×

NMB BANK
NIC ASIA

मेस्सीले विश्वकप उपाधि उचालेको हेर्न चाहन्थे म्याराडोना

मंसिर १०, २०७९

NTC
Premier Steels

फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकप फुटबलमा सन् १९७८ को विश्वकपपछि पहिलो पटक अर्जेन्टिना डिएगो म्याराडोना बिना मैदान उत्रेको छ । दक्षिण अमेरिकी टोली अजेन्टिनाले विश्वकपको प्रतिस्पर्धामा चट्टानी सुरुआतको अपेक्षा प्रशंसकबाट गरिएपनि यो अपेक्षा साउदी अरबसँगको पहिलो खेलमा साकार बन्न सकेन । यो बर्ष अर्जेन्टिना र खास गरी यसका कप्तान लियोनल मेस्सीले म्यारोडोनाको अभावको चर्चा गर्नेछन् । किनकी म्यारोडोनाको दुई बर्ष पहिले यही समय मृत्यु भएको थियो । 

Muktinath Bank

मेस्सीले विश्वकप उपाधि उचालेको म्यारोडोनाले देख्न चाहन्थे तर यो त सम्भव भएन तर यदि अर्जेन्टिनाले शनिबार हुने मेक्सिकोविरूद्धको खेल हारेमा अर्जेन्टिनाका लागि यो बर्षको विश्वकप यात्रा लगभग अन्त्य हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म्याराडोनाको ६० वर्षको उमेरमा २५ नोभेम्बर २०२० मा निधन भएको थियो । मस्तिष्कको शल्यक्रियापछि आफ्नो घरमा अस्पतालको रेखदेखमा रहँदा उनको मृत्यु भएको थियो र न्यायिक अधिकारीहरूले चिकित्सकीय लापरबाहीमा संलग्न भए नभएको अनुसन्धान जारी राखेका छन् ।


Advertisment
Nabil box
Kumari

म्याराडोनाको मृत्युको दोस्रो बार्षिकीका अवसरमा शुक्रबार अर्जेन्टिनाले र फिफा दुवैले कतारमा एउटा संयुक्त कार्यक्रम गरी फुटबलका जादुमयी विश्वप्रसिद्ध स्टारको सम्झना गरेका छन् । 

Vianet communication

कार्यक्रममा बोल्दै अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले म्याराडोनाको निधनको दिन ‘सबैका लागि निकै दुःखद दिन’ भएको बताएका छन् । “यदि म्याराडोनाले हामीलाई आकाश (स्वर्ग)बाट हेरिरहेका छन् भने भोलि हामी केही खुसी ल्याउने आशा गर्नेछौं,” शनिबार मेक्सिकोविरुद्धको निर्णायक खेलअघि स्कालोनीले भने । 

“यो हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । हरेक पटक जब हामी उहाँका तस्बीरहरू देख्छौं, यो अविश्वसनीय छ कि उहाँ यहाँ हामीसँग हुनुहुन्न । म्याराडोनाबिना पनि अर्जेन्टिनाका लागि यो अनौठो विश्वकप भएको छ ।

अर्जेन्टिनी टोलीका क्याप्टेन लियोनल मेसीले विश्वकपमा आफ्नो अन्तिम उपस्थिति हुनसक्ने बताएका छन् र टोलीको प्रतियोगिताको सबैभन्दा निराश क्षण साउदी अरबसँग २–१ ले पराजित भएपछि बनेको छ । 

सन् १९८२ देखि हरेक विश्वकपमा अर्जेन्टिनाका लागि खेलाडी, प्रशिक्षक र अग्रज राजनेताका रुपमा म्याराडोनाको उपस्थिति रहँदै आएको थियो । सन् २०२२ को विश्वकपको समयमा अर्जेन्टिना, कतार र बाँकी विश्वभर म्याराडोनाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले दक्षिण अमेरिकी फुटबल महासङ्घ कोन्मेबोलले कतारमा आयोजना गरेको एक कार्यक्रममा म्याराडोनाको वास्तविक कदको शालिक अनावरण गर्दै भने, “डिएगो अमर छन्, उनी अझै पनि हामीसँग छन् । उनले भने, “यो मानिसले मानिसहरूलाई यो खेलको प्रेममा पार्न के गरेको छ, सायद अरू कसैले पनि गर्न सकेका छैनन् ।

इन्फान्टिनोले भने, “हरेक विश्वकपमा म्याराडोनाको उत्सव मनाउने दिन हुनेछ । इन्फान्टिनोले भने, “डिएगोको अद्वितीय ईमानदारी र करिश्माको बारेमा सबैलाई थाहा छ । उनी अर्जेन्टिना, दक्षिण अमेरिका र विश्वका महान् नेता थिए । हामीले उहाँलाई सम्मान दिइरहनुपर्छ ।” 

