×

NMB BANK
NIC ASIA

तस्करीको जालो

सुन तस्करी र हुन्डीको भारु 'कनेक्सन' : सीमा क्षेत्रमा भारतीय पैसा 'फालाफाल' !

फागुन १, २०७९

NTC
Premier Steels

नेपाल–भारत सीमामा भारतीय रुपैयाँ स्थिर मूल्यभन्दा सस्तोमा पाइन थालेको छ ।

Muktinath Bank

सीमा नाकाहरूमा अहिले भारु प्रति १०० रुपैयाँको १५० रुपैयाँसम्ममा साट्न पाइन्छ । जबकि भारुको स्थिर दर १०० बराबर नेपाली रुपैयाँ १६० हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, अनौपचारिक बजारमा आजकल भारु सस्तो भएको छ । 


Advertisment
Nabil box
Kumari

सीमा क्षेत्रमा काम गर्ने एक व्यापारीले लोकान्तरसँग भने, ‘अहिले भारु सस्तिएको छ । १५०/५५ मा सहजै पाइन्छ । पहिला हामीले व्यापार गर्दा १६५ सम्म तिरेका थियौं । पछिल्लो केही सातायता किन सस्तो भयो भन्ने थाहा छैन ।’

Vianet communication

त्यसको पुष्टि सीमा नाकामा खटिएका एक प्रहरी अधिकारीले गरे । 

‘अहिले भारु सस्तो भएको भनेर स्थानीयहरूले भनेको सुनेका छौं,’ ती अधिकारीले लोकान्तरसँग भने । 

अनौपचारिक बजारमा भारु किन सस्तो भयो भन्ने जान्न केही दिनअघि प्रहरीले शृंखलाबद्ध रूपमा बरामद गरेको सुन र नेपाली रुपैयाँसँग जोडेर हेर्नुपर्ने हुन्छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माघ १९ गते राति १० बजे कपिलवस्तु नगरपालिका– २ जमुवारपुलबाट २१ लाखभन्दा बढी भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको थियो ।

यूपी ५५ एएम ०४५९ नम्बरको ह्युन्डाइ भेन्यू गाडीको सिटमुनि फल्स बटम बनाएर ल्याएको अवस्थामा भारतीय ५ सय दरका ४ हजार थान र १ हजार दरका ३६ थान भारतीय नोट बरामद भएको थियो । साथै गाडीमा सवार राकेशकुमार बर्माको साथबाट ५ सयका २०७ थान नोट पनि बरामद भएको थियो । 

त्यसक्रममा प्रहरीले भारतको सिद्धार्थनगर तेतरी बजार अनुपनगरका २८ वर्षीय हमिद मुसलमान, कपिलवस्तुको शुद्धोधन गाउँपालिका– ६ विमिहाका ३५ वर्षीय राजेश कुमार बर्मा र २६ वर्षीय राकेश कुमार बर्मालाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूलाई पैसा बोकेको भन्ने शंकाका आधारमा हैन, सुन तस्करीमा संलग्न रहेको भन्ने सूचनाका आधारमा चेकजाँच गरेको थियो ।

‘सुन बोक्ने गिरोह हुन् भन्ने सूचना हामीलाई आएको थियो । त्यसैका आधारमा उनीहरूलाई निगरानीमा राखेका थियौं । त्यो दिन पनि सुन नै बरामद हुन्छ भन्ने हाम्रो विश्वास थियो तर उनीहरूले सुन भारत पुर्‍याइसकेको जस्तो देखियो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए । 

प्रहरी स्रोतका अनुसार उनीहरू सुन भारत पुर्‍याएबापत पाएको ज्याला बोकेर नेपाल फर्किएका थिए । त्यसरी ज्यालामा प्राप्त भारतीय रूपैयाँ उनीहरूले नेपालको अनौपचारिक बजारमा आएर नेपाली रुपैयाँसँग सटही गर्ने गरेको पाइएको छ । 

नेपाली भरियाहरूले तस्करीको पैसा नेपाली रुपैयाँमा परिणत गर्नका लागि भारु सस्तैमा भने पनि उपलब्ध गराउने गरेको पाइएको छ । जसको प्रभाव अनौपचारिक बजारमा भारुको सटहीदरसँग परेको छ ।

***

पुस ८ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुन बरामद गरेको थियो । 

फ्लाई दुबईको उडानबाट आएका सुडानी नागरिकको साथबाट साढे १९ किलो तरल सुन बरामद भएको हो । विमानस्थलको भन्सारमा नियमित जाँचकै क्रममा सुन फेला परेको प्रहरीले दाबी गरेको थियो ।

माघ १९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारीले ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई नियन्त्रणमा लिएका थिए । फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ बाट नेपाल आएका यात्रुलाई राति सवा १२ बजे सुनसहित नियन्त्रणमा लिइएको थियो ।

पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षीय मोहम्मद कमल महगौब थिए । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाका अनुसार चेकजाँचका क्रममा उनीसँग अवैध सुन भेटिएको थियो ।

