×

NMB BANK
NIC ASIA

फर्किँदै कांग्रेसको मन

राजनीतिको नयाँ विकासक्रम : प्रचण्डलाई कांग्रेसले पनि दिन खोजेको हो विश्वासको मत ?

पुस २५, २०७९

NTC
Premier Steels

आफूहरूलाई धोका दिएर प्रधानमन्त्रीमा समर्थन खोज्न एमाले अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुगेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुष्ट बनेको नेपाली कांग्रेसको मन १५ दिनमै माओवादीतर्फ फर्किन सक्ने संकेत देखिएको छ ।

Muktinath Bank

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि मंगलवार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक तय भएको छ । त्यसअघि बिहान ९ बजे संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बस्दैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही बैठकबाट कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने वा नदिने सम्बन्धमा निर्णय लिने तयारी गरेको छ ।


Advertisment
Nabil box
Kumari

एमाले नेतृत्वमा रहेको वामपन्थी गठबन्धन भत्काउने ‘मिसन’अन्तर्गत कांग्रेसले प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिने गरी छलफल अगाडि बढाएको स्रोतको दाबी छ ।

Vianet communication

पुस ११ गते प्रधानमन्त्री प्रचण्डको शपथमा उपस्थिति जनाएर हिँडेका कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकमा केही निर्णय गरेनन् । 

पार्टीमा विरोध हुनसक्ने भएकाले चलाखी गर्दै देउवाले प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा केहीबेर अघि मात्र संसदीय दलको बैठक राखे । शनिवारको संसदीय दलको बैठकमा कसैलाई बोल्न नदिएर देउवाले विरोधको माहोल तयार हुन दिएका थिएनन् ।

राजनीतिक चतुर्‍याइँको अभावमा देउवाले सत्ता गुमाएको भन्दै पार्टीभित्र चर्को आलोचना भएको थियो । देउवाले ‘वी विल ब्याक अगेन’ भनेर निकटस्थलाई भन्ने गरेका छन् ।

पाएसम्म राष्ट्रपतिमा दाबी, नत्र यत्तिकै समर्थन !

एमाले–माओवादी गठबन्धन बनेसँगै रन्थनिएका कांग्रेस नेताहरूले सहमतिको सरकार गठनको कुरा गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतीय सरकार गठन गरेर राष्ट्रपति कांग्रेसले लिनुपर्ने बताउँदै आएका छन् । 

देउवा क्याम्पकै कतिपय नेताहरूले प्रचण्डलाई विश्वासको मत दिनुपर्ने वकालत गरिरहेका छन् ।

‘प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेर कांग्रेसले सत्ता साझेदारी गर्नुपर्छ भन्ने मत पार्टीभित्र बलियो छ,’ कांग्रेसका ती नेताले भने, ‘प्रचण्डबाट केही प्रतिबद्धता लिएर विश्वासको मत दिने तयारी छ ।’ 

महामन्त्री गगन थापालगायत केही नेताले विश्वासको मतको विपक्षमा मतदान गरेर कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने धारणा राख्दै आएका छन् । संसदीय दलमा भारी बहुमतमा रहेका देउवाले जुनसुकै निर्णय लिए पनि दलीय ह्वीपका कारण गगनहरूले यताउता गर्न सक्ने अवस्था भने रहँदैन ।

सोमवार नै संसद्बाट बाहिरिने क्रममा प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क मात्र नभई सिंगो हाउसको समर्थन पाउने विश्वास व्यक्त गरेका थिए । १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

कांग्रेसको ८९ र नेकपा एसको १० सा‌ंसदको पनि सरकारलाई समर्थन रहने संकेत प्रचण्डले संसदीय दलको बैठकमा समेत दिएका थिए । कांग्रेससँग विश्वासको मत माग्न प्रचण्डले केही दिनअघि पार्टी उपमहासचिव जनार्दन शर्मालाई देउवाकोमा पठाएका थिए ।

कतिपय शक्तिकेन्द्रले राष्ट्रपतिमा गैरकम्युनिस्ट उम्मेदवार अगाडि सार्ने गृहकार्य र लबिङ गरिरहेका छन् । 

‘संसदको पहिलो दलले राष्ट्रपति पाउनु स्वाभाविक हुन्छ, त्यसका लागि सरकारलाई समर्थन गरेर जाने बहस चलेको हो,’ कांग्रेसका एक नेताले भने, ‘मैले बनाएको सरकार भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको घमण्ड तोड्नका लागि पनि समर्थन दिनुपर्छ भन्ने पक्षमा साथीहरू हुनुहुन्छ ।’

प्रधानमन्त्री फेरिए पनि राष्ट्रपतिको कार्यकाल पाँच वर्ष रहने भएकाले कांग्रेसले यो पद गुमाउन चाहेको छैन । आफूले नपाए पनि एमालेसँग नजाओस् र कुनै स्वतन्त्र व्यक्ति राष्ट्रपति बनोस् भन्ने उसको मनसाय देखिएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा हावी भएर प्रचण्डलाई ‘पपेड’ जस्तो बनाउन खोजेको विश्लेषण कांग्रेसका नेताहरूले गर्न थालेका छन् । सोही कारण केही नपाए पनि अहिलेदेखि नै प्रचण्डलाई समर्थन दिएर ओलीमाथि दबाब कायम राख्नुपर्ने ती नेताहरूको तर्क छ ।

