×

NIC ASIA

बालाजु घटना

लोत्से मलबाट लुटिएका मोबाइल नचल्ने, प्राधिकरणले 'ब्लक' गरिदिन सक्ने

फागुन २, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

बालाजुको लोत्से मलबाट सोमवार करीब ८ करोड रुपैयाँ बराबरको मोबाइल लुटिएको छ ।

यातायात मजदुरले अनियन्त्रित आन्दोलन गरिरहेका बेला एक भीडले मोबाइल पसलमा पुगेर मोबाइल लुटेको थियो । सोमवार लुटिएको मोबाइल करीब ८ करोड रुपैयाँका थिए भने सबै मोबाइल आयात हुँदै इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुटिएका सबै मोबाइलको आईएमईआई दर्ता भएको र त्यसको रेकर्ड आफूसँग भएको व्यवसायी अर्जुन चालिसेले बताए । उनका अनुसार कति वटा मोबाइल लुटिएको भन्ने विषयमा तथ्यांक संकलन गर्ने काम भइरहेको छ, ८ करोड रुपैयाँ बराबरका मोबाइल लुटिएकाले औसतमा ३२ हजार रुपैयाँका दरले पनि २५ सय वटा मोबाइल लुटिएको हुनसक्छ ।


Advertisment
Rupse Holidays
Nabil box

फरक दरका मोबाइल भएकाले कति वटा र कति रकमका भन्ने विषयमा तथ्यांक संकलन गर्ने र तथ्यांक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने पनि चालिसेले बताए ।

Vianet communication

‘बसपार्कबाट लुटिएको मोबाइलको आईएमईआई नम्बर अनलाइनबाट दर्ता भयो भने मात्रै हामीले ट्याक गर्न सक्छौं,’ नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडाले भने । उनका अनुसार व्यवसायीले लुटिएका मोबाइलबारे जानकारी दिए भने सबै मोबाइल ‘ट्याक’ गर्न सकिन्छ । ती मोबाइल सबैको आईएमईआई नम्बर दर्ता भएकाले सबै मोबाइल कहिल्यै नचल्ने गरी ‘ब्लक’ गर्न पनि सकिने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले गत भदौ ३० गतेबाटै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । यस्तो सिस्टम औपचारिक रूपमा सरकारले कार्यान्वयन नगर्न आदेश दिएकाले स्थगित मात्रै भएको तर प्राधिकरणले सबै मोबाइललाई ट्याक भने गर्न सक्छ ।
 
लुटिएका सबै मोबाइल आईएमआई नम्बर दर्ताकै भरमा एमडीएमएस प्रणालीको माध्यमबाट कहिले नचल्ने गरी ब्लक गर्न पनि सकिन्छ । व्यवसायीले उपलब्ध गराउने तथ्यांकका आधारमा सबै लुटिएका मोबाइल ट्याक गर्न सकिने भएकाले फिर्ता गर्नु नै उपयुक्त हुने प्राधिकरणका एक अधिकारीले बताए । ती अधिकारीले भने, ‘फिर्ता नगर्ने र कसैले प्रयोग गरेको अवस्थामा मोबाइलको लोकेसन ट्याकमार्फत पत्ता लाग्ने र थप कारवाही पनि हुन्छ । यस्ता लुटिएका मोबाइल ट्याकबाट भेटिएपछि चोरीको केसमा थप कारवाही पनि हुन सक्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x