×

NIC ASIA

नीति महाधिवेशनको बहस

कांग्रेसमा नीति महाधिवेशनको चर्चा– संस्थापनइतर पक्षको दबाब, तयार छैनन् देउवा

पुस २२, २०७९

Prabhu Bank
NTC
Premier Steels

कांग्रेसमा पछिल्लो समय नीति महाधिवेशनको बहस निकै चर्चामा छ । गत वर्ष भएको १४ औं महाधिवेशनमा कांग्रेसको नेतृत्व मात्रै चयन भएको थियो । तर, नीतिमा विषय प्रवेश पनि भएको थिएन । कोभिड महामारीलाई कारण देखाउँदै कांग्रेसले महाधिवेशनलगत्तै नीति महाधिवेशन गर्ने घोषणा गरेको थियो । 

Muktinath Bank

घोषणाको एक वर्ष बित्दा पनि नीति महाधिवेशन डाक्नेबारे पार्टीमा छलफलसमेत भएको छैन । पार्टीको एउटा ठूलो कार्यक्रममा पार्टीलाई मार्गदर्शन गर्ने नीति, सिद्धान्त र विचारबारे कुनै बहस नै नभएपछि नीति महाधिवेशनको आवश्यकता कांग्रेसले महसूस गरेको थियो ।  तर यस्तो बैठक डाक्नेरबारे यो एक वर्षमा कांग्रेसभित्र कुनै छलफल र संवाद नै हुन सकेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कुनै पनि दल वैचारिक रूपमा प्रस्ट नभएसम्म नतिजामुखी हुन सक्दैन । हामीले चार वर्षका लागि गत वर्ष नेतृत्व त फेर्‍यौं, तर नीतिका विषयमा एउटा राजनीतिक प्रस्ताव समेतमा छलफल गरेनौं । कोभिडलाई देखाएर पन्छिने काम भएको थियो,’ सह–महामन्त्री जीवन परियारले लोकान्तरसँग भने, ‘नेतृत्व चयन भएपछि अब कस्ता कार्यक्रम लिएर अघि बढ्ने, कार्ययोजना के हुने भन्ने प्रस्ट नहुँदा अलमलमा परिन्छ । हचुवामा भन्दा कार्यक्रम, विचार र बहस गरेर निष्कर्ष पुग्दा पार्टी जीवन्त बन्छ भनेर नीति महाधिवेशनको आवश्यकता महसूस गरिएको हो ।’ 


Advertisment
Nabil box
Kumari

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि गत वर्ष नेतृत्व मात्रै चयन भएको भन्दै नीति महाधिवेशनको आवश्यकता महसूस गरिएको बताए । 

Vianet communication

‘कोभिडसहितका कारणले गत वर्ष हामीले महाधिवेशनसँगै नीति महाधिवेशन गर्न सकेनौं । हामी नीतिगत विषयमा छलफल नगरी सिधै निर्वाचनमा गयौं,’ महतले लोकान्तरसँग भने, ‘बीचमा चुनावसहितका गतिविधिले गर्दा हुन सकेन । केन्द्रीय समितिमा छलफल गरेर एउटा टुंगोमा पुग्छौं ।’

तत्काल गर्ने कि पछि भन्नेमा विवाद

प्रवक्ता महतले तत्काल नै नीति महाधिवेशन गर्न सम्भव नभएको बताए । 

‘पार्टीमा साथीहरूले माग गरे भन्दैमा तत्कालै गरिहालौं भन्ने कुरा सम्भव छैन,’ महतले भने, ‘तर केन्द्रीय समिति बैठकपछि समय हेरेर हामी एउटा टुंगोमा पुग्छौं ।’ 

सत्ता गुमाएकै बेला नेतृत्वको आलोचना र कमजोरीसमेत केलाइने यो महाधिवेशनको पक्षमा तत्काल संस्थापन तयार नभएको उनको भनाइबाट बुझिन्छ ।

तर संस्थापनइतर पक्ष पार्टीलाई कार्यक्रम दिएर अगाडि बढाउने नै नीति महाधिवेशनले भएकाले यसको झन् बढी आवश्यकता भएको बताउँछ । ठूलो पार्टी भएर पनि कांग्रेस केन्द्रदेखि सातवटै प्रदेशमा सत्ताबाट विमुख हुनुका पछाडि पार्टीको नीतिमै कतै विचलन र कमजोरी भएको इतर पक्षको जिकिर छ ।

आफ्नो आदर्श र सिद्धान्त केही पनि नमिल्ने पार्टीसँग चुनावी तालमेलसम्मको कमजोरीलाई केलाउनुपर्ने भएकाले पनि छिटो नीति महाधिवेशन गरेर अगाडि बढ्नुपर्ने पक्षमा उनीहरू छन् । 

‘हामी देशैभर एक्लै लड्न सक्ने पार्टी हौं । तर आवश्यकता भन्दै स्थानीय तहदेखि प्रदेश र संघको चुनावमा पनि चुनावी तालमेल गर्‍यौं । हामीले अलग दलको चिह्नमा भोट हालेर जिताएका साथीहरू अर्को दलको शरणमा पुगेर सरकार बनाइरहेका छन्,’ सहमहामन्त्री परियार भन्छन्, ‘यसैले हाम्रो नीतिमै कमजोरी रहेको देखिन्छ । परिवर्तित दुनियाँमा विचार र बहसलाई समयानुकूल सही दिशामा अगाडि बढाउन पनि यो नीति महाधिवेशन आवश्यक छ ।’ 

गठबन्धनको नीति लिँदा धेरैले चुनावमा टिकट नपाएकाले अन्तर्घात बढेको र चुनावमा झन् कमजोर नतिजा आत्मसात गर्नुपरेको इतर पक्षको आरोप छ । 