‘एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकार जबरजस्ती नेपालीले बनाएको भनेर प्रचार गरिराख्नुभएको छ, यसले प्रचण्ड स्वयंलाई अप्ठ्यारो परेको हुनुपर्छ,’ कांग्रेसका ती नेताले भने, ‘ओलीजीको अभिव्यक्तिले शक्तिकेन्द्रहरू समेत चिढिएको हामीले महसूस गरेका छौं । हामीले प्रचण्डलाई आड भरोसा दिनुपर्छ भन्ने कांग्रेसको धारणा हो ।’

अहिले प्रचण्डलाई समर्थन गरे भविष्यमा माओवादीलाई आफ्नो कित्तामा तान्न सकिने कांग्रेस संस्थापनको बुझाइ छ । संस्थापनइतर पक्ष पनि एमाले-माओवादी सहकार्य लामो समयसम्म नजाने विश्वास गर्छ ।

सोमवार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा कांग्रेस महामन्त्री गगन थापाले पहिलो दिनको बैठकमै केपी ओली र प्रचण्डबीच विग्रहको संकेत देखिएको टिप्पणी गरेका थिए । 

भोलि ९ बजेपछि निर्णय हुन्छः महत

नेपाली कांग्रेसका प्रवक्ता एवं सभापति शेरबहादुर देउवाका विश्वासपात्र डा. प्रकाशशरण महतले प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने सम्बन्धमा भोलि बिहानको बैठकबाट निर्णय लिइने बताए ।

‘हामीबाट अलग भएर प्रचण्डजीले सरकार बनाउनुभएको छ । हामीले मत नदिए पनि उहाँहरूलाई सरकारमा समर्थन पुगेकै छ । तर सहमति भएर जाने परिस्थिति बन्यो भने सँगै जान पनि सकिन्छ,’ महतले सोमवार साँझ लोकान्तरसँग भने, ‘तर पनि हामी अन्तिम निर्णय भोलि बिहान ९ बजे बस्ने संसदीय दलको बैठकबाट नै गर्छौं । 

कांग्रेसले राष्ट्रपति वा प्रधानमन्त्री पाउने अवस्थामा विश्वासको मत दिन सकिने उनको संकेत छ ।

प्रतिनिधिसभाको पहिलो बैठक सकिएपछि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सह–महामन्त्री बद्री पाण्डे, प्रवक्ता डा. प्रकाशशरण महत तथा राजेन्द्र केसी, रामहरि खतिवडासहितका सांसद संसद् भवनस्थित दलको नेताको कार्यकक्षमा जुटेका थिए । 

‘सभापति हिँडेपछि हामी उहाँकै कार्यकक्षमा बस्यौं, विश्वासको मत दिने कुरा के हो भनेर,’ त्यहाँ सहभागी एक नेताले लोकान्तरसँग भने, ‘राष्ट्रपति वा अरू ठूला पद पाइन्छ भने विश्वासको मत दिएर जान सकिन्छ, होइन भने प्रतिपक्षमा नै बस्नुपर्छ भन्ने छ । औपचारिक निर्णय भोलि बिहानै हुने जानकारी आएको छ ।’

यस विषयमा सभापति देउवाले पनि आफू निकटस्थसँग निरन्तर संवाद गरिरहेको ती सांसदले जानकारी दिए । शेखर निकट एक पदाधिकारी अहिलेसम्म विश्वासको मतको विपक्षमा मतदान गर्ने भन्ने भए पनि अन्तिम समयमा बैठक डाक्नु र सभापतिले निरन्तर संवाद गर्नुले केही नयाँ हुन सक्ने संकेत मिलेको स्वीकारे । 

‘स्वाभाविक र सिधा हेर्दा कांग्रेसले विपक्षमा मतदान गर्ने नै हो । सोमवारको बैठकमा पनि हामी प्रतिपक्षी कित्तामा बसिसकेका छौं,’ ती नेता भन्छन्, ‘अहिलेसम्म निर्णय नगर्नु, अन्तिम आवरमा दलको बैठक राख्नु र सभापतिले निरन्तर छलफल अघि बढाउनुमा केही संकेत चाहिँ हुनसक्छ ।’

शेखर निकटका ती नेताका अनुसार डा. शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग पनि देउवा निरन्तर छलफलमा छन् । 

‘विश्वासको मतको विषयमा सभापतिजीले शेखर दाइ र महामन्त्रीद्वयसँग पनि निरन्तर छलफल गरिरहेको सूचना पाएका छौं,’ ती पदाधिकारी भन्छन्, ‘नयाँ निर्णयको सम्भावना समेत रहेकाले संसदीय दलको बैठकअघि जुनसुकै बेला पदाधिकारी बैठक बस्न सक्छ भन्ने छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x