×

NIC ASIA

कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध छ : राष्ट्रपति

पुस २६, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताएकी छन् ।

Muktinath Bank

कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्त रूपमा मंगलवार आयोजना गरेको ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’को उद्घाटन गर्दै उनले आधुनिक, भौतिक र पूर्वाधार विकासका दृष्टिले कर्णाली पछि परे पनि सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली कला, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले स्रष्टालाई सम्मान गरेकोमा आफूलाई खुशी लागेको समेत उनले बताइन् । गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गरी कर्णालीमा रहेको प्राकृतिक स्रोत र साधन सदुपयोग गर्नसके सामाजिक तथा आर्थिक रूपमा समेत कर्णाली क्षेत्रलाई माथि उठाउन सकिने उनको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति भण्डारीले प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिमा आधारित पर्यटन प्रवर्द्धनको ठोस योजना तथा कार्यक्रम अगाडि सारेर यसको कार्यान्वयन गर्न सके आर्थिक विकासमा फड्को मार्न सकिने धारणा व्यक्त गरिन् । उनले कर्णाली क्षेत्रले समग्र नेपालको कला र संस्कृतिमा पुर्‍याएको योगदानलाई आजको यस कार्यक्रमले उजागर गर्न मद्दत पुर्‍याएको बताइन् ।

Vianet communication

‘आजको यस कार्यक्रमले हाम्रो मौलिक कला, संगीत र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनका लागि कलाकार तथा स्रष्टाहरूलाई उत्साहित बनाउँदै अग्रसर हुन थप प्रेरणा प्रदान गर्न सहयोग मिल्ने विश्वास गर्दछु,’ उनले भनिन् ।

उनले कर्णालीको सिञ्जा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थलका रूपमा मानिएको भन्दै संस्कृतिविद् सत्यमोहन जोशीको संलग्नतामा कर्णाली क्षेत्रको समाज, जीवन र संस्कृति समेतको अध्ययनमा कर्णालीको लोक संस्कृति प्रकाशनमा आएपछि यस क्षेत्रको विशिष्टताबारे थप परिचित हुने मौका मिलेको बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x