×

NIC ASIA

नेकपा एसमा विवाद

माधव नेपाललाई चुनौती दिँदै मुकुन्द न्यौपानेको ३३ बुँदे फरक मत [पूर्णपाठ]

एमालेसहितको बृहत् कम्युनिष्ट एकता गर्नुपर्ने प्रस्ताव

माघ २२, २०७९

Prabhu Bank
NTC
Premier Steels

शनिबारदेखि शुरु नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकमा नेता मुकुन्द न्यौपानेले ३३ बुँदे फरक मत दर्ज गराएका छन् ।

Muktinath Bank

अध्यक्ष माधव कुमार नेपालको २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनबीच न्यौपानेले फरक मत दर्ज गराएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो फरक मतमा न्यौपानेले एमालेसहितको बृहत् कम्युनिष्ट एकतामा जोड दिँदै ‘एक देश–एक कम्युनिस्ट पार्टी आजको आवश्यकता’ भएको उल्लेख गरेका छन् ।


Advertisment
Nabil box
Kumari

‘संकटपूर्ण घडीमा हाम्रो पार्टीको नेतृत्वले राजनीतिक स्थायित्वका लागि, आर्थिक अवस्थालाई समाजवाद उन्मुख दिशामा लान र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा, विकास गर्न मूर्त र ठोस ढंगको राजनीतिक कार्यदिशा र मुख्य कार्यभारलाई आत्मसात गर्न जरुरी छ’, उनको फरक मतमा भनिएको छ, ‘आजको मुख्य कार्यभार एक देश–एक कम्युनिष्ट पार्टी निर्माण हो । नेकपा (एमाले) सहितको बृहत् कम्युनिष्ट एकता हो । यो कार्यभारलाई चालु केन्द्रीय कमिटीको बैठकबाट पारित गरि अघि बढ्नु पर्दछ ।’

Vianet communication

उनले मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा जनताले पार्टीलाई स्वीकार नगरेको उल्लेख गर्दै संविधानको प्रावधान अनुसार थ्रेसहोल्डसम्म जोगाउन नसकेको फरक मतमा बताएका छन् ।

‘जनताले हामीले गरेको विद्रोहलाई स्वीकार गरेनन् । एउटा कम्युनिष्ट पार्टीले आफूलाई जनताको इच्छा र आकांक्षाअनुसार चलाउनुपर्छ’, उनको भनाइ छ, ‘यदि जनताको आवश्यकता र इच्छाअनुसार चल्न सकेनौं भने हामी असफल हुने छौं । आफ्नो कमी कमजोरीहरूलाई आत्मसात गरी सच्याउँदै अघि बढ्ने, असफलताबाट शिक्षा लिई ठोस परिस्थितिको ठोस विश्लेषण गर्न जरुरी छ ।’ 

उनले आफ्नो फरकमतमा बुँदागत रूपमा एकीकृत समाजवादीभित्र विचार, राजनीति र संगठन निर्माणका सन्दर्भमा देखापरेका समस्या पनि उल्लेख गरेका छन् । 

सुदृढ र वैचारिक रुपले स्पष्ट पार्टी निर्माणविना सामाज रूपान्तरणको कुरा बनावटी मात्रै हुने, हरेक कमिटीमा युवाको प्रतिनिधित्व ५० प्रतिशत हुनुपर्ने, परिवर्तनको आन्दोलनलाई जनताको जीवनमा समृद्धिको उचाइमा पुर्‍याउन संगठनलाई परिचालन गरिनुपर्ने उनको धारणा राखेका छन् ।

यसैगरी विचार, व्यवहार, संगठन र आचरणको शुद्धीकरण हुनुपर्नेमा पनि उनले जोड दिएका छन्। आफ्नो गल्ती–कमजोरी नदेख्ने, अर्काको कमजोरीमात्र खोजी हिँड्ने, आफ्नो कमजोरी, गल्ती ढाकछोप गर्न अनेक तानावाना बुन्ने शैलीतर्फ पार्टी उन्मुख भएको उनको भनाइ छ ।

यसबाहेक असल बानी-आदत, शालिन, अध्ययनशील, सत्य कुरा बोल्ने र निष्ठावानहरूलाई पाखा लगाउँदै जाने, पैसा पद प्राप्तिका झुटा तानाबाना बुनेर गलत सूचना प्रवाह गर्ने चाप्लुसबाजहरुको बहकावमा नेतृत्व फस्दै जाने अवस्थाबाट पार्टीलाई मुक्त गरिनुपर्ने समेत उनको धारणा छ ।

यसैगरी पार्टी संगठनदेखि जनसंगठनसम्म अस्वस्थ गुटबन्दी फैलिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘जालझेल षडयन्त्र, छलछाम, कोठे बैठक, संस्थालाई बाइपास गरेर आफ्नो हितका निजी योजना लागु गराउन प्रयत्न गर्ने जस्ता तल्लोस्तरका निम्न पुँजीवादी चिन्तनशैली हरेक तहमा हुर्कँदै गएको देखिन्छ ।’

खराब चिन्तन र पद्धति सच्याउन पार्टीभित्र शुद्धीकरण र सुदृढीकरणको आवश्यकता रहेको उल्लेख गर्दै उनले फरक मतमा भनेका छन्, ‘पार्टी भनेको जनताका लागि हुनुपर्छ, देशका लागि हुनुपर्छ । पार्टी संगठन साध्य होइन, साधन हो । साधन राम्रो बनाउन र राम्रो चलाउन राम्रा नेता र राम्रा कार्यकर्ताको पंक्ति चाहिन्छ । हरेक कुरा जनताको लागी जनताकै इच्छामा हुनुपर्छ । यसका लागि नेताहरुले आफूलाई रुपान्तरण गर्नुपर्छ । ‘पहिले माथिकालाई, मलाई र बाँकी तलकालाई’ भन्ने महन्त आचरणबाट नेता मुक्त हुनुपर्छ । कार्यकर्ताहरु पनि आजको शैली र आचरणबाट मुक्त हुनुपर्छ, उसले देश र जनताका लागि आफूलाई समर्पित गर्नुपर्छ । यसरी मात्र सिङ्गो पार्टीलाई जनताको पार्टीमा बदल्न सकिन्छ ।’

पार्टीका तमाम समस्याको समाधानका उपायहरु खोजेर अघि बढिनुपर्नेमा जोड दिँदै उनले नेतृत्व गम्भीर परीक्षाको घडीमा रहेको समेत उल्लेख गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x