कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
पुस १८, २०७९
प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि आह्वान गरेपछि मुख्यमन्त्रीसँगै मन्त्री बन्न चाहनेहरूको दौडधूप शुरू भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलका सांसदहरू मन्त्री बन्ने दौडमा छन् । मुख्यमन्त्रीमा एमालेका हिक्मतबहादुर कार्की र माओवादी केन्द्रका इन्द्रबहादुर आङ्वो दौडमा छन् ।
एमाले र माओवादीका डेढ दर्जन नेताहरू दौडमा छन् । सबैभन्दा बढी माओवादी केन्द्रमा समस्या देखिएको छ । सांसदको आधा संख्या मन्त्रीकै दौडमा छन । माओवादीबाट १३ जना सांसदले प्रतिनिधित्व गर्छन्, तीमध्ये ८ जना केन्द्रीय सदस्य छन् । केन्द्रीय सदस्यहरू सबै मन्त्रीका दाबेदार हुन् ।
८ जनामध्ये इन्द्रबहादुर आङ्वो मुख्यमन्त्रीको दौडमा छन् भने अन्य सबै सभामुख, उपसभामुखदेखि मन्त्री बन्ने दौडमा लागेका छन् ।
आङ्वोले भने मुख्यमन्त्री नपाए मन्त्री नबन्ने घोषणा गरिसकेका छन् । पहिलो कार्यकालमा आङ्वो दुईपटक मन्त्री बनेका थिए । नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला आङ्वोलाई २०७७ पुस ११ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेका थिए । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन भूमिका खेलेको भन्दै आङ्वोलाई बर्खास्त गरिएको थियो ।
नेकपा विघटन र एमालेको विभाजनपछि बनेको सरकारमा उनले पुनः सोही मन्त्रालयका दोहोरिएर नेतृत्व समालेका थिए । ‘दुईपटक एउटै मन्त्रालय सम्हालिसकेकाले मन्त्री बन्दिनँ भनिसकेको छु,’ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका आङ्वोले भने ‘यसपटक मेरो इच्छा मुख्यमन्त्रीमा हो ।’
आङ्वोबाहेक ७ सांसद मन्त्रीका आकांक्षी छन् । दुर्गाप्रसाद चापागाईँ (सचिन), राजेन्द्र कार्की, बाबुराम गौतम, गीता तिम्सिना, सपना परियार, गाेम्बु शेर्पा (कर्ज्याङ) , जीवन आचार्य मन्त्री बन्ने दौडमा छन् । आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का कान्छा ज्वाइँ हुन् ।
जीवनलाई मन्त्री बनाउँदा प्रचण्डले ज्वाइँलाई मन्त्री बनाएको भन्दै विरोध हुने भएकाले अहिले नै मन्त्री बनाउन नहुने आवाज समेत उठ्न गरेको छ ।
माओवादीका केही नेताहरूले भने दोस्रो कार्यकालमा मात्रै मन्त्री बन्न सुझाव दिएका छन् । तथापि भोलिको समीकरण फेरिन सक्ने भन्दै जीवन मन्त्री बन्ने दौडमा लागेका छन् ।
मुख्यमन्त्री कुन दलको भागमा पर्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन । प्रदेशको मुख्यमन्त्री एमालेले पाएमा सभामुख माओवादीले र मुख्यमन्त्री माओवादीले पाएमा सभामुख एमालेले पाउने नेताहरू बताउँछन् ।
एमालेले सभामुख पाएमा ताप्लेजुङका तिलकुमार मेन्याङ्बो मुख्य दाबेदार मानिएका छन । सुनसरीका रेवतीरमण भण्डारीले सभामुख लिन अस्वीकार गरेको नेताहरूले बताएका छन । सभामुख हुँदा पार्टीको राजनीतिमा असर पर्ने भएको भन्दै उनले मन्त्रीमा इच्छा देखाएको एमालेका एक नेताले बताए । भण्डारी सुनसरीका जिल्ला अध्यक्ष समेत हुन् ।
माओवादीको भागमा सभामुख परे संखुवासभाका राजेन्द्र कार्की र ओखलढुंगाका बाबुराम गौतम प्रमुख दाबेदार मानिएका छन् । पार्टीभित्र राजेन्द्र सिनियर मानिन्छन् ।
उपसभामुख पदमा भने माओवादीको भागमा पर्दा मोरङकी गीता तिम्सिना र एमालेको भागमा पर्दा उदयपुरकी सिर्जना दनुवार वा भोजपुरकी सिर्जना राईको नाम चर्चामा आएको छ । तीनैजना समानुपातिकबाट सांसद भएका हुने । माओवादीकी गीताले भने उपसभामुख हुँदा पार्टीको सक्रिय राजनीतिमा असर पुग्ने भएकाले आफ्नो पहिलो रोजाई मन्त्री नै भएको बताएकी छिन् ।
