×

Nic Asia
Dabur
Prabhu Bank

राष्ट्रपति निर्वाचन

राष्ट्रपति चुनावको गणित : जित्नेमा ढुक्क पौडेल, भोट क्रस हुने आशमा नेम्वाङ

काठमाडाैं | फागुन २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचन आउन अब ३ दिन मात्र बाँकी छ ।

yONNEX
IME BANK INNEWS

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभाका ५८, प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य मतदाता हुन्छन् । चुनावमा राष्ट्रिय सभा र प्रतिनिधिसभाका प्रति सांसदको मतभार ७९ हुन्छ । प्रदेशसभाका प्रतिसांसदको मतभार ४८ हुन्छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

राष्ट्रपति चुनावमा कूल मतभार ५२ हजार ६२८ छ । यो मतमा २६ हजार ३१५ मत कटाउने उम्मेदवार राष्ट्रपतिमा विजयी हुनेछन् । राष्ट्रपतिमा ८ दलीय गठबन्धनतर्फ कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ । 

कांग्रेस उम्मेदवार पौडेललाई माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साथ छ ।


Advertisment
Lokantar App
Saurya island

राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलमध्ये कांग्रेससँग १६ हजार २२१, माओवादीसँग ७ हजार ८२४, नेकपा एससँग २ हजार ४९४, जसपासँग २ हजार १४५, जनमतसँग १ हजार २४२,  लोसपासँग १ हजार ०१९, नागरिक उन्मुक्तिसँग ८९२, राष्ट्रिय जनमोर्चासँग १५८ र नेपाल समाजवादी पार्टीसँग ४८ मतभार छ । यो गठबन्धनको मतभार ३२ हजार ०४३ छ । बहुमतभन्दा ६ हजार बढी मत भएपछि ८ दलीय गठबन्धन जित्नेमा ढुक्क देखिन्छ । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस उम्मेदवार पौडेलले सहजै राष्ट्रपति चुनाव जित्ने दाबी गरे । ‘हामीलाई यसपटक राष्ट्रपति चुनाव जित्न कुनै कठिनाइ छैन । सहजै चुनाव जित्छौं,’ महतले लोकान्तरसँग भने, ‘हामीले अहिलेसम्म १० दलको समर्थन मिलेको छ । अझै एक दुई दल थपिने सम्भावना रहेको छ ।’

Vianet communication

अहिलेसम्म कसैको पक्षमा नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि साथ दिन सक्ने उनको दाबी छ ।

के छ एमालेको अवस्था ? 

गठबन्धनविरुद्ध प्रतिस्पर्धामा रहेको एमालेको १५ हजार २३३ मतभार छ । केन्द्र सरकारबाट बाहिरिए पनि राप्रपाले प्रदेश सरकारमा एमालेका मुख्यमन्त्रीलाई समर्थन कायमै राखेको छ । यसैले राष्ट्रपति निर्वाचनमा राप्रपाको मत पनि पाउँदा एमाले उम्मेदवारले १७ हजार ६८३ मत पाउने देखिन्छ । एमाले, राप्रपा र रास्वपा एक ठाउँमा उभिए १९ हजार ३११ मत पुग्छ । तर राप्रपा र रास्वपाले कता उभिने भन्ने निर्णय अहिलेसम्म गरिसकेका छैनन् । एमालेलाई बहुमत प्राप्त गर्न अझै ८६३२ मत आवश्यक हुन्छ । मतमा ८ दलीय गठबन्धनभन्दा धेरै पछाडि रहे पनि एमालेले राष्ट्रपति निर्वाचनमा अझै हार मानिसकेको छैन । 

एमालेले पार्टी उपाध्यक्ष एवं पूर्व संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई रणनीतिक रूपमा उम्मेदवार बनाएको छ । तर गोप्य मतदान हुने भएकाले एमाले केही भोट क्रस हुने, जनजाति र कम्युनिस्ट घटकसहितको भोट पाउने विश्वास लिएको छ । आफ्ना उम्मेदवार मध्यमार्गी भएको, सबै दलसँग सौहार्द सम्बन्ध भएको र राम्रो पृष्ठभूमि भएकाले पनि मत क्रस हुने विश्वास लिएको छ ।  

प्रभावशाली उम्मेदवार अघि सारेको एमालेले चुनावमा सहभागी दलहरूलाई चिट्ठी पठाएरै भोट मागेको छ । नेकपा एकीकृत समाजवादीसहितका दलसँग भेटेरै एमालेले भोट मागेको छ । आफैंबाट छुट्टिएर बनेको नेकपा एससँग राष्ट्रपति निर्वाचनमा मिलेर जाने र पार्टी एकता गर्नेसम्मको विषयलाई एमालेले यसपटक प्राथमिकतामा राखेको छ । नेकपा एसलाई विश्वासमा लिएर मत पनि तान्ने र पार्टी एकताका लागि दबाब बढाउने नीति एमालेले लिएको छ । 

