×

NMB BANK
NIC ASIA

परस्पर बाझिएको नीति

वालेटमा राष्ट्र बैंकको दोहोरो नीति: एकातिर संख्या घटाउन मर्जर, अर्कातिर नयाँलाई अनुमति

माघ २०, २०७९

NTC
Premier Steels

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (मोबाइल वालेट)हरूका सम्बन्धमा दोहोरो नीति लिइरहेको छ । 

Muktinath Bank

एकातर्फ वालेटको संख्या धेरै भयो भनेर मर्जरलाई प्रोत्साहन गर्ने, अर्कातर्फ नयाँलाई अनुमति खुला गर्ने काम राष्ट्र बैंकले गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय बैंकले ३ वर्ष अगाडि आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिबाट वालेटको अनुमति बन्द गरेको थियो । 


Advertisment
Nabil box
Kumari

नयाँलाई अनुमति बन्दसँगै ३ लाख ग्राहक संख्या नपुर्‍याउने र मासिक कारोवार ६ लाख नभएका वालेटको इजाजतपत्र नै खारेज गर्ने व्यवस्थासमेत गरिएको थियो । 

Vianet communication

केन्द्रीय बैंकले कोभिड–१९ महामारीको अवस्थालाई दृष्टिगत गरेर ग्राहक संख्याको समयसीमा २०७९ असारसम्मलाई थप गरिदिएको थियो ।

वालेटको विषयमा थप अनुगमन भएन । केन्द्रीय बैंकले ल्याएकै नीतिको पालना नै गरेन भने चालू आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त ग्राहक संख्या र कारोवारको विषयमा उल्लेख नै गरेन । 

चालू आवको मौद्रिक नीतिमा वालेटहरूलाई प्रोत्साहन गर्ने र एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने व्यवस्था गरिने उल्लेख गरेको छ । 

केन्द्रीय बैंकले नै एकातर्फ वालेटको संख्या घटाउने नीतिअनुसार मर्जर गर्ने व्यवस्था गरेको छ भने अर्कातर्फ २१ पुसमा ९० दिनको समय दिएर नयाँ वालेटलहरूलाई अनुमति दिने निर्णय गरेको छ ।

केन्द्रीय बैंकले नयाँ वालेटहरूलाई अनुमति दिन ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति २०७९’ समेत जारी गरेको छ । यसबाट केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायक (वालेट) र भुक्तानी प्रणाली सञ्चालकलाईसमेत अनुमति दिने भएको छ । 

हाल २७ वटा वालेटले अनुमति पाएका छन् । यसमध्ये मुस्किलले ५ वटा भन्दा बढीको ३ लाख ग्राहक संख्या पुगेको छैन । 

केन्द्रीय बैंकले असार २०७३ देखि चैत २०७७ सम्ममा यी वालेटलाई अनुमति दिएको छ । हालसम्म अनुमति पाउने वालेटमा इसेवा, खल्ती, आइएमइ पे र प्रभु पेको मात्रै बजारमा उपस्थिति देखिन्छ । बाँकी वालेटहरू न चल्न सकेका छन्, न त केन्द्रीय बैंकले आफैंले जारी गरेको नियम लागू गरेर कडाइ गर्न सकेको छ । 

केन्द्रीय बैंकले वालेटको बजार अनुसन्धान नगरी अनुमति खोल्नुलाई विश्लेषकहरू स्वार्थको खेलका रूपमा अथ्र्याउँछन् ।

राष्ट्र बैंककै तथ्यांकअनुसार आव २०७९/८० को पहिलो ५ महिना (मंसिरसम्ममा) वालेटको प्रयोगकर्ता १ करोड ५५ लाख पुगेका छन् । यसबाट मासिक कारोवार १७ अर्ब रुपैयाँ हुन थालेको छ । यस्तो कारोवार गर्ने वालेटहरूमा सबैभन्दा बढी हिस्सा इसेवाको छ । इसेवाले कुल कारोबारकै ६० प्रतिशत बजार हिस्सा ओगट्न थालिसकेको छ भने बाँकी अरू वालेटको छ । 

अहिलेसम्म डाउनलोड भएको वालेटको संख्याकै हिसबले पनि इसेवाको ५० लाखभन्दा माथि, आइएमई पे र खल्तीको १० लाखभन्दा बढी, प्रभु पे र मोरुको ५ लाख भन्दा बढी डाउनलोड भएको छ । सरकारी स्वामित्वको नमस्ते पे र सेलपेको १ लाखभन्दा बढी एप डाउनलोड भएको छ । यो तथ्यांकका हिसाबले ग्राहक संख्या बढाउन नसकेर र बजार विस्तार गर्न नसकेर हैरान भएका वालेटलाई प्रोत्साहन गर्नुको साटो राष्ट्र बैंकले थप अनुमति प्रदान गर्दैछ ।

मोबाइल बैंकिङ भर्सेस वालेट 

पछिल्लो समय हरेक बैंकिङ ग्राहकको रोजाइमा मोबाइल बैंकिङ पर्न थालेको छ । मोबाइल बैंकिङको सहज प्रयोग, बैंकहरूले डिजिटल भुक्तानीमा गरेको प्रबद्र्धन, युटिलीटिको पेमेन्टमा दिएको सहजताले वालेटले गर्ने काम मोबाइल बैंकिङबाटै हुन थालेको छ । 

