×

NMB BANK
NIC ASIA

सन्तोष सेनविरुद्ध परेको निवेदन खारेज, निर्माता संघले भन्यो–पुष्टि हुने आधार देखिएन

मंसिर १६, २०७९

NTC
Premier Steels

गत असोजमा नेपाल, भारतसहित विश्वव्यापी रूपमा एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘प्रेमगीत ३’का निर्माता एवं निर्देशक सन्तोष सेनविरुद्ध परेको निवेदन नेपाल चलचित्र निर्माता संघले खारेज गरेको छ । सिक्किम निवासी राम गोपाल राईले चलचित्रको डिजिटल राइटस् खरिद गर्न दिएको रकम फिर्ता गराईदिन अनुरोधसहित निर्माता संघमा निवेदन दिएका थिए ।

Muktinath Bank

आशुसेन फिल्मसका प्रमुख ‘प्रेमगीत ३’का निर्माता एवं निर्देशक सेनले चलचित्रको डिजिटल राइट्स भन्दै ४ करोड ८४ लाख ५० हजार रुपैयाँ ठगी गरेको सिक्किम निवासी राईको आरोप छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार निर्माता संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले राईले दिएको निवेदनमा छलफल गरिरहन आवश्यक नदेखिएको भन्दै निवेदन खारेज गर्ने निर्णय गरेको हो । संघले छलफलका लागि दुवै पक्षलाई बोलाएको बैठकमा निर्माता एवं निर्देशक सन्तोष सेन उपस्थित भए पनि राई भने उपस्थित भएका थिएनन् । उक्त छलफलपश्चात निर्माता संघले भनेको छ, ‘सन्तोष सेनविरुद्ध दिएको निवेदन पुष्टि हुने आधार नदेखिएको हुँदा छलफल गरिरहनु औचित्य देखिएन । त्यसैले निजको निवेदन खारेज गर्ने निर्णय गरियो ।’ 


Advertisment
Nabil box
Kumari

छलफलमा निर्माता एवं निर्देशक सेनले आफूहरूबीच सम्झौता मिलिसकेको भए पनि निवेदकले चरित्रहत्या गर्न खोजेको बताउँदै कागजातसमेत पेश गरेका थिए । निर्माता संघका अध्यक्ष नवल खड्काले लोकान्तरसँग कुरा गर्दै भने, ‘यदि निवेदक वास्तवमै पीडित हुनुहुन्छ भने अदालत र प्रहरीकहाँ जान सक्नुहुन्छ, तर हामीले हेर्दा उहाँलाई पीडित पाएनौँ । त्यसैले हामीले निवेदन खारेज गरेका हौँ ।’

Vianet communication

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x