×

NMB BANK
NIC ASIA

सुदूरपश्चिम विश्वविद्यालयको प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा

पुस २२, २०७९

NTC
Premier Steels

सुदूरपश्चिम विश्वविद्यालयमा प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

Muktinath Bank

विश्वविद्यालयको विज्ञान प्रविधि, इन्जिनीयरिङ र कृषि विज्ञानतर्फ हाल १ हजार २३० विद्यार्थी अध्ययनरत छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टका अनुसार पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । उनका अनुसार शैक्षिकसत्र २०७७/७८ मा प्राविधिकतर्फ ८८६ विद्यार्थी मात्रै भर्ना भएकोमा २०७८/७९ मा १ हजार २३० विद्यार्थी भर्ना भएका थिए ।


Advertisment
Nabil box
Kumari

यसैगरी शैक्षिकसत्र २०७६/७७ मा ६७१ विद्यार्थी भर्ना भएका थिए । पछिल्ला शैक्षिक सत्रमा प्राविधिक विषय बढ्ने विद्यार्थीको संख्या बढ्दै गएको सूचना अधिकारी विष्टले बताए ।

Vianet communication

‘सबै संकायमा सुदूरपश्चिम विश्वविद्यालयमा हरेक वर्ष विद्यार्थीको संख्या बढ्दै गएको छ, विशेषगरी प्राविधिक विषय पढ्न आउने धेरै छन्,’ उनले भने, ‘अहिले विश्वविद्यालयमा १७ हजार २३८ विद्यार्थी अध्ययनरत छन् ।’ 

सुदूरपश्चिम विश्वविद्यालय आङ्गिक क्याम्पसका हिसाबले नेपालको दोस्रो ठूलो विश्वविद्यालय हो । हाल सुदूरपश्चिमका १६ आङ्गिक क्याम्पस यसमा आवद्ध छन् । विश्वविद्यालयका उपकूलपति अम्मराज जोशीले विद्यार्थीको चाप बढेको बताए । उनका अनुसार विज्ञान प्रविधि, इन्जिनीयरिङ, कृषि विज्ञान, व्यवस्थापन र कानून संकायमा विद्यार्थीको अत्यधिक चाप छ । 

‘विज्ञान, कृषि प्रविधि, इन्जिनीयरिङ र व्यवस्थापन संकायमा निश्चित विद्यार्धी मात्रै भर्ना लिन्र्छौं, व्यवस्थापनमा ९० र विज्ञान/कृषि प्रविधिमा ११० जनालाई मात्र भर्ना गर्छाैं,’ उनले भने, ‘यी विषयमा भर्ना हुनका लागि हरेक वर्ष ४००–५०० विद्यार्थीले आवेदन दिने गरेका छन् ।’

आवेदन दिएका विद्यार्थीमध्ये प्रवेश परीक्षामा छनोटमा पर्ने विद्यार्थीले मात्रै अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । 

गत शैक्षिक सत्रदेखि विश्वविद्यालयले कानून संकाय समेत सञ्चालन गरेपछि कानूनतर्फ विद्यार्थीको चाप बढेको छ । ‘कैलाली र केन्द्रीय क्याम्पस महेन्द्रनगरमा विद्यार्थीको बढी चाप छ,’ उपकूलपति जोशीले भने, ‘विद्यार्थीले रोजगारीको सुनिश्चितता खोज्ने भएकाले पनि प्राविधिक विषय पढ्नेको संख्या बढेको हो ।’

हाल विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकायमा ३ हजार ६५२, शिक्षाशास्त्र संकायमा ५ हजार ८०६, व्यवस्थापन संकायमा ६ हजार ३१८, विज्ञान प्रविधितर्फ ५००, इन्जिनीयरिङतर्फ ३२७, कृषि विज्ञानतर्फ ४०३ र कानून संकायमा २३२ गरी जम्मा १७ हजार २३८ विद्यार्थी अध्ययनरत छन् ।

सुदूरपश्चिम विश्वविद्यालय उपप्राध्यापक दीपकचन्द्र भट्टले पछिल्ला शैक्षिकसत्रमा विश्विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको बताए । ‘प्राविधिक शिक्षाको माग बढी भएकाले यो वियषतर्फ विद्यार्थी आकर्षित हुने गरेका छन्,’ उनले भने, ‘विश्वविद्यालयमा विषय विज्ञ थपिँदै जानु र विश्वविद्यालयप्रतिको जनविश्वास बढ्नुले पनि हरेक वर्ष विद्यार्थीको चाप बढिरहेको छ ।’

विक्रम संवत् २०६७ सालमा नेपाल सरकारको लगानीमा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भए पनि २०६९ सालमा महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयले हाल प्रदेशका ९ वटा जिल्लामा १५ क्याम्पसबाट उच्च शिक्षा प्रदान गर्दै आएको छ । 

स्नातक तहमा २२ र स्नाकोत्तर तहमा १० शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । गत शैक्षिकसत्रदेखि स्वास्थ्य विज्ञान संकाय तथा कानून संकाय पनि सञ्चालनमा ल्याएको छ । त्यसैगरी मानविकी तथा समाजिकशास्त्र तथा व्यवस्थापन संकायमा एमफिल र पीएचडी कार्यक्रममा विश्वविद्यालयमा सञ्चालनमा छ । – महादेव अवस्थी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x