×

NMB BANK
NIC ASIA

भूकम्पपीडितको डर : आफूले बनाएको घर अर्कैको जग्गामा पर्ने हो कि ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
काभ्रे १२ भदौ–जग्गाधनी प्रमाणपत्र नभएपछि काभ्रेको भुम्लु गाँउपालिकाका करिब एक हजार भूकम्पपीडित घरपरिवार समस्यामा परेका छन् । लालपूर्जा नभएपछि थाकथलोनै हराउने अाशंकामा पीडितहरू परेका छन् ।

लालपूर्जा अभावमा उनीहरुले राज्यले दिने सुविधा नपाएपछि विभिन्न संघ संस्थाको पहलमा पाएको राहतमा चित्त बुझाउनु परेको छ ।

काभ्रेका पत्रकारहरुको पहलकदमीले भूकम्पपीडितहरुले पाउने अनुदान रकम पाउन सफल भए । तर भूकम्पको अनुदान रकम पाएपनि आफूले निर्माण गरेको घर आफ्नै जग्गामा हुने वा सरकारी वा अरु कसैको नाममा पर्ने चिन्ताले उनीहरुले घरनै बनाउन शुरु गरेका छैनन् ।

भूमिअधिकार मञ्च र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले उनीहरुको लालपूर्जाको समस्या समाधानको लागि पहल शुरु गरेका छन् । लामो प्रयास र छलफलपछि भूकम्पले लडाएको घर बनाउन अनुदान रकम पाएका जिल्लाको फँलाटे र भुम्लुटारका स्थानीय समस्यामा परेका छन् ।

उनीहरुले पहिलो र दोस्रो किस्ताको रकम पाएर घर बनाएपनि आफूले बनाएको घर आफ्नो हो वा अरुकोमा परेको पहिला छुट्टाईदिन माग गरेका छन् ।

भूकम्प पछिको पुनःनिर्माण प्रकृयामा रहेको संशोधित कार्यविधीले निस्सा भएका र तिरो तिरेका भूकम्प पीडितहरुलाई बडा सर्जिमिनको आधारमा अनुदान सम्झौता गरिएकोमा अब कुन जग्गा कहाँ पर्ने समस्याको कारणले अब पुर्जा वितरण भए आफ्नै जग्गामा कसरी घर बनाउन सकिन्छ भनेर उनीहरुले अनुरोध गरेका छन् ।

जग्गाको लालपुर्जा छैन, तर निस्सा छ, तिरो तिरेको प्रमाण उनीहरुरुको जग्गा पटक–पटक बिक्री समेत भएको छ । तर उनीहरुसँग लालपुर्जा नभएपछि भूकम्पपीडितले पाउने रकम पाउन सकेका थिएनन् । उनीहरुको चरम समस्या देखेपछि काभ्रेका सरकारी अधिकारीहरुले आफैले पटक–पटक फलोअप गरेका थिए ।

भूकम्पको अनुदान सम्झौता गराउन पुनःनिर्माण प्राधिकरण धुलिखेलका प्रमुख ध्रुव गैडाको सहयोगले पीडितहरुको अनुदान सम्झौता शुरु भएको छ ।

फलाँटेमा ३ सय ६७ र भुम्लुटार गाविसमा ५ सय ९३ भूकम्पप्रभावित घर लाभग्राहीको सूचीमा छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको बैठकले सो क्षेत्रमा रहेको जग्गा नापजाँच भइसकेको प्रमाणित भएपछि सम्बन्धित गाविस सिफारिसका आधारमा आवास अनुदान सम्झौता सुरु गरेको पुनः निर्माण प्राधिकरण धुलिखेलका प्रमुख गैडाले बताए ।

काभ्रेमा जग्गाको लालपुर्जा पुरै दुई गाविसका कोहीसँग पनि नभएका कारणले भूकम्पपीडित आवास अनुदान पाउनबाट वञ्चित हुने अवस्था देखिएपछि वितरण सुरु गरिएको थियो । तर अनुदान सम्झौता भएको रकमले बनाएको घर कसको नाममा हो थाहा नपाउँदा भोलि समस्यामा परिने संम्भावना देखेपछि सरोकारवालाले चासो बढाएका हुन् ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, भुम्लु गाँउपालिकाका प्रमुख गुमानध्वज कुँवर, नापी कार्यालयका प्रमुख, राष्ट्रिय अनुशन्धान काभ्रेका प्रमुख हरि श्रेष्ठ, जिल्ला मालपोत कार्यालयका प्रमुख र पूर्व गाविस अध्यक्ष,वडाध्यक्षहरुको उपस्थितीमा अब कसरी पूर्जा दिन सकिन्छ भनेर छलफल भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शर्माले कार्यदल बनाएर ठूलो समस्यावाट क्रमश सानो समस्यालाई हल गराउन आवश्यक रहेको र त्यसमा आफ्नो तर्फवाट भूमिका निभाउन जिल्ला प्रशासन कार्यालय तयार रहेको बताए ।

जिल्ला नापी कार्यालयका प्रमुख रामप्रसाद अधिकारीले आफूहरुसँग सिमित स्रोत र साधन भएकाले कोशीपारीमा पुगेर नापी गर्न नसक्ने अवस्थामा केन्द्रसँग थप जनशक्ति माग गरेर नापी गर्न सकिने तर त्यसमा कुन आधारमा नापिने हो त्यो तय हुन आवश्यक रहेको बताए ।

जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख जयन्तकुमार भट्टराईले आफूहरुले मालपोत कार्यालयवाट गर्ने काम कानूनी प्रकृया अनुसार गरिरहेको बताए । लामो प्रयास भै सकेकाले अब विशेष कार्यालय मार्फत काम गरिने उनले सुझाए ।

भुम्लु गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दुबै बडाको समस्यामा गम्भिर रहेको बताए । उनले आफूले पाएको अधिकार प्रयोग गरेर भएपनि लालपुर्जा वितरणमा सहयोग गर्ने बताए । उनले यसअघि आफूहरुले निरन्तर पहल गरेको र स्थानीय निकायको अधिकार प्रयोग गरेर भएपनि लालपूर्जा वितरणमा सहयोग गर्ने बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x