×

NMB BANK
NIC ASIA

राष्ट्रपति निर्वाचन

प्रचण्डसँगको छलफलपछि बालुवाटारबाट उत्साहित भएर निस्किए कांग्रेसका नेताहरु

प्रचण्डले भने– राष्ट्रिय सहमतिको कुरामा अहिले पनि दृढ छु, उपयुक्त समयमा निर्णय लिन्छु’

फागुन १०, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसले राष्ट्रपतिमा समर्थन गर्न नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दोस्रो पटक औपचारिक प्रस्ताव गरेको छ । उम्मेदवार मनोनयनको तीन दिनअघि कांग्रेसले बुधबार राति प्रचण्डसँग लामो छलफल गरेको हो । 

Muktinath Bank

राष्ट्रपतिमा आफ्नो पार्टीलाई समर्थन गर्न सभापति शेरबहादुर देउवासहितका नेताहरू बुधबार साँझ बालुवाटार गएका थिए । प्रचण्डसँग झन्डै ३ घण्टा छलफल गरेर कांग्रेस नेताहरू उत्साहित मुडमा बालुवाटारबाट बाहिरिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बालुवाटार बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा समर्थनको लागि दोस्रो पटक आग्रह गरिएको र प्रचण्डले उपयुक्त समयमा निर्णय लिने बताएको जानकारी दिए । 
‘राष्ट्रिय सहमतिको लागि तपाईँले उठाएको एजेन्डा अनुसार कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्नुभयो भने संसदमा भएको पहिलो पार्टीले राष्ट्रपति पाउँदा सकारात्मक सन्देश जान्छ, त्यो अनुसार राष्ट्रपतिमा सहयोग गर्नुस् भन्यौँ,’ खड्काले लोकान्तरसँग भने, ‘पार्टीमा छलफल भएर मलाइ निर्णय लिने अधिकार दिएको छ । सत्ता गठबन्धनका अरु दलसँग कुरा गर्दैछु । तपाईंहरुले राखेको प्रस्तावमा अस्ति पनि कुरा भयो, आजपनि कुरा भयो । उपयुक्त समयमा म निर्णयमा पुग्छु भन्नु भएको छ ।’


Advertisment
Nabil box
Kumari

बालुवाटारमा प्रचण्डसँग भेट्नुअघि देउवाले आफ्नै निवासमा नेकपा एसका अध्यक्ष माधव नेपालसहितका नेतासँग छलफल गरेका थिए । नेता नेपाललाई ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेको विषय बालुवाटार बैठकमा छलफल भएको थियो । 

Vianet communication

प्रचण्डसँगको भेटमा कांग्रेसले प्रधानमन्त्रीमा विश्वासको मत दिएको र सरकारलाई अप्ठेरो परेको समयमा साथ दिने आश्वासन दिएको थियो । उपसभापति खड्काले यसअघिको भेटपनि सकारात्मक रहेको बताए । 
 ‘उहाँ (प्रचण्ड)ले प्रष्ट के भन्नुभयो भने तपाईहरुले पहिला मलाइ भेटेर कुरा भन्नुभएको छ । राष्ट्रिय सहमतिको कुरा उठाइराखेको छु, त्यो कुरामा म अहिले पनि दृष्ढ छु । त्यसैले तपाईंहरुले भनेको कुरामा उपयुक्त समयमा निर्णय गर्छु भन्नुभयो’ खड्काले भने । 

उम्मेदवारको बारेमा भने आज छलफल नभएको खड्काले बताए । कांग्रेसका अर्का एक नेताले प्रचण्डसँगको भेट निकै सकारात्मक रहेको र सभापति देउवा उत्साहित भएर बालुवाटारबाट निस्केको बताए ।  
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवार मनोनयनको कार्यतालिका छ । नेकपा एमालेले पुस १० गतेको सहमति अनुसार राष्ट्रपतिमा माओवादीले आफूलाई समर्थन गर्नुपर्ने बताउँदै आएको छ ।

बुधबार बिहान प्रचण्ड र ओलीबीच बालुवाटारमा लामो कुराकानी भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x