राष्ट्रपति चुनावको अंकगणितमा पछाडि परे पनि एमालेले सबै संयन्त्र परिचालन गरिरहेको छ । चुनावी नतिजा आफ्नो पक्षमा पार्न उम्मेदवार नेम्वाङ पशुपतिनाथको दर्शनमा पुगेका छन् । सोमबार बिहान नेम्वाङले पशुपति पुगेर ४० मिनेट पूर्जाअर्चना गरेका थिए ।  

एमालेले आफ्ना उम्मेदवारको पक्षमा माहोल बनाउन सोमबार काठमाडौंमा प्रशिक्षण दिएको छ । पार्टीका शीर्ष नेताहरूको सहभागितामा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूलाई सोमबार काठमाडौंमा प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा नेताहरूले आफ्ना उम्मेदवारको पक्षमा राम्रो माहोल बनिरहेको बताएका थिए । 

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेविरुद्ध गठबन्धन भए पनि त्यसमा भर नहुने बताए । ‘हाम्रो विरुद्धमा गठबन्धन छ भनेर सबै भोट गठबन्धनका दलले बटुल्छन् भन्ने हुँदैन,’ गुरुङले लोकान्तरसँग भने, ‘हाम्रो पनि गठबन्धन छ । हामी पनि नतिजा आफ्नै पक्षमा पार्न सक्छौं भन्नेमा आशावादी छौं ।’

एमालेविरुद्धको गठबन्धनमा अनेक स्वार्थ समूह रहेको भन्दै गोप्य मतदानबाट हुने निर्वाचनमा भोट क्रस हुने र एमाले नेता राष्ट्रपति निर्वाचित हुने जिकिर गुरुङको छ । 

नखुलेको मत कता ? 

राष्ट्रपति निर्वाचनमा अहिलेसम्म १५०१ मत भएको रास्वपा, ८७५ मत भएका स्वतन्त्र सांसद, २२३ मत भएको नेपाल मजदुर किसान पार्टी र ९६ मत भएको हाम्रो नेपाली पार्टी कतै खुलेका छैनन् । नखुलेका मतको संख्या २६९५ छ । ८७५ मत भएका स्वतन्त्र सांसद ८ दलीय गठबन्धनको पक्षमा बढी खुल्ने देखिएको छ ।

निकटताको हिसाबले स्वतन्त्र सांसदका बढी मत ८ दलीय गठबन्धनतर्फ खस्ने आकलन गरिएको छ । यसैले स्वतन्त्र सांसदको भर एमालेलाई देखिँदैन । पुनर्गठन हुँदै गरेको सत्ता गठबन्धन पनि यतै रहेकाले स्वतन्त्र सांसदले एमालेभन्दा ८ दलीय गठबन्धन रोज्ने सम्भावना धेरै देखिन्छ । 

कुन दलको मतभार कति छ ?  

नेम्वाङको पक्षमा

एमाले १५२३३ 

राप्रपा २४५० 

 

पौडेलको पक्षमा

कांग्रेस १६२२१

माओवादी ७८२४ 

नेकपा एसको २४९४ 

जसपा २१४५,

जनमत १२४२,

लोसपा १०१९ 

नागरिक उन्मुक्ति ८९२ 

राष्ट्रिय जनमोर्चाको १५८

संघीय समाजवादी पार्टीको ४८

 

नखुलेका

रास्वपा १५०१

स्वतन्त्र सांसद ८७५ 

नेपाल मजदुर किसान पार्टी २२३ 

हाम्रो नेपाली पार्टी ९६

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ५, २०७९

नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउँदै शुक्रवार (१७ मार्च) पक्राउपुर्जी जारी गरेको छ ।  पुटिनले गैरकानूनी...

चैत ६, २०७९

अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ ।  तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...

चैत ८, २०७९

विश्व व्यवस्थामा क्रान्तिकारी परिवर्तन आउन लागेको सन्देश दिने गरी चीनका राष्ट्रपति सी चिनपिङले तीनदिने रुस भ्रमण टुंग्याएका छन् ।  उक्त भ्रमणमा सीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै आत्मीय व्यवहार देख...

चैत ७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि अबको कोर्स सरकार विस्तारमा नै केन्द्रित हुने भएको छ । दुई महिनामा दोस्रोपटक विश्वासको मत पाएपछि प्रचण्डले २/४ दिनभित्रै सरकार विस्तार हुने...

चैत ७, २०७९

चीनका राष्ट्रपति सी चिनपिङले गरेको मस्को भ्रमण अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि गरेको पहिलो विदेश भ्रमण मात्र हैन । यो भ्रमण कुन परिस्थितिमा भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण छ ।  अहि...

चैत ३, २०७९

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जसपा नेता रामसहायप्रसाद यादव विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा यादवले ३० हजार ३२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x