प्रदेश कमिटी सचिव गणेश उप्रेतीले पनि फूल मन्त्रीकै दाबी गरेका छन् । उनका लागि जीवन आचार्य मुख्य चुनौती देखिएका छन् । जीवन मन्त्री बन्दा उनको मन्त्री बन्ने बाटो बन्द हुने माओवादीका नेताहरू बताउँछन् । मोरङले नै २ मन्त्री पाउन मुस्किल छ । उप्रेती मोरङ २(१) बाट निर्वाचित भएका हुन भने आचार्य ६(१) बाट निर्वाचित भएका हुन् ।
आकांक्षी बढिरहँदा एमालेका लागि भने मन्त्रालय घटाउनु पर्ने चुनौती रहेको छ । राजेन्द्र राई नेतृत्वको सरकारले मन्त्रालय बढाउँदा सडक आन्दोलन समेत गरेको एमालेका लागि यसपटक मन्त्रालय घटाउने चुनौती रहेको छ । मुख्यमन्त्री राईले शपथ लिँदा बाटो नै छेकेर एमालेका कार्यकर्ताले रुँदै विरोध गरेका थिए ।
प्रदेश १ मा १३ मन्त्रालय रहेका छन । मन्त्रालय नघटाउँदा विरोध आउने डरले घटाउन कार्कीले आफ्ना सांसदहरूसँग लबिङ गर्न शुरू गरेको नेताहरूले बताएका छन् ।
मन्त्रालयको संख्या दुई अंकको नबनाऔं भनेर उनले आफूनिकट सांसद तथा नेताहरूलाई भनेका छन् । उनले ९ वटा मन्त्रालय बनाउन सहयोग गर्न नेताहरूलाई भनेको उनी निकट स्रोतले जनाएको छ । यद्यपि पार्टीभित्र मन्त्रीका दाबेदारको संख्या धेरै रहेकोले मन्त्रालय संख्या घटाउन उनलाई पनि त्यति सहज भने छैन ।
अहिलेको अवस्थामा एमालेबाट ८ र माओवादीबाट ५ मन्त्रालयमा दाबी छ । राप्रपा समेत जोडिँदा भागबण्डा थप मुस्किल हुन्छ ।
सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, इलामका राम राना मगर, मोरङका लीलाबल्लभ अधिकारी, खोटाङका पाँचकर्ण राई, उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई मन्त्रीका दाबेदार छन् । झापाका एकराज कार्की, झापाकै चिन्तन पाठक, सुनसरीका रमेश बस्नेत, रामप्रसाद मेहता र रामदेव यादव, मोरङका जयप्रकाश चौधरी तथा तेह्रथुमकी कमला दर्नालको नाम मन्त्रीका लागि चर्चामा रहेको छ ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई निवर्तमान मेयरले पनि मन्त्रीको दाबी गरेका छन । बेलबारीका निवर्तमान मेयर ज्ञानेन्द्र सुवेदी र संखुवासभाको मादी नगरपालिकाका निवर्तमान मेयर विदुर सुब्बा लिङ्थेव मन्त्रीको दौडमा छन् ।
दोस्रो कार्यकालका लागि प्रदेशसभामा निर्वाचित भएका धनकुटाका इन्द्रमणि पराजुली र निरन राई पनि मन्त्री पदका दाबेदार हुन् ।
संघीय सरकारमा पनि एमालेका राजेन्द्र राई मन्त्री बनेका छन् । २०७४ तथा २०७९ को दुईवटै चुनावमा एमालेले धनकुटामा क्लीन स्वीप गरेको थियो ।
क्लीन स्वीप बनाएबापत पनि मन्त्री पाउनु पर्ने दाबी धनकुटाका दुवै सांसदको रहेको छ ।
राप्रपाबाट झापाका भक्ति सिटौला मन्त्री बन्ने लगभग पक्का रहेको छ । उनी राप्रपा प्रदेश नम्बर १ का संसदीय दलका नेता पनि हुन् । समीकरण फेरिएपछि गुमनाम भएकी जसपाकी सांसद निर्मला लिम्बू राज्यमन्त्री बन्ने सम्भावना छ ।
प्रदेश १ मा सत्ता गठबन्धनतर्फ एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाको ६ र जसपाको १ जना सांसद छन् । यस्तै विपक्षी दल नेपाली कांग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी)का ४ जना सांसद छन् ।
नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी भएमा इलामकी खिनु लङ्वा लिम्बू र पाँचथरका कमल जबेगु मन्त्री बन्ने सम्भावना छ । खिनु बहालवाला मन्त्री समेत हुन् ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...