मोबाइल बैंकिङ थप सहज र सरल भएकाले वालेटको भविष्य नै अन्यलोमा पर्न गएका बेला थप वालेटको अनुमति नै आवश्यक नभएको सेलम्याक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय आचार्यले बताए । उनका अनुसार चाहिनेभन्दा बढीलाई अनुमति दिएर न्यूनतम ग्राहक संख्या तोकिनु नै गलत हो ।

अहिले नै २७ वटा वालेट छन्, अझै थप्नुको कुनै औचित्य नभएको उनको तर्क छ । सामान्यतया एउटा ग्राहकले एउटको सेवा प्रयोग गरिसकेपछि अर्कोमा जान चाहँदैनन् । अहिले वालेटको हकमा ग्राहकले २ वटासम्मलाई स्वीकार गरेका पनि छन् । एउटै ग्राहकले धेरै वालेट प्रयोग गर्ने भन्ने हुँदैन, त्यसैले वालेट धेरै हुँदैमा सबैको प्रयोग समान नै हुन्छ भन्ने छैन ।

युरोपेली देशबाट हराइसकेको मोबाइल वालेट नेपालमा डिजिटल भुक्तानी भित्र्याउने शुरूआति चरणमा राम्रो देखिएको थियो । अहिले भने मोबाइल बैंकिङले वालेटको महत्त्व घटाइदिएको छ ।

ग्राहक पनि जता लाभ हुन्छ, उतै लाग्ने गर्छन् । वालेटमा राखेको पैसाको ब्याज नआउने, वालेटमा २५ हजारभन्दा बढी पैसा राख्न नमिल्ने, कारोवार पनि सीमित हुने भएकाले वालेट विस्तारै कम हुँदै गएको देखिएको छ । वालेटको तुलनामा मोबाइल बैंकिङ नै बढी प्रयोगमा आइरहेको देखिएको छ । 

केन्द्रीय बैंककै तथ्यांकअनुसार नेपालमा मोबाइल बैंकिङका प्रयोगकर्ता १ करोड ९७ लाख पुगिसकेका छन् । यी प्रयोगकर्ताबाट मासिक कारोवार नै १ खर्ब ६० अर्ब रुपैयाँ पुगिसकेको छ ।

वालेटको तुलनामा मोबाइल बैंकिङका प्रयोगकर्ता सक्रिय समेत छन् । वालेटमा एकपटक डाउनलोड गरेका ग्राहकले पनि नियमित प्रयोगमा नल्याउने अवस्था छ ।

मोबाइल बैंकिङ वालेटको तुलनामा बढी प्रयोगमा आइरहेको छ ।

वालेटले दिने युटिलिटी पे, टपअपसहितको सुविधा मोबाइल बैंकिङबाटै हुन थालेकाले विस्तारै वालेटको भविष्य नै जोखिममा पर्दै जाने बुझाइ स्वतन्त्र विश्लेषक आचार्यको छ ।

वालेटको इजाजत लिएर बस्ने र लाइसेन्स होल्ड मात्रै गर्ने प्रवृत्ति देखिएको छ । लाइसेन्स लिएर बिक्री गर्न सकिन्छ कि भनेर अनुमति लिनेदेखि सञ्चालन गर्न नसके अलपत्र पर्ने पनि प्रशस्तै छन् । 

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल भने केन्द्रीय बैंकको मर्जरसम्बन्धी नीति संशोधन नभएको बताउँछन् । 

उनले भने ‘अहिले भएका वालेट अस्तित्वमा नै रहन्छन् । बजारमा प्रतिस्पर्धा बढाउन नयाँलाई अनुमति दिन लागिएको हो ।’ 

बैंकको जस्तो निक्षेप र कर्जा प्रवाह गर्ने काम वालेटको नहुने र केबल गेटवे मात्रै भएकाले पनि थप वालेटलाई अनुमति दिँदा केही नबिग्रने तर्क केन्द्रीय बैंकका प्रवक्ता पोखरेलले गरे । बजारमा प्रतिस्पर्धा गर्न सक्ने कम्पनी टिक्ने र नसक्ने कम्पनी बाहिरिने बुझाइ उनको छ । 

अहिलेसम्म कुनै कम्पनी मर्जरको प्रक्रियामा पनि नआएको, क्राइटएयरिया पुर्‍याएर मर्ज हुन्छु भनेर आउने कम्पनीलाई नरोकिएको तथा नयाँ प्रविधिको प्रयोग गर्दै आउने कम्पनीलाई पनि रोक्न नचाहेको पोखरेलले बताए । कुन वालेटको ग्राहक संख्या कति र कारोवार रकम कति भयो भन्ने विषयमा भने केन्द्रीय बैंकले तथ्यांक दिन चाहेन । 

ग्राहक संख्या कम हुनेको इजाजत रद्द गर्ने पनि भन्ने तर कसको कति ग्राहक छन् भन्ने विषयमा थप अध्ययन नै नगरी इजाजत खुला गर्ने काम भएको छ । केन्द्रीय बैंकले भएकै वालेको वस्तुस्थिति मूल्यांकन नगरी नयाँलाई अनुमति खुला गर्नु व्यावहारिक देखिएको छैन ।

हेर्नुहोस्, सञ्चालनमा रहेका वालेट :


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x