कतारमा भएको उक्त कार्यक्रममा म्याराडोनाका अर्जेन्टिनाका केही पूर्व सहकर्मी पनि सहभागी थिए । अर्जेन्टिनाका प्रशंसकहरूले उनको सम्मानमा शुक्रबार दोहामा भेला हुने योजना बनाएका थिए । ब्यूनस आयर्समा म्याराडोनाले राष्ट्रिय टोलीको जर्सी लगाएको र दाहिने हातमा मुठ्ठी कसेर टिमको जितका लागि ‘हुटिङण्द्दज्ञड गरेको विशाल भित्तेचित्रले म्यारोडोनाको अनुपस्थितिमा राष्ट्रिय टोलीलाई जीतका लागि प्रोत्साहित गरेको छ । 

हालै सार्वजनिक १४८ फिट अग्लो र १३१ फिट चौडा (४५ मिटर बाइ ४० मिटर) उचाईमा रहेको यो कलाकृति अर्जेन्टिनाको राजधानीमा रहेको १४ तले भवनको छेउमा बनाइएको छ । समूह चरणको पहिलो खेलमा मेसी र अर्जेन्टिनालाई साउदी अरबले स्तब्ध पारेको स्थानभन्दा कैयौँ किलोमिटर टाढा दोहामा म्याराडोनाको तस्बीर सहितको अर्को भित्तेचित्र राखिएको छ ।

पाँचौं पटक विश्वकप खेलिरहेका मेसीले कतारमा हुने प्रतियोगिताअघि फिफालाई भनेका थिए, “म्याराडोनालाई ट्रिब्यूनमा नदेख्नु र उनी देखा पर्दा मानिसहरू उत्तेजित हुनु अनौठो र फरक कुरा हो । उनले म्याराडोना जहिले पनि कहीँ न कहीँ उपस्थित हुने विश्वास व्यक्त गरेका छन् ।”

म्याराडोनाले सन् १९८२ देखि १९९४ सम्म चार पटक विश्वकप खेलेका थिए भने सन् २०१० मा राष्ट्रिय टोलीको प्रशिक्षक बनेका थिए ।

सन् १९८६ मा इङ्गल्यान्डविरुद्ध ‘ह्यान्ड अफ गड’ गोलदेखि लिएर डोपिङ परीक्षणमा असफल भएपछि सन् १९९४ मा उनलाई प्रतियोगिताबाट निष्कासित गरिएका क्षणको चर्चा विश्वभर हुने गरेको छ । 

सन् १९८६ मा इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा उनले गरेको गोल प्रतियोगिताको इतिहासमा सबैभन्दा महत्वपूर्ण र सबैभन्दा विवादास्पद गोलमध्ये एक बनेको थियो । 

म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका थिए । सोही खेलमा उनले अर्जेन्टिनाको आफ्नै मैदानमा गरेको गोल विश्वकपको सर्वश्रेष्ठ गोलमध्ये एक पनि भएको बताउने गरिएको छ । 

सन् २०२२ को विश्वकप सुरु हुनुभन्दा केही समयअघि म्याराडोनाले सन् १९८६ मा मेक्सिको सिटीको एज्टेका स्टेडियममा अर्जेन्टिनाले जर्मनीलाई ३–२ ले हराएपछि म्याराडोनासँग सोटेको जर्सी जर्मनीका प्रसिद्ध खेलाडी लोथर हरबर्ट माथेउसले अर्जेन्टिनालाई उपहारका रूपमा फिताए गरिएको छ ।  यसले अर्जेन्टिनालाई विश्वकप उपाधि जित्नका लागि थप महत्वाकाङ्क्षी बनाएको छ । मायथेसले कप्तानको रूपमा पश्चिम जर्मनीलाई सन् १९९० मा फिफा विश्वकप र यूरोपेली बर्ष खेलाडीको गरिमामय उपाधि दिलाएका थिए । 

सन् २०१० मा दक्षिण अफ्रिकामा अर्जेन्टिनाको प्रशिक्षकको रूपमा म्याराडोनाले राष्ट्रिय टोलीलाई क्वार्टरफाइनलसम्म पुर्‍याएका थिए । 

नाइजेरियामाथि २–१ को जित हात पारेपछि सेन्ट पिटर्सबर्गको रङ्गशालामा मेसीले एक गोल गरेपछि म्याराडोना खुसीले विक्षिप्त बनी ढलेको आठ वर्षपछि मेसीले जादुमयी प्रदर्शन गर्ने र अर्जेन्टिनालाई उपाधि जिताउने जिम्मेवारी आएको छ । मेसीको गोलको खुशियाली मनाउने विश्वविख्यात म्यारोडोना नभएपनि उनको खेलको प्रशंसा गर्ने दशौँ लाख विश्व समुदायले मेसीले जादु देखाउनेमा आशावादी रहेको देखिन्छ । 

चार वर्षपछि हुने अर्को विश्वकपमा ३५ वर्षीय मेसीको पुनरागमन नहुने सम्भावना छ । यदि उनले यस वर्षको टोलीलाई मेक्सिकोविरुद्ध राम्रो नतिजामा पु¥याउन सकेनन् भने म्याराडोनाबिनाको अर्जेन्टिनाको पहिलो विश्वकपको बाँकी खेलमा मेसीको पनि उपस्थिति देख्न सकिने छैन ।  रासस/एपी

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x