×

NMB BANK
NIC ASIA

५ जना मृत अवस्थामा फेला

फागुन २४, २०७९

NTC
Premier Steels

विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।  नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार     काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ अर्यालगाँउस्थित गलैंचा बुन्ने काम गरी बस्ने रामेछाप सुनापती गाउँपालिका-४ घर भएकी ३३ वर्षीया सम्झना तामाङ सोही गलैंचा बुन्ने ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन । 
    
यसैगरी रूपन्देहीको सैनामैना नगरपालिका-२ उछिटिहवास्थित प्लटिङ गरेको जग्गामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । टाउकोमा धारिलो वस्तु प्रहार गरी मृत्यु भएको अवस्थामा शव रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीसमेतबाट तालिम प्राप्त कुकुरसहित खटिएको प्रहरीले घटनाको अनुसन्धानका लागि ३ जनालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-२३ कसरास्थित चितवन राष्ट्रिय निकुन्जमा माउतेको काम गरी बस्ने नवलपरासी कावासोती नगरपालिका-१५ घर भएका ३७ वर्षीय सिखाराम महत्तो आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
    
मोरङको सुन्दरहरैचा नगरपालिका-६ स्थित भर्जना बाधको पानीमा सोही नगरपालिका-७ बेलगछिया बस्ने ५४ वर्षीय जनका चौधरी पनि मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
    यसैगरी दोलखाको जिरी नगरपालिका-६ पाटीटार बस्ने ४० वर्षीय टेक जिरेल आफ्नै घरदेखि करिब ३ सय मिटर टाढा स्वाटे जंगलको खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका छन् । घरबाट सोही नगरपालिका-७ मा हुने बिहेमा जान्छु भनि हिँडेकोमा बेलुकी अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त खोल्सामा उनको शव फेला परेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समाचार कक्षले जनाएको छ ।
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x