×

विश्वासको मतमाथिको छलफल

ओलीलाई लक्षित गर्दै माधव नेपाल– किन कसैसँग सहकार्य हुन सकेन, समीक्षा गर्नुस्

चैत ६, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र माओवादीसहितको गठबन्धन टुट्ने आकलन आफूले पहिलो दिनमै गरेको दाबी गरेका छन् । अहिले बनेको गठबन्धन भने तत्काल नटुट्ने उनको दाबी छ ।

Laxmi Bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै नेता नेपालले आफ्नो कमजोरी सुधार नगर्ने नेताको कार्यशैलीका कारण अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको बताएका हुन् । 


Advertisment

‘त्यतिबेलाको गठबन्धन के कारणले टुट्यो, के कारणले नयाँ गठबन्धन बन्यो भन्ने कुरा खोज्न विश्वविद्यालयका कुनै शोधार्थीलाई जिम्मा लगाऔं,’ नेपालले भने, ‘के–के कारणले काम गरेको छ ? खोज र अनुसन्धान मात्र नभई नेताबाट आत्मसमीक्षा गरौं । आफैँबाट के कमी कमजोरी भयो स्वीकार्ने, सुधार्ने होइन, अरूलाई दोषारोपण गर्ने काम भएको छ ।’


Advertisment

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेता नेपालले किन कसैसँगको सहकार्य हुन सकेको छैन भनेर समीक्षा गर्नुपर्ने अवस्था आएको बताए ।

‘प्रत्येक नेताले आफ्ना काम, व्यवहार र अभिव्यक्तिको समीक्षा गर्नुपर्छ, किन कसैसँगको सहकार्य हुन सकेको छैन ?’, नेपालले भने, ‘अहिलेको परिवेश उत्पन्न हुने कुरा पहिलो दोस्रो दिनमै आकलन गरेको थिएँ । राजनीतिको नाडी छामेरै यहाँसम्म आएका छौं ।’

वैशाखमा फेरि विश्वासको मत लिने अवस्था आउने त होइन भन्ने एमाले र राप्रपा नेताहरूको कटाक्षप्रति नेपालले भने, ‘त्यो परिस्थिति आउँदैन, गठबन्धन पाँच वर्ष नै चल्छ ।’ 

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मानसिक अशान्तिका कारण र असर

मानसिक अशान्तिका कारण र असर

कात्तिक २४, २०८१

मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

x