२६ जेठ २०८३, मंगलबार

आइएमई पे र कन्काई नगरपालिकाबीच समझदारी

फागुन १२, २०७९
आइएमई पे र कन्काई नगरपालिकाबीच समझदारी

आईएमई पे र कन्काई नगरपालिकाबीच समझदारी भएको छ ।

समझदारीअनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटेशन कार्यक्रममा डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवर्द्धन आईएमई पेले गर्नेछ ।

नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकहरूलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ ।

भुक्तानी संयन्त्रको रूपमा सहभागिता जनाएको आईएमई पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवर्द्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने सजिला अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्