
अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु) को १४६ औँ महासभामा सहभागी भई सभामुख देवराज घिमिरे आज स्वदेश फर्किएका छन् । उनी आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । उनीसँगै नेपालबाट गएको ९ सदस्यीय प्रतिनिधि मण्डल पनि स्वदेश फर्किएको छ ।
स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले महासभामा नेपालबाट ठूला मुलुकले साना मुलुकलाई हेप्ने र पक्षपात गर्ने कुराहरुमा विशेष जोड दिएको बताए । उनले जातीय, वर्गीय कुराहरुलाई नयाँं ढंगबाट लैजाने कुरामा आफूहरुले आवाज उठाएको बताए ।
त्यस्तै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले महासभामा शान्तिपूर्ण सहअस्तित्व र समाज समावेशी गर्ने विषयलाई बढावा दिने कुरा आफूले उठाएको बताए ।