×

NMB BANK
NIC ASIA

क्रिकेट सङ्घले टिकटबाट उठेको पैसा खेलाडी कोषमा गरिने

चैत १, २०७९

NTC
Premier Steels

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत भोलि हुने नेपाल र युएइबीचको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा  गरिने भएको छ ।  नेपाल क्रिकेट सङ्घ क्यानले आज उक्त घोषणा गरेको हो । 

Muktinath Bank

आर्थिक सहायता आवश्यक परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले कोष बनाइन लागिएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए । नेपाल र युएइसँगको खेलबाट उठेको सबै रकम यो कोषमा जम्मा गर्ने र आउँदा दिनमा पनि यस्तै खालका आम्दानीको स्रोत पहिचान गरेर कोषको आकार बढाइनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, “कुनै खेलाडी बिरामी तथा अन्य कुनै समस्या परेका खण्डमा उक्त कोषबाट खर्च गर्छौं, यसले खेलाडीलाई समस्या परेका बेला सहायता गर्न सहज हुन्छ ।” नेपाल र युएइबीचको खेलको टिकट माइपेबाट अनलाइन किन्दा रु एक सय २० र गेटमा किन्दा रु एक सय ५० मा बेच्ने गरेको छ ।


Advertisment
Nabil box
Kumari

लिग–२ कै अन्तिम तथा महन्वपूर्ण खेलमा नेपालले बिहीबार युएइसँग प्रतिस्पर्धा गर्दैछ । नेपाललाई सोझै विश्वकपको ग्लोबल क्वालिफायर पुग्न उक्त खेल जित्नैपर्ने दबाब छ । नेपालका लागि यो खेल महत्वपूर्ण रहेको हजारौँ दर्शकको उपस्थिति रहको अनुमान गरिएको छ । अहिलेसम्म १० हजारभन्दा बढी टिकट बिक्री भइसकेको जनाइएको छ । लिग टु मा नेपालको ३५ खेलबाट ३८ अङ्क रहेको छ । भोलिको खेल जिते नेपाल शीर्ष  ३ मा रहँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x