पार्टीलाई परिमार्जन र विचारमा बहस गर्दै समायानुकूल सही दिशामा अगाडि बढाउन नीति महधिवेशन आवश्यक भएको उनीहरूको तर्क छ ।  

महमन्त्रीद्वयको दबाब 

नीतिमा देखिएको अलमलकै कारण चुनावी नतिजा कमजोर देखिएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस्तै भइरहे जनतामा विश्वास फर्काउनै गाह्रो पर्ने बताएका छन् ।

‘कांग्रेसमा आज जुन अलमल छ, त्यो रहँदासम्म जनताको विश्वास फर्काउन सकिन्न । पार्टीलाई यो अलमलबाट बाहिर निकाल्नैपर्छ । अहिलेको परिस्थितिलाई शक्तिमा बदलेर पार्टीलाई पुनर्जागृत गर्नैपर्छ । त्यसका लागि अविलम्ब पार्टीको संरचना र संगठन गतिशील तथा चुस्त बनाउनै पर्नेछ,’ मेलमिलाप दिवसको अवसरमा संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले भनेका थिए, ‘विधानतः पार्टीमा बनाउनुपर्ने सबै संरचनाहरू र भ्रातृ तथा सुभेच्छुक संस्थाहरूलाई विधिसम्मत पूर्णता दिने, पार्टीको केन्द्रदेखि टोल समितिसम्म जागरणका कार्यक्रम सञ्चालन गर्ने, विधानबमोजिम गर्नुपर्ने नीति महाधिवेशन गरी पार्टीको नीति, योजना र कार्यक्रम तय गर्ने काम अविलम्ब गर्नुपर्नेछ । यसलाई तदारुकताका साथ अगाडि बढाउने छौं ।’ 

समयमा पार्टीका संरचना पूरा भएर देशभरका नेता कार्यकर्ताले जिम्मेवारी पाएको भए पार्टी झन् क्रियाशील र सक्रिय हुने उनीहरू दाबी छ । यस्तो हुँदा चुनावी परिणाम नै राम्रो हुने अवसरलाई पार्टी नेतृत्वले खेर फालेको आरोपसमेत महामन्त्रीद्वयले लगाउँदै आएका छन् । 

पार्टीमा नीतिगत र वैचारिक सुधारका लागि दबाब दिँदै आएका डा. शेखर कोइरालाले नीति महाधिवेशनले पार्टीलाई धारिलो र प्रस्ट बनाएर लाने बताएका छन् ।

एक साताअघि विराटनगर पुगेर कोइरालाले छिट्टै नीति महाधिवेशन गर्नुपर्ने बताएका छन् । शक्ति आर्जन गरेको पार्टी विपक्षमा बस्नुपर्ने, अल्मलिने जस्ता समस्या नीति र कार्यक्रममा प्रस्ट नहुँदा आएको शेखरको दाबी छ । 

माग विशेष महाधिवेशनको पनि 

गठबन्धन गर्दा पनि चुनावी परिणाम सोचेजस्तो नआएको र सरकार पनि बनाउन नसकेपछि कांग्रेसमा विशेष महाधिवेशनको पनि माग भएको छ । 

खासगरी संस्थापन इतर पक्षले ठूलो दलको रूपमा कांग्रेस उदाए पनि सभापति शेरबहादुर देउवाको हठका कारण केन्द्रदेखि प्रदेशसम्मै शक्तिविहीन बन्नुपरेको आरोप लगाइरहेको छ । 

सबैभन्दा ठूलो पार्टी नै किनारामा पर्नुको कारण सभापतिको कमजोर क्रियाशीलता भएको आरोप उनीहरूको छ । तर पार्टी संस्थापन पक्ष महाधिवेशन भएको एक वर्ष पनि नपुगेको अवस्थामा विशेष महाधिवेशनको कुरा सुन्न पनि तयार छैन ।

‘राजनीतिमा सत्तालाई मात्रै प्राथमिकता दिँदा अहिले कांग्रेस कमजोर जस्तो देखिएको हो । तर तथ्यलाई हेर्ने हो भने सत्तामा कमजोर देखिए पनि हामी शक्तिमा बलियो छौं,’ प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘गत चुनावमा हामी केन्द्रदेखि प्रदेशमा प्रतिपक्षमा पनि कमजोर थियौं । तर आजका दिनमा केन्द्र र चारवटा प्रदेशमा पहिलो शक्तिका रूपमा उदाएका छौं । स्थानीय तहमा पनि हामी पहिलो छौं । यसैले आत्तिएर विशेष महाधिवेशन बोलाउने मात्रै भनेर हुँदैन ।’

कसरी बोलाइन्छ विशेष महाधिवेशन ? 

कांग्रेस विधानको धारा १७ उपधारा २ मा विशेष महाधिवेशन बोलाउने प्रावधानको व्याख्या छ । जसअनुसार केन्द्रीय कार्यसमितिले आवश्यकता ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यले आवश्यक विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ । 

१४ औं महाधिवेशनमा दोस्रो चरणसम्म पुगेको सभापतिको निर्वाचनमा शेखर पक्षले ठ्याक्कै ४० प्रतिशत मत पाएको थियो । यसबीचमा स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा टिकट पाइने आशाले संस्थापन इतरका नेता कार्यकर्ता धेरै संस्थापनमा फर्किएको अनुमान छ । 

पछिल्लो समय मुखैमा आएको सत्ता नै गुमाउनुपरेपछि कांग्रेसमा एकाएक देउवाविरोधी माहोल त बनेको छ, तर पनि केन्द्रीय समिति, संसदीय दल, प्रदेश र जिल्ला कार्यसमितिको संगठनात्मक स्वरूपमा देउवा अझै बलियो अवस्थामा छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x