबन्धन बनाएर निर्वाचनमा जाँदा धेरै राम्रो सफलता मिलेको कांगे्रस नेताहरूको निष्कर्ष छ । तर, प्रदेश सभापति ललितजंग शाही जुम्ला १ बाट प्रदेश सभामा आफ्नै पार्टीका बागीले पराजित भएपछि केही निराशा छाएको छ । 

प्रतिनिधि सभामा पुरानै अनुहार हाबी

सत्तारुढ गठबन्धन दलबाट प्रतिनिधि सभामा पुरानै अनुहार दोहोरिएका छन् । दैलेख २ का दिक्पाल शाहीमात्र नयाँ अनुहार हुन् । सुर्खेत १ मा पूर्णबहादुर खड्का, २ बाट हृदयराम थानी, दैलेख १ बाट अम्मरबहादुर थापा, जाजरकोटमा शक्ति बस्नेत, रुकुम पश्चिममा जनार्दन शर्मा, सल्यानमा प्रकाश ज्वाला, कालीकोटमा महेन्द्रबहादुर शाही, डोल्पामा धनबहादुर बुढा पटक–पटक निर्वाचन जित्दै आएका नेता हुन् । 

कुन पार्टीबाट को ?
कांग्रेस 

सुर्खेत १ : पुर्णबहादुर खड्का
सुर्खेत २ : हृदयराम थानी 
दैलेख २ : दिक्पालकुमार शाही 

माओवादी केन्द्र
रुकुम पश्चिम : जनार्दन शर्मा 
जाजरकोट : शक्तिबहादुर बस्नेत 
कालीकोट : महेन्द्रबहादुर शाही

एकिकृत समाजवादी 
सल्यान : प्रकाश ज्वाला 
दैलेख : अम्मरबहादुर थापा 
डोल्पा :  धनबहादुर बुढा 

राप्रपा
जुम्ला : ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) 

गणना जारी :हुम्ला र मुगु

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x