×

NMB BANK
NIC ASIA

टाइगर कप : महिलातर्फको उपाधिका लागि एपिएफ र आर्मी भिड्ने

माघ १२, २०७९

NTC
Premier Steels

पोखरामा जारी तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि सशत्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । पोखरा रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले फाइनलमा स्थान पक्का बनाएको हो । २५–१३, २५–१७ र २५–२१ ले गण्डकी एपिएफसामु स्तब्ध बनेको थियो ।

Muktinath Bank

यस्तै दोस्रो सेमिफाइनल खेलमा होङ्गान्जी न्यू डायमण्ड युथ स्पोट्र्स क्लबलाई ३–१ ले हराउँदै त्रिभुवन आर्मी क्लबले फाइनलको यात्रा तय गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएको आर्मी २५–१३, २५–२२ र २५–१२ ले विजयी हुँदै फाइनलमा पुगेको हो । तृतीय स्थानका लागि गण्डकी प्रदेश र होङ्गान्जी न्यू डायमण्ड युथ स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । आइतबारदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत पुरुषतर्फका सेमिफाइनल खेल शुक्रबार हुनेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो खेल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । दोस्रो खेलमा फाइनलका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने जनाइएको छ । प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता छ । महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, एपिएफ क्लब र  न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता छ । पुरुषतर्फ श्रीलङ्काको एसटी जोसेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र गण्डकी प्रदेशले सहभागिता जनाएको छ । 


Advertisment
Nabil box
Kumari

टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित उक्त प्रतियोगिताको महिला र पुरुष दुवैतर्फ उपाधि विजेतालाई रु पाँच–पाँच लाख, उपविजेतालाई समान रु दुई लाख ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितमा तेस्रो हुनेलाई नगद रु एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिनेछ । महिला र पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीलाई जनही रु २५ हजार र विधागतरूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु १० हजार र ट्रफीसहित सम्मान गरिनेछ । महिला र पुरुष दुवैतर्फको फाइनल खेल शनिबार हुने आयोजक संस्थाका सचिव डिबी नेपालीले जानकारी दिनुभयो । गत वर्ष भएको दोस्रो संस्करणको उक्त प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपिएफले जितेको थियो । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x