×

NMB BANK
NIC ASIA

टर्मिनल भवनको शिलान्यासमा मन्त्री किराती : न फूलमाला लगाए, न खादा

प्रदेशका मन्त्री भने आफ्नै निर्वाचन क्षेत्रको कार्यक्रम छाडेर वनभोजमा

फागुन १, २०७९

NTC
Premier Steels

विशिष्ट व्यक्तिहरू आउँदा विराटनगर विमानस्थलको भीआईपी कक्ष भरिभराउ हुन्छ ।

Muktinath Bank

विमानस्थलको बाहिर-भित्र खुट्टा राख्ने ठाउँ पाउन पनि मुस्किल हुन्छ । फूलमाला खादाको पनि ओइरो नै लाग्छ । स्वागतका लागि नेता तथा मन्त्रीहरूको घाँटीले थेग्न नसक्ने गरी माला खादाहरू लिएर जाने गरिन्छ । फूलको बुकेहरू लिएर जानेको पनि कमी हुँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर सोमबार भने विराटनगर विमानस्थलमा भीआईपी आउँदा भने पहिलाजस्तो देखिएन ।​


Advertisment
Nabil box
Kumari

भीआईपीलाई स्वागत गर्न गएकाहरूका खाली हात गएका थिए। उनीहरूका हातमा न त खादा नै थियो न त माला न त बुके । विमानस्थलको भीआईपी कक्षमा भीड पनि थिएन । पत्रकार र केही कर्मचारी मात्रै त्यहाँ थिए । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती टर्मिनल भवनको शिलान्यास गर्न सोमबार विराटनगर आउँदाको दृश्य हो यो।

Vianet communication

उनलाई स्वागत गर्न विराटनगर विमानस्थलका कर्मचारी, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलगायत सुरक्षा निकायका प्रमुखहरू मात्रै भेला भएका थिए । 

त्यहाँ माओवादी कार्यकर्ताहरू पनि गएका थिएनन्। उनले माओवादी नेता तथा कार्यकर्ताहरूलाई पाटी कार्यालयमा छुट्टै भेटेका थिए । उनले मन्त्री हुनेबित्तिकै भेट्न आउनेलाई खादा नल्याउन भनेका थिए । 

स्वागतका लागि गएका कर्मचारीसँग मन्त्री किरातीले  हात मिलाएर भीआईपी कक्षमा गएका थिए ।  उनले सो कक्षमा भने केहीबेर पत्रकारहरूसँग भेटेका थिए।

अन्य भीआईपी आउँदाभन्दा फरक देखिएपछि उनलाई पत्रकारहरूले फरक प्रश्नसमेत सोधेका थिए ।

अहिलेको मन्त्रिमण्डलमा तपाईं सक्रिय पनि हुनुहुन्छ । सामाजिक सञ्जाल तथा कामको हिसाबले पनि । तपाईंको सक्रियता हो कि स्टन्ड ? पत्रकारले उनलाई प्रश्न गरेका थिए।

मन्त्री किरातीले रचनात्मक काम गर्दा स्टन्ड ? भन्ने जवाफ दिएका थिए । ‘देशमा केही काम भएको छैन,’ उनले भने ‘आफ्नो जिम्मेवारी पूरा गर्दा स्टन्ड भनेर भन्छन् ।’ 

‘अर्बौं लगानी गरेर बनाइएको विमानस्थल कर्मचारीहरूलाई घाम ताप्न होइन।  १५ घण्टाबढी जहाज चल्नुपर्छ भन्ने मेरो मान्यता छ । संस्थान नाफामा जानुपर्छ, म घाटा भएको टुलुटुलु हेरेर त्यो कुर्सीमा बस्न सक्दिनँ’, उनले भने।

आफनै निर्वाचन क्षेत्रको कार्यक्रम छाडेर प्रदेशका मन्त्रीनभोजमा 

शिलान्यास कार्यक्रममा प्रदेश १ पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य भने थिएनन्।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँसमेत रहेका मन्त्री आचार्य भने आफ्नै निर्वाचन क्षेत्रको कार्यक्रम छाडेर वनभोजमा गएका छन् ।

झापाको दोमुखामा पूर्वजनमुक्ति सेनाले जनयुद्ध दिवसका अवसरमा गरेको वनभोज कार्यक्रममा मन्त्री आचार्य गएका हुन् ।

उनी मोरङ क्षेत्र नम्बर ६ 'क' बाट निर्वाचित भएका थिए ।

विराटनगर विमानस्थल पनि सोही क्षेत्रमा पर्छ । नेताहरूसँगै सल्लाह गरेर मन्त्री वनभोज कार्यक्रममा गएका आचार्यका प्रमुख स्वकीय सचिव ईश्वरी आचार्यले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x