***

माघ २५ गते हेल्मेटभित्र लुकाएर ल्याएको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका– १६ वीरगंज–रक्सौल सडक खण्डबाट माघ २५ गते दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

भारत घर भएका २६ वर्षीय राकेशकुमार र २७ वर्षीय प्रसंंजित कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट एसपी सुमन थपलियाको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।

भातरीय नम्बर प्लेटको दुईवटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका थिए । राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरका ४ थान  भारतीय नोट फेला परेको थियो ।

यी माथिका घटनाले नेपालबाट भारतमा सुन जाने त्यहाँबाट पैसा आउने गरेको पुष्टि गर्छ । अर्को अहिले नेपालमा हुने हुण्डीको कारोबार माफियाहरूले भारत हुँदै गर्ने गरेका छन् । 

माघ २२ गते काठमाडौंको न्यूरोड क्षेत्रमा हुण्डीको कारोबार भएको सूचनाका आधारमा प्रहरीले ७८ लाख ५० हजार नेपाली रूपैयाँसहित २ जनालाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका– ९ का २३ वर्षीय किशोर चौधरी र गोदावरी नगरपालिका– १० का ५९ वर्षीय दीपेन्द्रबहादुर मल्ल थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा दीपेन्द्रले ५ वर्षदेखि र किशोरले ४ महिनादेखि न्यूरोड क्षेत्रमा हुण्डीबाट पैसा संकलन गर्ने र बैंकमा डिपोजिट गरेर व्यवस्थापन गर्ने काम गर्दै आएको खुलेको छ । उनीहरूले भारतबाट आउने अवैध (स्रोत नखुलेको) पैसालाई बैंकमा डिपोजिट गरेर वैध बनाउने काम समेत गर्दै आएको खुलेको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरूको दैनिक कारोबार नै १ करोडभन्दा माथिको थियो । भारत हुँदै आउने हुण्डीको पैसा र सुन तस्करको ज्यालालाई ‘ह्वाइट’ बनाउन उनीहरूले काम गर्ने गरेको पाइएको छ ।

संसारभरमा रहेका नेपालीहरूको पैसा भारत ल्याउने र त्यहाँबाट नेपाली पैसा साटेर नेपालमा वितरण गर्ने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

‘अहिले हुण्डीको पैसा भारत हुँदै आउने गरेको पाइएको छ,’ ती अधिकारीले लोकान्तरसँग भने ।

दुबईबाट आउँछ दैनिक ४ केजी सुन, कार्गोमा भन्सारको सेटिङ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ४ केजी सुन आउने गरेको छ । 

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट फर्किने नेपाली कामदारमार्फत दैनिक ४ केजी सुन भित्रिने गरेको हो । सुन तस्करहरूले वैदेशिक रोजगारीबाट फर्किने व्यक्तिहरूलाई प्रलोभनमा पारी सुनका बाला तथा त्यस्तै गहना पठाउने गरेका छन् ।

विमानस्थलमा खटिएका एक सुरक्षा अधिकारीले लोकान्तरलाई भने, ‘अहिले पनि दुबईबाट फर्किने लगभग ८० प्रतिशत व्यक्तिले सुन लिएर आउँछन् । त्यो गहना बनाएर ल्याउने भएकाले सरकारी निकायले बरामद गर्न अप्ठ्यारो छ ।’

विमानस्थलमा खटिएका एक अधिकारीको भनाइलाई आधार मान्ने हो भने अहिले तस्करहरूले सेटिङ मिलाएर कार्गोमार्फत ल्याउने गरेका छन् । उनका अनुसार भन्सारका कर्मचारीहरूलाई त्यो जानकारी हुन्छ। तर उनीहरूले आँखा चिम्लिदिने गरेका छन् ।

नेपाल प्रहरीले पछिल्लो ५ वर्षमा १४१ किलो सुन बरामद गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ५१ किलो, २०७६/०७७ मा ३० किलो, २०७७/७८ मा ३२ किलो, २०७८/०७९ मा २३ किलो र २०७९/८० को पुस मसान्तसम्ममा ५ किलो सुन बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

हेर्नुस्, तथ्यांक :

बैंकिङ च्यानलमा स्रोत खुलाउन नसक्दा सीमाबाट पैसा ओसारपसार : प्रवक्ता, नेपाल प्रहरी

बैंकिङ च्यानलमा स्रोत खुलाउन नसक्दा त्यस्तो पैसा सीमा वारपार हुने गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलले बताए ।

‘स्रोत खुलाउन नसक्नेले प्रहरीले के नै गर्छ र भनेर पैसा ल्याएको देखिएको छ,’ डीआईजी पोखरेलले लोकान्तरसँग भने ।

सीमा पारिबाट पैसा डिपोजिट गर्दा स्रोत माग्ने भएकाले त्यसलाई १० मिनेट वारि ल्याउने र डिपोजिट गर्ने गरेको दाबी प्रहरीको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x